काठमाडौं, नेपालमा चार जनामा घटेको संक्रमण अहिले दैनिक करिब एक हजारको नजिक देखिन थालेको छ । पछिल्लो हप्ता नेपालमा दैनिक संक्रमण बढ्दै गएको पुष्टि हुन्छ ।
छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबढेसँगै नेपालमा पनि यसको प्रभाव देखिन थालेपछि नेपालमा संक्रमणबढ्न थालेको हो । खुल्ला सीमाका कारण भारतबाट सजिलै नेपाल आउने भएपछि संक्रमण बढ्न थालेको बताइएको छ ।
नेपालमा पनि ओमिक्रोनको ‘विएफाइभ’ प्रजाति देखिएको र उक्त प्रजातिको सङ्क्रमणको सर्ने दर उच्च रहेकाले पनि अहिले नेपालमा संक्रमण बढिरहेको छ। पहिले यहाँ सङ्क्रमण दर ०.५ प्रतिशतसम्म झरेकामा अहिले १५ प्रतिशत भन्दा माथि पुगेको छ । साउन १८ गते नौ सय १५ सङ्क्रमित, साउन १७ गते आठ सय १४, साउन १६ गते आठ सय ९५ सङ्क्रमित र एक जनाको निधन भएको छ ।
यस्तै साउन १५ गते छ सय २०, साउन १४ गते चार सय ३८ र दुई जनाको मृत्यु, साउन १३ गते पाँच सय ७७ जना र दुई जनाको मृत्यु, साउन १२ गते सात सय १० र दुई जनाको मृत्यु,साउन ११ गते पाँच सय ६४ र एक जनाको मृत्यु, साउन १० गते छ सय ३८ र दुई जनाको मृत्यु भएको छ । यसरी संक्रमणदैनिक बढेर हजारको नजिक पुग्न थालेको छ ।
दैनिक संक्रमण बढिरहेकाले नेपालमा कतै सङ्क्रमणको चौथो लहर आएको त होइन भन्ने लागेको छ । स्वास्थ्य तथा जनसंख््या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सङ्क्रमणको लहर ग्राफले देखाउने गरेको र अहिले देखिएको सङ्क्रमणको ग्राफले अर्को लहरको सङ्केत गरेको बताए ।
सरकारले आधिकारिक रूपमा सङ्क्रमणको चौथो लहर भन्ने नगरेको र सङ्क्रमणको ग्राफले नै लहर बताउने गरेको उहाँको भनाइ रहेको छ । “हामीले पहिले पनि ग्राफ बढे पनि सङ्क्रमणको लहर भनेको थिएनौँ। अहिले पनि हामी भन्दैनौँ”,उनले भने–“तर अहिले सङ्क्रमणको ग्राफले आफैँ अर्को लहर देखाएको छ ।”