कथा

जुग्री जुलुस

    प्रकाशित मितिः बिहिबार, भदौ ७, २०७५       |
कथा नवीन विभास दाङ । २०७२ भदौ । ‘छोट्का तँ !’ ‘अँ ।’ ‘काँ जान लागिस् ?’ ‘भुरान ।’ ‘भुरान !’ ‘अँ ।’ ‘बौलाइस् !?’ ‘अँ ।’ ‘के काल बेसाउन सत्तिस् ?’ ‘नाहींज्ञ ।’ ‘उसो भए के खोज्न ?’ ‘जुग्री ।’ ‘जुग्री !’ छोट्का ‘थारु’ नेपाली भाषामा बोले । जिम्दार ‘खस’ नेपाली भाषामा । भुरान हिँडेको जुलुसमा सामेल हुन दौडिरहेका छोट्का जिम्दारसित आँखा जुँधाएर ठिंग उभिएका थिए । बाटो काटेर हिँड्ने छोट्क
छोरी

छोरी

    प्रकाशित मितिः बुधबार, जेष्ठ २३, २०७५       |
दह्रो मुटुका साथ क्लिनिक पसेकी थिइन दूर्गा देवी । गोरो अनुहार, अग्लो कद भएकी दुर्गादेवीको मुहार सँधै उज्यालो देखिन्थ्यो तर यदिबेला उनको मनमा आक्रोश थियो । पीडा थियो । र थियो हिनताबोध । अवसाद र पीडाले छटपटाइरहेकी एलिजा दुर्गादेवीको काँधमा अडेस लागेकी थिइन् । डा. सरितासँगको व्यक्तिगत चिनजानका आधारमा ‘गोप्यता’ भंग नहुने गरी एलिजालाई क्लिनिक लिएर गएकी थिइन् दुर्गादेवी । ‘पार्टिकल्स बाँकी रहेछ । सफ

इतिहास बनिसकेको भँवरा

    प्रकाशित मितिः बुधबार, बैशाख १२, २०७५       |
निमबहादुर थापा बिहानीमा फक्रिन खोजेकी गुलाबको कोपिला थिएँ म । मगमगाउने चमेलीको फूल थिएँ म । बुकी फूलले सेताम्य पखेराहरुमा भावनामै रमाएर छमछमी नाच्ने रहरालु थिएँ म । राताम्य गुराँसले घपक्कै ढाकेको घुम्टोभित्र कोइलसँग लुकामारी खेल्ने खेलाडी थिएँ म । सिरसिरे हावामा फहराउने ध्वजा थिएँ म । आफ्नै मनमा गुनगुनाएर मुस्कुराउने हसिना थिएँ म । मेरै शरीरका अवयवहरु नियाल्ने नयनी थिएँ म सायद । त्यसैले झुमिरहन
कथा | ऐना : अ रिफ्लेक्सन अफ लव

कथा | ऐना : अ रिफ्लेक्सन अफ लव

    प्रकाशित मितिः शनिबार, माघ ६, २०७४       |
झ्याल हरेक बिहान झ्यालको चेप–चेपबाट उज्यालो तपाइँको ओछ्यान वरिपरि फुत्रुक फुत्रुक खस्छ । र, तपाइँ जिउँ तन्काउँदै ब्यूँझनुहुन्छ, आफूलाई आश्वस्त गर्नुहुन्छ कि तपाइँ जिउँदै हुनुहुन्छ– कि दुनियाँ हिजो जस्तै आज पनि चलिरहेकै छ । हो, त्यही घामको किरण र हावाको झोक्कालाई समूल समेट्न हामी घरमा झ्याल राख्छौंं । जिन्दगीलाई जीवनको आश्वासन दिइरहन मान्छेले आफ्नो घरमा झ्याल राख्न सिक्यो । यस्तै एउटा झ्याल
भित्र्याएकी छोरी

भित्र्याएकी छोरी

    प्रकाशित मितिः बुधबार, पुस १९, २०७४       |
कुन्ता बिरामी भएर ओछ्यानमा परेको पनि धेरै दिन भइसक्यो । औषधीले पनि कहिले छोएजस्तो गर्छ, कहिले कामै गर्दैन । डाक्टरहरुले चिन्ता नलिनुस् आमा, आत्मबल बढाउनुहोस्, दुःख सबैलाई पर्छ, बाँच्नेले त्यस्ता कुरामा अल्झिरहनु हुन्न, हरेक मान्छेले जन्मसँगै मृत्यु लिएर आएको हुन्छ, ढिलो–चाँडोको कुरा मात्र हो । बरु छोरा बुहारीहरुलाई छिटो बोलाउनुस् नाति नातिनी खेलाएर दुःख बिर्सिन सजिलो हुन्छ भनी निर्देशन दिएर जान्छन
थरुनी

थरुनी

    प्रकाशित मितिः मङ्लबार, मंसिर १९, २०७४       |
‘पैंतीस मिनेट । गाडीको बाटो । अनि आउनेछ ठूलो सिमल । सिमलको बोटमा उभिएर हेर्नुपर्छ । दक्षिणतिर । देखिनेछ ठूलो खलियान । खलियानमा बाँधिएका हुनेछन्, चार–पाँचवटा एकनासका राँगाहरु । त्यही पुग्नुपर्छ सरासर । त्यसपछि चारवटा बाटा देखिनेछन् । सबभन्दा ठूलो बाटो नहिड्नू । सबभन्दा सानो झन् हिड्दै नहिड्नू । बाँकी दुइटा एकनास छन् । तीमध्ये एउटा शर्मा गाउँ पुग्छ । अर्को थारु गाउँ । फेरि शर्मा गाउँ जाने बाट