प्रा.श्याम लम्साल
रजिष्ट्रार
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान,दाङ
स्वागत छ ?
धन्यावाद !
सन्चै हुनुहुन्छ ?
ठिकै छ,अहिलेसम्म आरामै छौं ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको अवस्था के छ ?
राप्ती स्वास्थ्य विज्ञानको क्रमश अगाडी बढ्ने प्रक्रियामा छ । प्रतिष्ठान स्थापनाको मुुल उद्देश्य शिक्षा,स्वास्थ्य,खोज अनुुसन्धान र सेवा यी कुरामा आपूmलाई अगाडी बढाई रहेको छ ।यी कुराको परिपक्कता सहितको स्तरियताको खोजी गर्ने प्रयासमा तलिन छ । शिक्षामा भन्नुु हुुन्छ भने प्रतिष्ठानले गत आर्थिक बर्षेदेखि हामी चिकित्सा शिक्षा अध्ययन,अध्यापन शुरु गरेकाछौं ।यो लुम्विनी प्रदेश र दाङवासीका लागि गौरवको कुुरा हो । दाङमा एम.बीबी.एस.शिक्षा संचालन हुनुले दाङवासीका लागि गौरवको कुरा हो । चालू आर्थिक बर्षदेखि प्रतिष्ठानले ४ वटा स्नातक तह शिक्षाका लागि चिकित्सा शिक्षा आयोगमा प्रस्ताव पेश गरेको छ । बी.एम.एल.टी.,बी.एम.आईटी.बी.पि.एच.र आँखा लगायतका बिषयमा हामीले शिक्षासँग सम्वन्धित स्नातक र स्नाकोत्तरसँग सम्वन्धी शैक्षिक कार्यक्रमहरु संचालन गरेका छौं ।
खोज अनुुसन्धानका बिषयमा हामीले विभिन्न राष्ट्रिय र अन्र्तराष्ट्रिय खोज अनुसन्धान मूलक संघ,संस्था र विश्वस्वास्थ्य संगठनसँगको आपसी सहकार्यमा खोज अनुुसन्धानको काम पनि गरिरहेका छौं ।सेवा क्षेत्रका रुपमा हेर्ने हो भने हामीले विषय विज्ञ प्राध्यापक र चिकित्सकहरु व्यवस्थापनगरी सेवादायरा पनि फराकिलो बनाउदै आइरहेका छौं ।हामीले आँखा रोग,मष्तिस्क, मुुटुु रोग जस्ता सेवा पनि थप संचालन गरिरहेका छौं ।तत्कालिन अवस्थामा प्रतिष्ठानमा केही स्वास्थ्य सेवाको अभाव थियो ।जस्तै हामी कहाँ डर्माडोलोजी,ईएन्टी थिएन । न्युरो सर्जरी सेवा स्थगित थियो ।मानसिक रोग संचालन गरेका छौं । यी सबै कुराहरु संचालन गरेका छौं । प्रतिष्ठानमा अब कुुनै पनि सेवाको अभाव छैन ।जनशक्ति र प्रविधि भए अनुुरुपको सेवा हामीले संचालन गरेका छौं ।
मुख्य काम के हो भन्ने नागरिक स्वास्थ्य सेवा र अधिकार हो ।हामीले अहिले नागरिक स्वास्थ्यलाई मध्ये नजर गरी ४५ जना थप चिकित्सकहरु व्यवस्थापन गरेका छौं । अबको केही समयमा न्युरो र मुटुु रोगको उपचार शुरु गर्ने तयारीमा छौं । सम्भवतः मुटुु रोगको उपचारमा हामी कहाँ अहिले सुचारु हुने तरखरमा छ । न्युुरोको उपकरण खरिदको प्रक्रियामा छ । नागरिक सेवालाई अभाव रहित बनाउन नेपाल सरकारले हामीलाई आर्थिक व्यवस्थापनको सहयोग गरेको छ । न्युरो र मुटु रोगको उपचारका लागि १४ करोड बजेट व्यवस्थापन पनि सरकारले गरेको छ । मुटु रोगको उपचारका लागि १० करोडको लागतमा क्याथ ल्याव खरिद समेत गरिसकेका छौं । भदौदेखि मुटुरोग र चालू आर्थिक वर्षको अन्तिमसम्ममा क्यान्सर रोगको उपचार पनि हामी सुचारु गर्ने तयारीमा छौं । दाङमै डाक्टर उत्पादन गर्ने काम गरिरहेका छौं ।
बिशेषज्ञ चिकित्सकको अभाव भोगेको दाङ र साविक राप्तीवासी अब दाङमै चिकित्सक उत्पादनको कुरा सुन्दा अच्चम तँ पर्छन होला नि ?
हामीले चिकित्सक उत्पादनको काम सुरु गरिसकेको छौं । त्यो पनि सेवासँगै, हामीले नेपालकै नमूना शिक्षालयका रुपमा प्रतिष्ठानलाई उत्पादन गर्न खोजिरहेका छौं । नेपाली मात्रै होईन विदेशी विद्यार्थी यहाँ आउँने वातावरण मिलाउन खोजिरहेका छौं । त्यसका लागि उच्च प्रविधि र उचित प्राध्यापकहरुको व्यवस्थापन सहितको शिक्षा र सेवा संचालन गरी प्रतिष्ठानलाई नमूना योग्य चिकित्सा शिक्षाको शैक्षिक हबको रुपमा स्थापित बनाउदैं छौं ।
प्रतिष्ठान दाङवासीको प्रतिष्ठाको संरचनाको रुपमा स्थापित भएको छ। लगानी पनि अरबांै लागेको छ। नागरिकले स्वास्थ्यको सेवा स्तर फेरिएको महसुस गर्न पाएका छन् ?
प्रतिष्ठानको जन्म जसरी भयो । त्यो अनुुरुपको काम हामीले गरेका छौं । त्यो माथि नै उल्लेख गरिसकेको छुु । अब हेर्ने हो भन्ने हामीले सायद मलाई लाग्छ । २०११ सालमा स्वास्थ्य चौकीका रुपमा स्थापित स्वास्थ्य संस्था अहिले प्रतिष्ठानका रुपमा संचालित छ ।०४६ साल आन्दोलनपछि प्रतिष्ठानको जन्म भएको हो ।यसको बारेमा नागरिकहरु क्रमशः जानकार बन्दै जान्छन् । कुरा रह्यो,राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान । हामीले यसको फेरिएको महशुस र यो हाम्रो सम्पत्तिको स्थापित संरचना हो भन्ने बुुझाई बुुझाउन थोरै समय लाग्छ नै । हामीले नेपाल सरकारका सामुदायिक अस्पतालहरुका सेवा त्यो स्वास्थ्य चौकीदेखि प्रादेशिक अस्पतालसम्म आउँदा र हामीसँग जोडिदा हाम्रा बारेमा जानकार हुन धेरै,थोरै समय लाग्छ नै । प्रतिष्ठानहरुको बाध्यता के छ भन्ने नेपाल सरकारले हामीलाई आफै कमाउने,आफै चलाउने स्वायत्त र स्वावलम्बी अधिकार दिएको छ । हामीलाई नेपाल सरकारको कानुुनमा रहेर अधिकार उपयोग गर्ने अधिकार सहित आत्मनिर्भर अधिकार पनि छ । सरकारी स्वास्थ्य संस्थाहरुमा नेपाल सरकारले नागरिक स्वास्थ्य सेवा अधिकार दिएको हुन्छ । तर त्यहाँ नागरिक स्वास्थ्य अधिकार अपेक्षित हुुदैनन् । हाम्रोमा के हो भने हामीले विशिषज्ञ सेवा दिएका हुन्छौं । त्यसो भएकाले हामी स्वावलम्बी हुुनका लागि हामीले केही शुल्क लिएका हुन्छौं । हामी नेपाल सरकारको स्वामित्वमा रहेकाले अस्पताल भन्दा हामी फरक तरिकाले हिडेका छैनौं । हामीसँग नेपाल सरकारले दिएका निशुुल्क सेवा, बिमा कार्यक्रम लगायतका सेवाहरु पनि हामीसँग छन । हामीले लुम्विनी प्रदेशमै बिमाका सबैभन्दा बढि सेवा दिएका छौं । प्रतिष्ठान बुुझ्न किन जरुरी छ भन्ने प्रतिष्ठानमा सेवा मात्रै होइन,यहाँ शिक्षण पनि हुन्छ । हामीले शिक्षण सेवा वाफतको केही रकम लिएर सेवा मजबुत बनाउँनु छ । यहाँका सेवास्तर किन मजबुत हुुन्छ भने हामीले यहाँ दक्ष जनशक्तिको व्यवस्थापन गरी अध्ययन अध्यापन पनि गराइरहेका छौं । आवश्यकताको पहिचान गरी हामीले विषय विज्ञ सहितको उपचार पनि दिईरहेका छौ ।
शिक्षण अस्पतालको महत्व आफ्नै किसिमको छ ।यो कुरा अन्य प्रतिष्ठानको सेवास्तर हेर्नुु हो। राप्ती स्वास्थ्य प्रतिष्ठानको सवालमा केही व्यवस्थापकीय र विकास गर्नुुपर्ने काम रहेकाले त्यो गरिरहेका छौं । अहिले हामीले वर्षाैदेखि बस्न नसकेको सिनेट बैठक राखेर हामीले योजना समेत सार्वजनिक गरेका छौं । चालू आर्थिक वर्षमै नेपाल सरकारले प्रतिष्ठानको स्तर बृद्धिका लागि ४ सय बेड अस्पताल निर्माणका लागि ७० करोड रुपैयाँ पनि विनियोजन गरेको छ ।हामी प्रति सरकारले पनि केही सम्भावना देखेको छ । त्यही सम्भावनाको कुरा हामी जनताको भरोसाको केन्द्र बन्न सक्छौं । त्यही अनुुरुप काम गरिरहेका छौं ।
स्वायत्त र स्वावलम्बी अधिकार उपयोग गर्दा नेपाल सरकारले दिने निःशुःल्क नागरिक स्वास्थ्य सेवा अधिकार लक्षित वर्ग समुदाय बिमुख हुने, सामाजिक रुपमा सम्पन्न नागरिकले मात्रै प्रतिष्ठानको स्वास्थ्य अधिकार उपभोग गर्न पाउने भन्ने हो ?
हो नागरिकले बुुझ्न नसकेको कुरा यही हो । प्रतिष्ठानको उपचार सेवा मंहगो छ ।हामीले लिने सेवाको स्तरियता कस्तो छ ।त्यो कुरा बुुझ्न जरुरी छ ।एम.बीबी.एस.कार्यक्रम ंसंचालन गरे वाफत हामीलाई एक ब्याचबाट ५ करोड जति आम्दानी हुुन्छ । म तपाईलाई के भन्छु भने प्रतिष्ठान भनेको स्वायत्त भने पनि नेपाल सरकारले संरचना हुुन । हाम्रो आम्दानी भनेको शिक्षा र अनुुसन्धानबाट हुनुुपर्छ ।हामी शिक्षा र अनुुसन्धानबाट स्वावलम्बी हुुँदै जादाँ हामीले नागरिक स्वास्थ्य सेवालाई लक्षित वर्गसँग जोड्दै लैजान सकिन्छ ।जसले आर्थिक अभावका कारण स्तरीय स्वास्थ्य सेवा पाउँन सक्दैनन उनैलाई केन्द्रमा राखि हामीले नागरिक स्वास्थ्य उपचार सेवा संचालन गर्ने हो । प्रतिष्ठानको मुख्य लक्ष्य शिक्षा र अनुुसन्धानका बिषयमा आम्दानी बढाउने र सहुुलियतमा बिरामीको उपचार गर्ने हो ।
सहुलियतमा उपचार गर्ने कुरा गर्नुु भयो । तर बिमा कार्यक्रममा बन्द गर्नुुभयो नि,बिमितको स्वास्थ्य अधिकार हनन भयो हैन र ?
होईन,यो कुरा हामीसँग जोडिएको हैन । यो सरकार र स्वास्थ्य बिमा बोर्डसँग जोडिएको कुरा हो ।हामीले उपचार दिइरहेका थियौं ।तर भुक्तानी पाएनौं । हामीसँग उधाँरो धान्न सक्ने सामथ्र्य सकियो । १४ करोड स्वास्थ्य बिमा कम्पनीको भुक्तानी रोकियो । सप्लायर्सहरुले सामान नदिने स्थिति भएपछि यो समस्या आएको हो ।बिमा प्रतिष्ठानले बन्द गरेको होईन, हामी पहिला रिफर बिरामी हेर्ने गरेका थियो ।अहिले प्रमथ बिन्दुको काम गर्न निर्देशन दिएकाले भदौसम्म हामीले सेवा संचालन गछौं । फराकिलो योजना बुुनेको प्रतिष्ठान साँधुरो ठाउँमा बसेको छ नि ? जग्गा अभावको कुरा छ,जग्गा प्राप्तिको कुरा पनि छ,अतिक्रमणको कुरा पनि छ, यी कुरालाई कसरी व्यवस्थापन गरिरहनुु भएको छ ?
हामीलाई स्तरिय शिक्षा र सेवा संचालनका लागि संरचना अभाव मात्रै होइन संरचना निर्माण,जग्गा अभाव आदी थुप्रै समस्या छ । प्रतिष्ठानको संरचना निर्माणको कामका लागि बजेट समेत व्यवस्थापन भइसकेको छ ।अब जग्गाको काम सक्नुुपर्ने छ ।अहिले हामी नवलपुरमा ५ बिगा जग्गा प्राप्तिको तयारीमा छौं । शैक्षिक कार्यक्रम संचालनका लागि मावि रझेनाको प्राविधिक संरचना भाँडामा लिने तयारीमा छौं ।तर हामीलाई जग्गा र संरचनाको सकस छ ।त्यसका लागि हामीले आपसी सहकार्य र समन्वयको काम गरिरहेका छौं ।
राजनीतिक दबाब र प्रभाव कति छ नि,समन्वयको कुरा गरिरहदा ?
त्यो कुरा हामीमा छैन । राजनीतिक दलहरुको मात्रै होईन हामीले हरेक व्यक्तिसँगको आपसी सहयोग र समन्वयको खोजी गरिरहेका छौं । प्रतिष्ठानलाई अझ राम्रो बनाउन सबैको सहयोगको आवश्यक छ ।त्यो कारण हामीले यहाँ राजनीतिक प्रभाव र दबाबमा भन्दा पनि हरेक दल,संघसंस्था र व्यक्तिसँग प्रतिष्ठानको विकास अवधारणा मोेडेलका कुरा गछौं ।
अन्त्यमा केही छ ?
अन्त्यमा हामीले चाहेको प्रतिष्ठानको उद्देश्य नागरिक स्वास्थ्यको सर्वाेच्चता हो ।त्यसमा सबैले हातेमालो गर्दै प्रतिष्ठानको विकास र उन्नयनमा सहकार्य गरांै ।हामीले प्रतिष्ठान हाता भित्र मात्रै होइन,प्रतिष्ठान बाहिरका पालिका रुन्टीगढी र बंगलाचुुलीसँग विशेषज्ञ सेवा संचालनका लागि स्तरिय सेवा प्रवाह विशेषज्ञ चिकित्सक व्यवस्थागरी सेवा प्रवाहमा सहजता दिने कोशिस गरिरहेका छौं ।यी काम हाल अन्तिम चरणमा रहेकाछन । जसले विशिषज्ञ सेवाका लागि प्रतिष्ठानमा मात्रै आउनुु पर्ने बाध्यताको अन्त्य गरी दुुर्गम गाउँवस्तीमा पनि सेवा संचालनका लागि तयारीमा रहेका छौं ।




