हाम्रो लक्ष्य आत्मनिर्भर र अवसरयुक्त पालिका बनाउनु हो ।

प्रकाश बिष्ट,अध्यक्ष
राप्ती गाउँपालिका,दाङ
स्वागत छ, अध्यक्ष ज्यू ।
धन्यवाद,यहाँलाई ।
नौलो जनाउभार साप्ताहिकको आजको अंकमा राप्ती गाउँपालिकाभित्र भएगरेका सबै गतिवधिको खुलेर राख्न पाउँदा म अत्यन्त खुसी भएको छु । यो अवसरलाई मैले हाम्रो पालिकाको प्रगति र योजना बारे खुलस्त जानकारी दिने मौकाको रूपमा लिएको छु ।
पालिकाको अवस्था कस्तो छ ?पालिकाले अहिलेसम्म के कस्ता योजना निर्माण र कार्यान्वयन गरिरहेको छ ?
हाम्रो पालिका अहिले समग्रमा स्थिर विकासको मार्गमा छ । हामीले पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि र उद्यमशीलताको क्षेत्रमा दिर्घकालीन प्रभाव पार्ने कार्यक्रमहरू अघि बढाइरहेका छौं । जसले राप्ती गाउँपालिकाको समग्र विकास र उत्थानमा टेवा पुु¥याउने खालका भौतिक तथा मानवीय विकासका संरचना मजबुत बनाउन लागिपरेका छौं। जस्तैः ग्रामीण सडक विस्तार, स्वास्थ्य संस्थाको स्तरोन्नती, विद्यालय सुधार योजना,सरसफाइ अभियान,
(ग्रीन एन्ड क्लिन राप्ती) कृषकलाई ‘उत्पादन साथमा अनुदान हातमा’ र साना उद्योग प्रवद्र्धनका कार्यक्रमहरू सक्रिय रूपमा कार्यान्वयन भइरहेका छन । जसले राप्ती गाउँ पालिकाको जीवनस्तरमा सुुधार मात्रै होइन, मुहारमा खुसी ल्याउने दृढता बोकेको छ।अझ हामी राजधानी बसेको पालिका भित्र छौं । यहाँको नागरिक हरेक कर्म र पेशासँग जोडिन सक्ने गरी योजना निर्माण र कार्यान्वयनको काम चलिरहेको छ ।
तपाईंको पालिकाभित्र लुम्बिनी प्रदेशको राजधानी बसेको छ । राजधानी महसुस पालिकाले गरेको छ ?
हाम्रो पालिकाले गर्नुुुपर्ने विकास निर्माण आफ्नो अधिकारभित्र रहेर हामीले गरेका छौं। प्रदेश सरकारले गर्ने र हामी जोडिने योजनागत कामहरु त छदैछ ।यहाँको विकास योजना निर्माणको काममा सरकार आफ्नो हाताभित्र मात्रै खुम्चिएको छ।यहाँको जति विकास हुनुुपर्ने थियो । त्यो विकासको गति सरकारले लिन सकेको छैन । राजधानी बसाइँसँगै सेवा सुविधाको पहुँचमा अत्यन्तैः सुस्त गतिमा अगाडि बढेको छ । प्रदेश सरकारले भालुवाङ्मा अस्पताल संचालन गरिरहेको छ । त्यो बाहेक खासै जनताको जीवनमा आमुल परिवर्तन हुने खालका कामहरु अहिलेसम्म हुन सकेका छैनन् ।
राजधानीका कारणले बढेको जनघनत्व, ट्राफिक व्यवस्थापन र वातावरणीय चाप जस्ता चुनौतीहरू पनि छन । जसको समाधानका लागि हामी योजनाबद्ध रूपमा अघि बढिरहेका छौं । तर यसको प्रदेश सरकारले पालिकावासीहरुलाई सहयोगी भूमिका भन्दा पनि अन्य काममा खासै सहयोग नगरेको देखिन्छ । राजधानी निर्माणसँगै प्रदेश सरकारले गर्नुुपर्ने धेरै कुराहरु पनि छन् । तर त्यो कुरामा प्रदेश सरकारले स्थानीय सरकारको दायित्व र जिम्मेवारी भन्ने सम्मका कुरा छन् । जसमा हामीले गर्ने कुरामा हामी सजक छौं। प्रदेश सरकारले गर्ने कुरामा सरकार सजक देखिदैन्।अतः हामीले प्रदेश सरकार निर्माण र व्यवस्थापनमा हालसम्म पनि सहयोगी बनि काम गरिरहेका छौं ।

प्रदेश सरकारलाई राजधानी निर्माण र व्यवस्थापनका लागि स्थानीय सरकारले के सहयोग गरेको थियो ?

हामीले राजधानी निर्माणका क्रममा आवश्यक पूर्वाधार सहयोग पु¥याएका छौं । हामीले प्रदेश सरकारलाई आवश्यक पर्ने सबै खाले साना, ठूला संरचनाहरु हामीसँग जे छन ती संरचनाहरु विगतदेखि नै सरकारलाई दिएका छौ । हाम्रा सबै वडा कार्यालय र पालिकाको भवन समेत प्रदेश सरकारलाई हालसम्म उपलब्ध गराएका छौं। परियोजनाहरूलाई सहज बनाउन समन्वय र सहकार्यको भूमिका निर्वाह गरेका छौं । प्रदेश र स्थानीय सरकारको समन्वयमा हुुनुुपर्ने कामहरु पनि पालिकाभित्र थुुप्रै छन् । ती कामका लागि सरकारले खासै गति लिन सकेको छैन भन्ने पनि हामीले महशुस गरेका छौं । अर्को कुरा के भने राजधानी निर्माणका क्रममा यहाँ स्थानीयहरुले घर अगाडीको सडक झाँडी,सफाई गरेका थिए । त्यो राजधानीका लागि थियो ।तर जिल्ला वन कार्यालयले स्थानीय सरकारलाई मुद्दा लगाएको छ ।
राजधानी निर्माण र व्यवस्थापनमा प्रदेश सरकारलाई गरेको उपहार हो मुद्दा,अनि मुद्दा किनारा लगाउन केही सहयोग समन्वयको काम केही प्रदेश सरकारले गरेको छैन ?

राजधानी निर्माणसँग जनताले आफ्नो घर अगाडि झाडी सफाइ गरेका कारण स्थानीय जनतालाई वन कार्यालयले मुद्दा चलाउने तयारी गर्दै थियो । मैले त्यसो हुन दिइन् र अन्तिममा वनले म लगायत केही वडा अध्यक्षहरुलाई वन मुद्दा चलाएको छ । तर अहिलेसम्म पनि त्यो मुद्दा फैसला भएको छैन। राजधानी निर्माण र व्यवस्थापनका लागि हामीले गरेको सहयोगलाई वन कार्यालयले हामीलाई व्यक्तिगत जस्तै मुद्दा हालेको छ । सरकारले यो कुराको व्यवस्थापन गर्न सक्छ । समन्वय र सहकार्य मार्फत, सरकारलाई गरेको हाम्रो सहयोग व्यर्थ रहेछ भन्ने लागेको छ ।
राप्ती गाउँपालिका जिल्लाका अन्य स्थानीय सरकार भन्दा केही फरक छ भनि प्रशंसा पनि गर्छन नि ? त्यो प्रशंसा मात्रै तँ होईन नि ?
अवश्य ! हाम्रो पालिका कृषि, उद्यमशीलता र स्वास्थ्य क्षेत्रमा अग्रणी काम गरेको छौं । हामीले सामाजिक न्यायमा आधारित मजदुरहरुका लागि दुर्घटना विमा पूर्ण कार्यान्वयन गरेका छौं। यस बर्ष अनौपचारिक क्षेत्रका मजदुरहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्दै पनि छौ । ‘राप्तीका युवा तथा महिला उधमशिलतामा पहिला’ भन्ने कार्यक्रम तय गरेर सीप तथा उद्यम तालिमलाई प्राथमिकतामा राखेका छौं । हरेक कामलाई हामीले हाम्रो हो भन्ने भावनाका साथ बुुझेका छौं । अरु कस्ता छन भन्ने भन्दा पनि हामी कस्तो छौं । पालिकावासीको जीवनस्तरमा कसरी सुधार ल्याउन सकिन्छ भन्ने हो । हामीले कृषिजन्य उत्पादनको सहज बिक्री, वितरणका हाटबजार, अनुदानमा आधारित योजनाहरु समेत ल्याएका छौं । राप्ती आफैमा पवित्र,त्यही पवित्र राप्तीको कोखमा रहेको राप्ती गाउँपालिकालाई समृद्ध,आत्मनिर्भर बनाउने लक्ष्य हाम्रो छ ।

गाउँपालिकाको कस्तो बनाउने सोचमा हुनुहुन्छ,चुनावी घोषणा पत्रले त्यस सपनालाई छोएको छ कि छैन ?

हाम्रो लक्ष्य आत्मनिर्भर र अवसरयुक्त पालिका बनाउनु हो । घोषणा पत्रका ७० प्रतिशत भन्दा बढी कार्यक्रमहरू सम्पन्न भइसकेका छन । जस्तै विद्यालय सुधार, खानेपानी परियोजना, स्वास्थ्य सेवा विस्तार, कृषि मूल्य श्रंखला विकास । बाँकी कार्यक्रमहरू बजेट र स्रोत अनुसार चरणबद्ध रूपमा पूरा गर्दैछौं । जसलाई हामी सरकार नेतृत्व समाल्दै गर्दा र हामीले छोड्दै गर्दाको सरकारको अनुुभूत पालिकावासीलाई गराउने छौं । चुनावी घोषणा पत्रमा हामीले उठाएका र अघिल्लो कार्यकालमा जग बसालेका योजनाहरु हामीले गतिसिल रुपमा निर्माण गरेका छौं ।अझै केही समयमा बाँकी रहेका ३० प्रतिशत चुनावी घोषणापत्रको काम हामीले सक्ने संकल्प गरेका छौं ।

पेशाले तपाई आफूू स्वास्थ्यकर्मी पनि हो,हैन ? स्वास्थ्य सेवा अझ फरक केही बनाउनुु भयो ? हिजो काम गर्दा कस्तो थियो,आज ती कामको योजना बनाउँदा कस्तो रह्यो ?
हो, यहाँले भनेझैं म लामो समय स्वास्थ्य क्षेत्रमा रहेर जनताको सेवा गरेको छु । त्यसकारण पनि नागरिकको स्वास्थ्य अधिकार अब कानुनी धारामा मात्र सीमित नभएर व्यवहारमा पनि देख्न सकिने गरि हामीले काम गरिरहेका छौं ।
राप्ती गाउँपालिका विस्तारै शहर उन्मुख बन्दै छ तर यहाँ कृृषिको उर्वरभूमि पनि हो नि,कृषि र किसानका केही नयाँ
कुरा थपिएका छन् । हो, हामीले किसानलाई सहकारी मार्फत ऋण, बीउबिजन,मल र प्रविधि उपलब्ध गराएका छौं । कृषि उत्पादनलाई बजारसँग जोड्ने मूल्य श्रृंखला विकास, प्रशोधन केन्द्र र भण्डारण सुविधा स्थापना गरेका छौं । यसले किसानको आम्दानीमा प्रत्यक्ष वृद्धि भएको छ । हामीले यही आधारमा गाउँपालिका फेरिन्छ भन्ने सोच राखेका छौं ।

अन्त्यमा केही छ की ?

अन्त्यमा हामीले विपद्, स्वास्थ्य लगायत सामाजिक सुरक्षामा तत्कालीन सहायता पु¥याएका छौं । जस्तै विपन्न परिवारलाई राहत,आकस्मिक उद्धार र सामाजिक सुरक्षा भत्ता ।अन्त्यमा म सबै नागरिकलाई आग्रह गर्न चाहन्छु कि विकास,सुशासन र समृद्धि हाम्रो साझा जिम्मेवारी हो । पालिकाले योजना बनाउँछ तर सफल बनाउन तपाईंको सहभागिता अनिवार्य चाहिन्छ ।