विद्यार्थी जागरण अभियानमा अखिल क्रान्तिकारी

दाङ, संगठन निर्माण र सुदृढीकरणको योजना सहित विद्यार्थी जनजागरण अभियान थालेको अखिल क्रान्तिकारी दाङले संगठन विस्तारको कामलाई तिव्रता दिएको छ । संगठनका अध्यक्ष गिरबहादुर महराको नेतृत्वमा संन्चालन भएको अभियानले विभिन्न स्कूल र कलेजहरुमा विद्यार्थीको इकाई कमिटी निर्माण गरेको छ ।
जागरण अभियानले अखिल क्रान्तिकारी प्रति विद्यार्थीको आर्कषण बढेको भन्दै अध्यक्ष गिरबहादुर महराले संगठन निर्माणको कामले जिल्लामा तिब्रता पाएको बताउनु भयो । अभियानका क्रममा अखिल क्रान्तिकारी दाङले गठन गरेका इकाई कमिटीहरु ः

अम्बिकेस्वरी क्याम्पस घोराही ः

अखिल क्रान्तिकारी अम्बिकेस्वरी क्याम्पस घोराहीको पाँचौं इकाई सम्मेलन सम्पन्न भएर सन्जय केसीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिती चयन भएको छ । जसको उपाध्यक्षहरुमा सक्सेस न्यौपाने, दिना भन्डारी,सचिवमा विशाल बुढाथोकी,सह–सचिवहरुमा आकांक्षा पाठक, धनमाला गिरी, कोषाध्यक्षमा सुस्मिता लामिछाने सदस्यहरुमा अनिशा भुसाल,फिरोज चौधरी,बिबेक सुवेदी, टार्जन आचार्य, हेमराज कालाथोकी, रोशनी धिताल, श्रवण चौधरी, अनिता केसी रहेका छन । त्यस्तै अखिल क्रान्तिकारी दाङ जिल्ला कार्यालय सदस्य गोविन्द मल्लको प्रमुख आतिथ्यतामा सम्मेलन सम्पन्न भएको थियो ।

पद्मोदय क्याम्पस घोराही ः

अखिल क्रान्तिकारी पद्मोदय क्याम्पस घोराहीको तेस्रो इकाई सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले विष्णु गोराथोकीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ। जसको उपाध्यक्षहरुमा पद्मावती रावत र सुश्मिता बिक, सचिवमा संगीता चौधरी, सह–सचिवमा भेषराज पोख्रेल,कोषाध्यक्षमा निर्मला भन्डारी, सदस्यहरुमा सुमन चौधरी, अश्मिता रेग्मी, निर्मला कालाथोकी,महान मगर र सुष्मा लम्साल रहेकाछन । अखिल क्रान्तिकारी दाङका जिल्ला संयोजक गिरबहादुर महराको प्रमुख आतिथ्यतामा सम्मेलन सम्पन्न भएको थियो।

गोग्ली टेक्निकल कलेज घोराही ः

अखिल क्रान्तिकारी गोग्ली टेक्निकल कलेजको भेला प्रशिक्षण तथा सम्मेलन सम्पन्न भएको छ । भेलाले गोविन्द चन्दको अध्यक्षतामा २३ सदस्यीय कार्यसमिति चयन भएको छ । जसको इन्चार्जमा सुनिल ओली रहेकाछन भने उपाध्यक्षमा हिमाल ओली, विशाल कामी, पुर्णबहादुर डाँगी, सह–सचिवमा एकराज केसी र कोषाध्यक्षमा वचन शाही रहेकाछन । अखिल
(क्रान्तिकारी) दाङका जिल्ला संयोजक गिरबहादुर महराको प्रमुख आतिथ्यतामा सम्मेलन सम्पन्न भएको थियो।
जयशेर मा.वि.रावतगाउँ घोराही ः विद्यार्थी जनजागरण अभियान अन्र्तगत श्री जयशेर माध्यमिक विद्यालय रावतगाउँ सौडियारमा हिमांशु केसीको अध्यक्षतामा २१ सदस्यीय मुल इकाई कमिटि गठन भएको छ । जसको उपाध्यक्षमा समीर न्यौपाने, बिराज पुनमगर, हिमेश पुनमगर, समीर बुढाथोकी र सचिवमा दर्शना पुनमगर रहेकाछन । सह–सचीव राधिका वलीरहेको इकाई कमिटीमा शर्मिला खत्री,सन्तोष घर्ती मगर, कोषाध्यक्ष यादव वली, खेलकुद विभाग संयोजकमा ललित घर्ती, शैक्षिक विभागमा पारश खड्का, छात्रा विभागमा स्मृति घर्ती मगर रहेकाछन अखिल क्रान्तिकारी दाङ जिल्ला कार्यालय सदस्य गोविन्द मल्लको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

जनकल्याण मावि दुधरास तुल्सीपुर ः

अखिल क्रान्तिकारी श्री जनकल्याण मावि दुधरासमा ऋत्भ्ख्त् तर्फको भेला प्रशिक्षण तथा सम्मेलन सम्पन्न भएको छ । भेलाले कमल डिसीको अध्यक्षतामा ९ सदस्यीय पदाधिकारी सहित नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षहरुमा दिपा रोका, चित्रा बोहरा र तुलषा बोहरा रहेकाछन भने सचिवमा निकेश भण्डारी र सह–सचिवमा, नवीन केसी, शुभद्रा कार्की र कोषाध्यक्षमा ननिता बुढा रहेकाछन ।
अखिल क्रान्तिकारी तुल्सीपुर नगर समिति संयोजक बोधराज विश्वकर्माको अध्यक्षता एवं संगठनका लुम्बिनी प्रदेश समिती सचिव मदन जिएमको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालय राष्ट्रिय समितिका प्रमुख सचिव अभय प्रताव चौबे, अखिल क्रान्तिकारी दाङका संयोजक गिरबहादुर महरा,नेकपा माओवादी केन्द्र तुल्सीपुर–१८ नं. वडा सह–सचिव गिरिराज नेपाली, अखिल क्रान्तिकारी दाङका कार्यालय सदस्य गोविन्द मल्ल लगायतका अतिथिहरुले मन्तव्य राखेका थिए ।