संस्मरण/अनुभूति

राप्तीको रुवाई

राप्तीको रुवाई

    प्रकाशित मितिः बुधबार, कार्तिक १४, २०७५       |
नियात्रा ः भेषराज रिजाल यस्तै तालले पुगिन्छ त गन्तब्यमा ।गुँडतिर फर्किरहेका चराहरू गोधुलीको धमिलो क्षितिजमा हराउँदै थिए,तब मेरो मनको चरो बोलेथ्यो निसास्सिँदै । उज्यालोमै प्युठान खंलङ्गा छोडेर बाग्दुला झरे पनि साँझको अत्यास लाग्दो सन्नाटाले छोइसकेथ्यो हामीलाई । नाइटबस चढेर सुन्दर बिहानीमा गन्तब्य टेक्ने हाम्रो अभिलाषा पनि खुम्चिँदै र खिइँदै गइरहेथ्यो पलपल । सम्बत २०७२ साल माघीको दिन घोराहीस्थित ब
सगरमाथा छोएको क्षण

सगरमाथा छोएको क्षण

    प्रकाशित मितिः बुधबार, असार १३, २०७५       |
नियात्रा भेषराज रिजाल कुदिरहेछौँ सुनकोशीको किनारै किनार । सुनकोशीको निलो पानीमा अडिँदैन नजर । नदी वारिपारिका बस्तीहरूमै पुग्छु म घरिघरि । तर, सुख्खा र रातो माटोका झुप्राहरूमा देखिँदैनन मानव आकृति । झुप्रे बस्तीमा चलमलाउँदैनन् पशुपन्छी । अनि त, निर्जन पाखोको एकलासलाई छोडेर सुनकोशीमै हाम्फाल्न विवश छ मेरो नजर । बगरमा बैँस सुकाइरहेका महिला र बाल्यकाल पानीमै बगाइरहेका केटाकेटी देखिन्छन् सुनकोशी
विमान दुर्घटनामा बचेका घाइतेको बयान- जमिन छुनुअघि नै जहाज थर्रर हल्लिएको थियो

विमान दुर्घटनामा बचेका घाइतेको बयान- जमिन छुनुअघि नै जहाज थर्रर हल्लिएको थियो

    प्रकाशित मितिः सोमवार, फाल्गुन २८, २०७४       |
विभिन्न ट्राभल एजेन्सीका हामी बाह्र जना एउटा कार्यक्रममा भाग लिन ढाका गएका थियौं। कार्यक्रम सकेर सँगसँगै फर्कंदै थियौं । यूएस बंगलाको जहाज दिउँसो साढे १२ बजे ढाका विमानस्थलबाट उड्यो । जहाज लगभग भरिएको थियो। हामी सबै अगाडिको लहरमा थियौं। पछाडि बंगलादेशमा एमबिबिएस पढिरहेका भाइबहिनी थिए। तीस जनाभन्दा बढी नेपाली थिए कि जस्तो लाग्छ। बंगालीहरू पनि उत्तिकै थिए। धेरै त पहिलोपटक नेपाल घुम्न आउँदै थिए
अलबिदा प्रिय मित्र !

अलबिदा प्रिय मित्र !

    प्रकाशित मितिः शुक्रबार, माघ १९, २०७४       |
हाम्रो पहिलेको निवास डाँडागाउँ छिल्ली बिजौरीमा रहेको थियो । मजगैयाँ परिवारको विशेष सहयोगमा बिजौरीमा २००८ सालमै संस्कृत विद्यालय खुलिसकेको भए पनि हाम्रो बुवाले युगअनुरूप अङ्ग्रेजी शिक्षा पनि अनिवार्य रूपले पढ्नैपर्छ भन्ने सोचका साथ आफ्ना मित्र पद्मोदय पब्लिक हाइस्कुलका तत्कालीन प्रधानाध्यापक रामसूरत त्रिपाठीको सहयोगमा गोरखपुरबाट केही शिक्षक झिकाएर हामीहरूलाई घरमै पढाउने व्यवस्था मिलाउनुभएको थियो ।
दुम्ला भिडण्तका प्रत्यक्षदर्शीको बयान- हवाई हमलाका भयानक ६ घण्टा

दुम्ला भिडण्तका प्रत्यक्षदर्शीको बयान- हवाई हमलाका भयानक ६ घण्टा

    प्रकाशित मितिः बिहिबार, पुस २०, २०७४       |
‘लौ लौ साथी हो छिटो गरौं, फाइट शुरु भइहाल्यो । गाउँतिर भएका सबै साथीहरु छिटो सेफ हुने (सुरक्षित स्थानतिर लाग्ने) भन्नेछ, तपाईहरु सबै आरएचक्यू (क्षेत्रीय हेडक्वार्टर) सँग कोर्डिनेशन गरेर जंगलतिर लाग्नुप¥यो ।’ सम्चारे कम्रेडको कडा कासनसँगै आधा भात थालीमै छोड्दै गुण्टागुण्टी बोकेर जंगलतिर टाप कसियो । पन्ध्र मिनेटजति उकालोमा हस्याङ–फस्याङ गर्दै दौडेपछि जंगलको छेऊमा पुगियो । त्यतिञ्जेल तल त्रिवे
जनकलाकारको संस्मरण- सगरमाथाको काखदेखि सप्तकोशीको तिरसम्म

जनकलाकारको संस्मरण- सगरमाथाको काखदेखि सप्तकोशीको तिरसम्म

    प्रकाशित मितिः मङ्लबार, पुस १८, २०७४       |
कार्तिकको चिसो जाडोले हिउँदयामको आभाष दिलाउँथ्यो । औंशीको निस्पष्ट कालो रातपछि विहानीपख सूर्यको किरणले धर्तीलाई ब्युँझाउँदै थियो । बिहानीपखको शितल पवनसँगै नयाँ खबर आयो । हाम्रो सामना परिवार साँस्कृतिक अभियान लिएर पूर्वी नेपालका बस्ती–बस्तीमा जाने भयो । मेरो लागि यसपटकको यात्रा जीवनमा नौलो हुने कुरा स्वभाविक थियो किनकि म पूर्वी नेपालको भुगोलमा कहिल्यै पाइला टेकेकै थिइँन । जहाँ पुग्न हिडेर हा