जाजरकोटको नलगाड नगरको उपमेयर र मोरङको ग्रामथान पालिका अध्यक्षमा माओवादी विजयी

मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रबाट नमोनारायण माझी विजयी भएका छन् । माझीले ६९६९ मतका साथ कांग्रेसका बलराम सरदार थारुलाई पराजित गरेका हुन् ।थारुले ५३३३ मत ल्याएर दोस्रो भए । यहाँ एमालेका तुलसीराम विश्वासले ४१५९ मन ल्याएका छन् । ग्रामथानमा यसअघि २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका जयप्रकाश गच्छदार थारु विजयी भएका थिए ।
त्यस्तै जाजरकोटको नलगाड नगरपालिकाको उपमेयरमा माओवादी केन्द्रका उम्मेदवार देवका लामिछानेले उपमेयरमा विजयी हुनु भएको छ । यस अघि त्यहाँ पनि कांग्रेसको उम्मेदवारले विजय हासिल गरेको थियो । देवका लामिछानेले ४२७२ मत पाएर विजयी हुँदा कांग्रेसकी इन्द्रा चन्द सिंहले ३१४७ मत मात्रै पाइन् । एमालेकी सुनिता बोहराले २५४२ मत ल्याइन् ।