खत्रीको श्रद्धाञ्जली सभा सम्पन्न

कमिरेचौर २६ पुस,
नेकपा(माओवादी केन्द्र) बंगलाचुली गाउँकमिटी सचिवालय सदस्य रोवर सिंह खत्रीको श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । दिवंगत खत्री निवास वडा नम्वर ८ टिकुलीदमारमा सम्पन्न श्रद्धाञ्जली सभाको प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) दाङका इन्चार्ज निर्मल आचार्यले दिवंगत रोवर सिह परिपक्व राजनैतिक कार्यकर्ता, सक्रिय समाजसेवी, इमान्दार शिक्षाप्रेमी र असल अभिभावक रहेको बताउँदै उहाँको दुःखद निधनले गाउँको धुरी खाबो ढलेको अनुभुति भएको बताउनु भयो ।

माओवादी नेता आचार्यले टिकुली दमारगाउँ र दिवंगत खत्रीले महान जनयुद्धमा निर्वाह गरेको भुमिकाको उच्च प्रसंशा गर्दै दिवंगत खत्री प्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो । बंगलाचुली गाउँकमिटीको आयोजनामा सम्पन्न खत्रीको श्रद्धाञ्जली सभा विशिष्ट अतिथि (माओवादी केन्द्र) दाङका संयोजक तथा बंगलाचुली गाउँपालिका अध्यक्ष तुलसीराम पुन (सुवास),गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसी,बंगलाचुली गाउँपालिकाका प्रवक्ता शोभाराज विश्वकर्मा,बंगलाचुली गाउँपालिका वडा नम्वर ८ का अध्यक्ष झविन्द्र बहादुर गाँहा, कला साहित्य तथा संस्कृत बिभागका केन्द्रिय सदस्य राम प्रसाद जैशी,नेकपा माओबादी केन्द्रका लुम्विनि प्रदेश सल्लाहकार फनाधर बुढा,प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य पुरन शर्मा,नेकपा माओबादी केन्द्र घोराही नगर सचिवालय सदस्य दोर्ण बेल्बासे, नेपाल राष्ट्रिय बुद्धिजिवी संगठन घोराही नगर सचिव श्यामलाल मल्ल लगायतले श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्नुभएको थियो ।

माओवादी गाउँपालिका कमिटी अध्यक्ष डोमाकान्त कंवर मगरको अध्यक्षता र गाउँकमिटी उपाध्यक्ष गिररा बाँठाको संन्चालनमा श्रद्धान्जली सभा सम्पन्न भएको थियो ।

यसै वीच दिवंगत खत्रीको परिवारले दुईवटा विद्यालयमा अक्षयकोष स्थापना गरेको छ । सरस्वती प्रावी टिकुली दमार र सरस्वती मावी जवरकोटमा अक्षयकोष स्थापना गरिने बताएको छ । दिवंगत रोबर सिँह खत्रीका वुवा, श्रीमती, दुई छोरा हुनुहुन्छ ।