बन्धकमा बाल अस्पताल

गिरिराज नेपाली
घोराही,घोराही तुुलसीपुर सडकखण्डको सर्रा चोकदेखि उत्तर पश्चिमतर्फ अघितिर मकैवारी वरिपरि झारैझार,रङ उडेको सेतो भित्ता र रातो रेलिङ । हेर्दा मान्छे बस्न छोडेको घर जस्तो देखिन्छ। घोराही तुुलसीपुर सडकखण्डको सर्राचोकको छेउमै पर्छ । चिन्नेले बाल अस्पताल भनेर चिन्छन,नचिन्ने कुनै केही घर होला भन्ने मात्रै सोच्छन् । त्यो घर हो,नेपाल भारतमैत्री उमाशंकर नाथ योगी स्मृति बाल स्वास्थ्य केन्द्र बाल असपतल। तर त्यहाँ अस्पतालको कुनै नाम निशानी छैन। न बिरामी न डाक्टर न कुनै बोर्ड,केही छैन।अस्पतालको भवन मात्रै छ ।
वि.स.२०६२ सालमा राप्ती सेवा संघको अगुवाईमा दातादेखि दातृ राष्ट्रको सहयोगमा स्थापना भएको बाल अस्पतालको हाल अहिले बेहाल छ । अस्पतालकै अवस्था बेहाल हुँदा अस्पताल निर्माणदेखि संचालनको तत्परता देखिएका सहयोगीहरु पनि अहिले निराश छन्।अस्पताल निर्माण तथा सेवा संचालनका लागि दाना खोज्नेदेखि सहयोग उठाउने सम्मको काम पनि भएको होईन । कहिले जग्गा दाता खोजेर, कहिले धार्मिक अनुुष्ठान लगाएर, कहिले नेता,मन्त्रालय धाएर बाल अस्पतालको स्थापना गरिएको हो । जसमा स्थानीयदेखि दातृ राष्ट्रसम्मको सहयोग छ । तर जुुन उद्देश्यका साथ दान दाता र सहयोगी खोजी गरिएको थियो त्यसले सार्थकता पाउन सकेन। बाल अस्पताल भएपनि अस्पतालको अवस्था बेहाल छ । घोराही उपमहानगरपालिका वडा नं.१६ निवासी बोधीराम चौधरीले भन्नुुभयो–
‘अस्पतालको आफ्नै अवस्थामा बेहाल छ । अस्पताल विषयमा सबैले आ–आफ्नै समस्या देखाउछन ।’ जसका कारण दान र सहयोग खेर गइरहेको छ । दान दाताहरुको सहयोगमा जग्गा संकलन गरी साढे ११ कठ्ठामा निर्माण भएको बाल अस्पतालको आफ्नंै जग्गामा ७७ लाख लगानी २ तले पक्की भवन निर्माण भएपनि दानदाताहरुको सहयोगमा उठेको परोपकारी संस्थामा व्यक्तिहरुको रजाई हुँदा सेवा संचालनमा समस्या भएको सर्वसाधारणहरुको बुुझाई रहेको छ। तर दानदाताहरुको उचित सम्मान सहितको सेवा संचालनका लागि सबै सरोकारवालाहरु तत्पर नहँुुदा बाल अस्पतालको हाल आफैंमा बेहाल रहेको समाजसेवी सन्तराम सुनार बताउनुु हुुन्छ । उहाँले थप्नुुभयो–‘बाल अस्पताल स्थापनाका लागि संघर्ष गरेका व्यक्तिहरुको सम्मान सहित राज्यले आफ्नो कर्तव्य बोध गरी राज्यको दाता र राज्यको लगानी खेर जानुु दिनुु हुदैन ।’नेपाल भारतमैत्री उमाशंकरनाथ योगी स्मृति बाल स्वास्थ्य केन्द्र बाल अस्पताल सर्रा स्थापनाको जग हाल्ने काम राप्ती सेवा संघ हो ।तत्कालिन अध्यक्ष राजकुुमार गुप्ता र उपाध्यक्ष प्रदिप कुमार योगी अस्पतालको स्थापना कर्ता हो। तर अस्पताल निर्माणको थालनी भएपनि अस्पताल संचालनका लागि जग्गा अभाव रहेपनि उक्त अभाव मेट्न तत्कालिन उपाध्यक्ष जग्गा दान गरी अस्पताल निर्माणको थालनी गर्नुुभयो।भारतीय दुतावासले भवन निर्माणका लागि सहयोग ग¥योे। जसमा तत्कालिन संचारमन्त्री कृष्णबहादुर महराले केही रकम व्यवस्थापन गर्नुुभयो । सबैको सहयोगले अस्पताल भवन अभाव बीचमा भाडाँको घरमा सेवा प्रारम्भ ग¥यो । तर भवन निर्माण पश्चात्त विभिन्न समस्याको बन्दी बन्दै अस्पतालनै बन्द भयो ।अस्पताल संचालक समितिका अध्यक्ष प्रदिपकुमार योगीले भन्नुुभयो–‘कहिले समितिले भित्रकै बन्द ग¥यो,कहिले प्रहरीले भवन कब्जा ग¥यो,कहिले राजनीतिक मुद्दा बन्यो,कहिले आर्थिक हिनामिनाका कुराले अस्पताल चल्नै सकेन।’ २०६२ सालमा स्थापना भएको भवन निर्माण तत्काल भएपनि २०६६देखि २०७७ सम्म प्रहरीले भवन प्रयोग गर्दा पनिअस्पताल सेवा संचालनमा खुम्चिएको हो। तर स्थानीयदेखि केन्द्रीय सरकारले अस्पताल संचालनका लागि चाँसो नदेखाउँदा अस्पताल खण्डहर बन्दै गईरहेको योगीको भनाई छ।