हरेक व्यक्तिको जीवन उसैको हातमा हुन्छ र आफूले चाहेको कुरा प्राप्त गर्नका लागि आफूलाई परिवर्तन गर्नुपर्छ । डरलाई चिन्नु कमजोरी होइन बरू शक्तिको पहिलो पाइला हो र यसलाई सामना गर्न आत्मविश्वास र संकल्प चाहिन्छ। हरेक व्यक्तिको जीवन उसैको हातमा हुन्छ । आफूले चाहेको कुरा प्राप्त गर्न सकिन्छ,तर त्यसका लागि व्यक्तिले आफूलाई परिवर्तन गर्नुपर्छ । हामीलाई अगाडि बढ्नबाट रोक्ने सबैभन्दा ठूलो बाधक भनेको डर हो । यो डर कहिलेकाहीँ स्पष्ट हुन्छ,जस्तै असफलताको डर,आलोचनाको डर वा अस्वीकृतिको डर । तर,कति पटक यो डर लुकेर हाम्रो मनको गहिराइमा बसेको हुन्छ,जसलाई हामीले चिन्न पनि सक्तैनौं । आफूभित्रको डर पत्ता लगाउनका लागि पहिले आफ्नो मनलाई शान्त बनाएर आत्मनिरीक्षण गर्नुपर्छ । मलाई कुन
कुराले सबैभन्दा बढी तर्साउँछ ? के म कुनै कुरालाई लिएर पछाडि हटिरहेको छु ? कुन परिस्थितिमा म असहज महसुस गर्छु ?डरलाई चिन्नु भनेको कमजोरी स्वीकार गर्नु होइन,बरू यो शक्तिको पहिलो पाइला हो। जब आफ्नो डरलाई पहिचान गरिन्छ,तब त्यसलाई सामना गर्न सजिलो हुन्छ। डरसँग लड्नका लागि आत्मविश्वास र संकल्प चाहिन्छ ।
हरेक दिन राम्रो मानिस बन्ने संकल्प गर्ने ः
हाम्रा विचारहरूले हाम्रो भविष्य निर्माण गर्छन् । सकारात्मक र शक्तिशाली सोचले हामीलाई नयाँ उचाइमा पु¥याउँछ। यदि हामीले हरेक दिन राम्रो मानिस बन्ने संकल्प गर्छौं भने, हाम्रो जीवनमा
सकारात्मक परिवर्तनहरू देखा पर्छन्। यो संकल्प सानो भए पनि यसको प्रभाव ठूलो हुन्छ। जस्तो आज म कसैलाई सहयोग गर्नेछु भनेर संकल्प गर्न सकिन्छ।
आन्तरिक शक्तिलाई व्यूँझाउनका लागि ध्यान,आत्मचिन्तन र सकारात्मक आत्मसंवाद महत्वपूर्ण छन्। जब आफ्नो शक्तिमा विश्वास गरिन्छ, तब बाहिरी परिस्थितिले नियन्त्रण गर्न सक्दैन्। वास्तविक परिवर्तन तब आउँछ,जब डरलाई पार गरिन्छ र हरेक दिन सानो तर अर्थपूर्ण कदम चालिन्छ ।
सत्यता र इमानदारीपूर्वक व्यवहार गर्ने ः
मानिसहरूसँगको सम्बन्धले हाम्रो जीवनलाई समृद्ध बनाउँछ । सत्यता, इमानदारी र सम्मानले व्यवहार गर्दा मानिसहरूको मन जित्न सकिन्छ । मानिसहरूले चाहने भनेको आफूलाई बुझ्नु र सम्मान पाउनु हो । त्यसका लागि कसैको कुरा ध्यानपूर्वक सुन्ने र उनीहरूको भावनालाई बुझ्ने प्रयास गर्नुपर्छ । अरूको सानो सफलतालाई पनि प्रशंसा गर्नुपर्छ यसले उनीहरूलाई प्रेरित गर्छ । कसैको नाम सम्झेर सम्बोधन गर्दा उनीहरू विशेष महसुस गर्छन्। यसले सम्बन्धलाई गहिरो बनाउँछ । जब हामीले अरूलाई सम्मान र खुसी दिन्छौ,तब हामीले पनि उनीहरूको विश्वास र माया पाउँछौ।इमानदारी र सत्यताले सम्बन्धहरू बलियो बनाउँछन्।
बिहानको पहिलो घण्टा निकै महत्वपूर्ण हुन्छः
बिहानको पहिलो घण्टा दिनको सबैभन्दा महत्वपूर्ण समय हो । यो समयले दिनलाई ऊर्जावान बनाउन भूमिका खेल्न सक्छ । यदि यो समयलाई सही तरिकाले उपयोग गरियो भने सम्पूर्ण दिन नियन्त्रणमा रहन्छ। त्यसैले बिहान चाँडै उठेर आफूलाई समय दिनुपर्छ । ५–१० मिनेटको ध्यानले मनलाई शान्त र केन्द्रित बनाउँछ । हल्का व्यायाम वा योगले शारीरिक र मानसिक ऊर्जा बढाउँछ ।
प्रेरणादायी किताब वा लेख पढेर आफ्नो दिमागलाई सकारात्मक बनाउनुपर्छ । दिनको मुख्य लक्ष्यहरू लेखेर आफूलाई स्पष्ट राख्नुपर्छ। यी बानीहरूले शारीरिक, मानसिक र भावनात्मक रूपमा बलियोबनाउँछ । यदि बिहानकोसमयलाई नियन्त्रण गरियो भने, सम्पूर्ण दिन व्यवस्थित र उत्पादनशील हुन्छ ।