दाङ,बंगलाचुली गाउँपालिकाले आगामी फागुन १ गते (जनयुद्ध दिवस) मा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गाउँ कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको प्रवक्ता शोभाराज विश्वकर्माले जानकारी दिएका छन्।
विश्वकर्माका अनुसार,गाउँपालिकाले बंगलाचुलीका सबै सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा विदा दिने घोषणा गरेको छ। कार्यालयले यस सम्बन्धमा सूचना जारी गर्दै उक्त दिन सार्वजनिक बिदा हुने जानकारी दिएको छ।
गाउँपालिका अध्यक्ष तुल्सिराम पुनमगरले जनयुद्ध दिवसलाई सामाजिक न्याय, समानता र समावेशी विकासको प्रेरणाको स्रोतका रूपमा लिनुपर्ने आवश्यकता औंल्याएका छन्। उनले जनयुद्धलाई उत्पीडित वर्गहरूको मुक्तिको आन्दोलनको रूपमा बुम्ःन र यसको महत्वलाई समाज रूपान्तरण र समावेशी विकासका दृष्टिकोणबाट स्वीकार गर्नुपर्ने कुरा बताएका छन ।
जनयुद्ध दिवस नेपालका ऐतिहासिक घटनाहरू मध्ये एक हो, जसले देशको राजनीतिक परिप्रेक्ष्यलाई परिवर्तन गर्यो र संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता, र समानुपातिक प्रतिनिधित्व जस्ता महत्वपूर्ण परिवर्तनहरू ल्यायो।
