दाङ, एमाले नेता नेत्रलाल अभागीको ७९ औं जन्मजयन्तीको अवसरमा अनेरास्ववियु दाङले आयोजना गरेको मैत्रीपूर्ण खेलमा अखिल )क्रान्तिकारी) ले उपाधि जितेको छ । जिल्लामा क्रियाशिल विद्यार्थी संगठनहरु बीच मैत्रीपूर्ण फुटवल प्रतियोगितामा अखिल (क्रान्तिकारी) ले उपाधी हात पारेको हो । अनेरास्ववियुका कार्यबाहक अध्यक्ष गणेश खड्काको अध्यक्षत्तामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका महासचिव शंकर पोख्रेलले विद्यार्थीहरुका लागि नेत्रलाल अभागी आदर्श नेता भएको चर्चा गर्नुभयो ।
प्रतियोगितामा आयोजक अखिल,क्रान्तिकारी विद्यार्थी संगठन, नेवि संघ, क्रान्तिकारी विद्यार्थी संगठन विप्लबको सहभागिता रहेको थियो । जसमा क्रान्तिकारी विद्यार्थी संगठन प्रथम बनेको छ । पहिलो खेलमा नेविसंघ अनेरास्ववियुलाई १ का विरुद्द २ गोलले बिजयी हुँदै फाइनल प्रबेश गरेको थियो भने दोश्रो खेलमाअखिल (क्रान्तिकारी) अखिल (क्रान्तिकारी) विप्लवलाई १ का विरुद्द ४ गोलले बिजयी हुदै फाइनल प्रबेस गरेको थियो।
४ टीम सहभागी प्रतियोगितामा नेवि संघले आयोजक अखिललाई र क्रान्तिकारी विद्यार्थी संगठनले विप्लव विद्यार्थी संगठनलाई हराएर फाइनल खेल भएको थियो । जसमा क्रान्तिकारी विद्यार्थी संगठन फाइनलमा नेविसंघलाई ० का बिरुद्द ५ गोलले बिजयी भएको हो ।