वसन्त खनाल,
शाखा प्रबन्धक,नेपाल परिवार नियोजन संघ,दाङ
स्वागत छ यहाँलाई ?
धन्यावाद !
नेपाल परिवार नियोजन संघ दाङले प्रजनन स्वास्थ्य र अधिकारको क्षेत्रमा के–कस्ता योजना निर्माण र कार्यान्वयनको काम गरिरहेको छ ?
नेपाल परिवार नियोजन संघ दाङले आम नागरिकसम्म यौन तथा प्रजनन स्वास्थ्य सेवाको पहुँच पु¥याउने काम गर्दै आएको छ। संघले प्रत्यक्ष सेवाप्रदान गर्नुका साथै समाजमा यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सचेतना फैलाउने कार्यक्रम संचालन गर्दै आएको छ। नेपाल परिवार नियोजन संघ दाङले आफना सेवा केन्द्रहरु मार्फत दक्ष स्वास्थ्यकर्मी मार्फत परिवार नियोजन सेवा,सुरक्षित मातृत्व तथा शिशु स्याहार सेवा,सुरक्षित गर्भपतन सेवा,सुरक्षित मातृत्व सेवा,स्वेच्छिक परामर्श तथा परिक्षण सेवा,पाठेघरको मुखको क्यान्सर परिक्षण सेवा र युवा सुचना केन्द्रहरु मार्फत किशोर किशोरी तथा युवावर्गका लागि प्रजनन् स्वास्थ्य सेवा दिनुका साथै सूचना तथा शिक्षासेवा र निःशुल्क प्रजनन् स्वास्थ्य घुम्ती शिविरहरु संचालन गरी ग्रामीण समुदायका गरीब, दलित,पिछडिएका जाती जनजाती हरुको स्वास्थ्य सेवामा पहुंच स्थापितगर्दै आइरहेको छ।
ती, योजना लक्षित वर्ग र समुदायको पहँुचमा पुगेको छ ?
नेपाल परिवार नियोजन संघ,दाङले सबै वर्ग र समुदायसम्म यौन तथा प्रजनन स्वास्थ्य सेवा पु¥याउने काम गर्दै आइरहेको उल्लेख माथि नै गरिसके । संस्थाले प्रत्यक्ष सेवा, नियमित क्लिनिक,सामुदायिक परामर्शदाताहरू र स्वास्थ्य शिविरहरू मार्फत स्वास्थ्य सेवा उपलब्ध गराउँछ। यसले महिला÷पुरुष र किशोरी–युवाहरूलाई प्रजनन स्वास्थ्य सेवामा पहुँच पु¥याउने,परिवार नियोजन सेवाको प्रयोगमा सचेत बनाउने, यौन तथा प्रजनन स्वास्थ्य शिक्षा दिने, प्रजनन अधिकार र स्वास्थ्य सम्बन्धी सचेतना फैलाउने र समुदायमा स्वास्थ्य सेवा प्रवाहलाई मजबुत बनाउने कार्यमा महत्वपूर्ण योगदान गरेको छ। जसलाई विभिन्न साझेदारहरुको सहकार्य र समन्वयमा समुदायस्तरसम्म पु¥याउने र सेवाको पहँुच बाहिर रहेकाहरुको सेवासँगै खोजी गर्ने काम गरिरहेका छौं ।जसले नागरिकको प्रजनन स्वास्थ्य संरक्षण र नेपालमा प्रजनन स्वास्थ्य अधिकारमा सबैका पहुँच सुनिश्चित गर्ने वकालतमा ठूलो योगदान गरेको छ।
काम गर्दै जादाँ प्रजनन स्वास्थ्यको समस्या कस्ता बस्ती,क्षेत्रमा बढि प्रभावित बनेका भेटिन्छ नि ?
हामी फिल्डमा काम गर्दा पाउँछौं कि अझै
धेरै महिला आफना स्वास्थ्य समस्याहरू लुकाएर राख्ने गर्छन् र जाँच गराउन संकोच देखाउँछन् । यस्तो प्रवृत्तिका कारण धेरै महिला पाठेघर खस्ने,पाठेघरकोमुखको क्यान्सर र विभिन्न यौनजन्य रोगहरूको संक्रमणको जोखिममा परेका हुन्छन्। यो समस्या जिल्लाका दुर्गमदेखि सुगम सबै ठाउँमा देखिन्छ।जसले बस्ती छुट्याएको छैन। यसको मुख्य कारण व्यक्ति आफनो स्वास्थ्य प्रति देखाउने सर्तकता र सचेतना को कमी हो । तसर्थ सबैले समयमै जाच गर्ने बानीको बिकास गरौ भन्न चाहन्छु ।
अझै पनि प्रजनन स्वास्थ्य समस्या लुकाई राख्ने गरेको पाईन्छ । त्यो समस्या खुलाउन र सेवा लिन किन चाहदैनन् कि प्रजनन स्वास्थ्य शिक्षाको अभाव हो कि चेतनास्तर विकासको अभाव हो ?
मेरो विचारमा,मानिसहरू विशेष गरी महिलाहरू आफनो स्वास्थ्य समस्या देखाएमा हेला हुने डरले लुकाउँछन् । यो मानसिक महिलाहरुमा अझै भेटिन्छन । धेरै महिलाहरूको अनुभव अनुसार,स्वास्थ्य समस्या देखिँदा पति,परिवार वा समाजबाट हेला वा लज्जा महसुस गराउने अवस्थाको भोगाईहरु सुनिन्छन्। अर्कोतिर,समाजमा यौन र प्रजनन स्वास्थ्यलाई अझै पनि नकारात्मक दृष्टिले हेर्ने प्रवृत्ति छ । जसले महिलाहरूलाई लुकाएर राख्न बाध्य बनाएको छ । यसको मुख्य कारणचेतनाको कमी र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी बुझाइको अभाव नै हो । त्यो बाध्यतालाई चिर्न समुदायमा यौन र प्रजनन स्वास्थ्य सम्बन्धी सचेतना फैलाउने र सेवाहरू विस्तार गर्ने आवश्यकता देखिन्छ। यसका लागि सरकारी तथा गैर–सरकारी दुबै पक्षले निरन्तर सचेतना कार्यक्रम सञ्चालन गर्दै यसको महत्व बुझाइरहनु आवश्यक छ।
लंैगिक हिंसामा परेकाहरु बालिका, किशोरी र महिलाहरुको शारीरिक तथा मानसिक रुपमा कस्ता समस्या परेका हुन्छन् ? हिंसामा परेकाहरुको उपचार कसरी गरिन्छ ?
नेपाल परिवार नियोजन संघले लैंगिक हिंसामा परेका महिला तथा किशोरीहरूलाई परामर्श सेवा र आवश्यक प्रजनन स्वास्थ्य सेवा उपलब्ध गराउने महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । संघले सेवा लिन आएका महिला तथा किशोरीहरूलाई स्वास्थ्य सेवा उपलब्ध गराउनुका साथै जटिल वा थप आवश्यक सेवाका लागि जिल्ला स्थित इऋःऋ मा रेफर गर्ने व्यवस्था गरेको छ। साथै,आवश्यक परेमा कानुनी उपचारका लागि सहजीकरण पनि प्रदान गर्दछ । धेरैजसो हिंसाका घटनाहरू बाहिर नआउँदा पीडितहरू मानसिक रूपमा पनि प्रभावित हुने भएकाले संघले उनीहरूको समस्या समाधान, मनोवैज्ञानिक समर्थन र सामाजिक पुनःस्थापना सुनिश्चित गर्ने काम गर्छ । साथै संघले समुदायमा यौन र प्रजनन स्वास्थ्य तथा लैंगिक हिंसाविरुद्धको सचेतना फैलाउने काम गर्दै महिला र किशोरीहरूले आफनो स्वास्थ्य र अधिकारको संरक्षण गर्न सकून भन्ने वातावरण सिर्जनाका लागि काम गरिरहेको छ ।
दातृराष्ट्रको सहयोगमा संचालितसेवामा नेपाल सरकार ३ तहका सरकार कस्तो सहयोग गरिरहेका छन ?
हाल नेपाल सरकारले प्रजनन स्वास्थ्य सेवालाई आफनो महत्वपूर्ण कार्यक्रमको रूपमा नीति तथा कार्यक्रममा समावेश गरी सञ्चालन गर्दै आएको छ। यस अन्तर्गत सुरक्षित मातृत्व,परिवार नियोजन सेवा,बाल बालिकालाई विभिन्न रोगबाट जोगाउने खोप कार्यक्रम,किशोरीलाई आइरन तथा फोलिक एसिड वितरण,पाठेघर मुखको क्यान्सरबाट जोगाउने स्क्रिनिङ क्याम्प,सुत्केरी महिलाका लागि आवश्यक हेलि उद्धार र गर्भवति महिलाहरूको नियमित जाँच जस्ता विविध क्रियाकलाप संघ,प्रदेश र स्थानीय तहद्वारा निरन्तर सञ्चालन गरिँदै आएका छन्,जसले सकारात्मक परिणाम पनि देखाइरहेका छन। विगतमा यी क्रियाकलापहरू विभिन्न दात्री निकायको सहयोगमा सञ्चालन हुँदै आएका थिए तर हाल दात्री सहयोगमा ठुलो कटौती भएपछि हामी पनि प्रभावित भएका छौं।यद्यपि, सरकारी निकायसँग समन्वय गर्दै हामीले सीमान्तकृत वर्ग,सेवा बन्चित र गरिव–विपन्न वर्गमा नियमित सेवा उपलब्ध गराइरहेका छौं तर अझै सोचे अनुसार पर्याप्त सेवा प्रदान गर्न सकिएको छैन । त्यसैले म सरकारका तीनै तहलाई यस क्षेत्रमा अझ सक्रिय भूमिका निर्वाह गर्न अनुरोध गर्दछु ।
प्रजनन स्वास्थ्यको समस्या स्थिति कस्तो छ ? यी समस्या न्युनीकरण र समाधानका प्रयासमा सरकारको सारथी बनेको छ ?
नेपालमा प्रजनन स्वास्थ्यको अवस्था हाल सकारात्मक प्रगतिपथमा भएपनि केही चुनौतीहरू अझै कायम छन् । २०२३ को तथ्यांक अनुसार,नेपालमा १५ देखि १९ वर्षका ६७ प्रतिशत किशोरीहरूले जन्म दिएका छन्। साथै १५ देखि १९ वर्षका विवाहित किशोरीहरूको २४ प्रतिशत मात्र यौन र प्रजनन स्वास्थ्य सम्बन्धी निर्णयहरूमा पूर्ण जानकारी राख्दछन् । हाल मातृ मृत्युदर लाख जीवित जन्ममा १४२ रहेको छ,जसले सुरक्षित मातृत्व सेवामा अझै सुधार आवश्यक छ भन्ने देखाउँछ । पाठेघर मुखको क्यान्सर नेपालमा महिलामा सबैभन्दा सामान्य क्यान्सर मध्ये एक हो, २०२३ मा मात्र २,२४४ नयाँ केस र १,४९३ मृत्यु भएकाछन् । परिवार नियोजन तर्फ हेर्दा आधुनिक साधन प्रयोगदर ३६ प्रतिशत मात्र छ,जसमा महिलाबन्ध्याकरण, डिपोप्रोभेरा र इम्प्लान्ट बढी प्रयोग हुने गरेका छन तर अझै ३१ प्रतिशत भन्दा बढी महिलाहरूको आवश्यकता अपूरा रहेकाछन् । यी सबै अवस्थाले प्रजनन स्वास्थ्य सेवामा अझै सुदृढीकरण र पहुँच विस्तारको खाँचो रहेको देखाउँछ। यसका लागि सरकार,संघ–प्रदेश–स्थानीय तह र अन्य सरोकारवालाले नीति तथा कार्यक्रमलाई बलियो पार्दै ग्रामीण तथा सीमान्तकृत समुदायसम्म सेवा पु¥याउन निरन्तर प्रयास गर्नु जरुरी छ।
प्रजनन स्वास्थ्य समस्याको विषयमा सरकार सजक छ ?
नेपाल सरकार प्रजनन स्वास्थ्य समस्या प्रति सजग रहेको नै पाउँछौ । नितिगत निर्णहरु त राम्रो भएका छन तर कार्यन्वयनको पाटो फितलो रहेको छ । प्रजनन स्वास्थ्यलाई सरकारले महत्वपूर्ण राष्ट्रिय प्राथमिकताका रूपमा लिएको छ र यसलाई नीति तथा कार्यक्रममा समावेश गर्दै आएको छ। सुरक्षित मातृत्व,परिवार नियोजन,बालबालिकाका लागि खोप,किशोरीका लागि आइरन र फोलिक एसिड वितरण,पाठेघर मुखको क्यान्सर स्क्रिनिङ तथा उपचार,गर्भवति र सुत्केरी महिलाका लागि हेलि–उद्धार तथा नियमित स्वास्थ्य जाँचजस्ता सेवा संघ,प्रदेश र स्थानीय तहमार्फत सञ्चालन भइरहेकाछन् । मातृ मृत्यु दर घटाउने,प्रजनन स्वास्थ्य सेवा दुर्गम र सीमान्तकृत समुदायसम्म पु¥याउने र महिला लाई सुरक्षित र गरिमामय स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्ने तर्फ सरकारले नीति र कार्यक्रम ल्याको छ तर कार्यान्वयन गर्ने निकायहरुमा ती कुरा अझै प्राथमिकतामा धेरै पर्न नसकेको तीतो यथार्थ छ । यसका लागी स्थानीय तहले पनि आफनो कार्यक्रम तथा बजेटमा ती कुराहरुलाई प्राथमिकतामा राखि कार्यान्वयनमा लैजादा सबै माझ पुग्ने अपेक्षा गर्न सकिन्छ ।
र अन्त्यमा केही भए….. ?
अन्त्यमा,तपाईँको पत्रिकामा मेरा विचारहरू प्रकाशित गर्ने अवसर दिनुभएकोमा हार्दिक आभार प्रकट गर्न चाहन्छु । साथै,सबैलाई यौन तथा प्रजनन स्वास्थ्य सेवाका लागि नेपाल परिवार नियोजन संघ,दाङसँग सम्पर्क राखी आवश्यक सेवा लिन अनुरोध गर्दछु। नेपाल परिवार नियोजन संघले सेवाग्राहीका लागियौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी र सेवाका लागि हटलाइन सेवा पनि सञ्चालन गरेको छ। त्यसैले,तपाईंहरूले हटलाइन नम्बर १६६००१४५०००मा सम्पर्क गरी सो सेवा सहज रूपमा लिन सक्नुहुन्छ ।
