नेकपा माओवादी केन्द्रका अध्यक्ष‘प्रचण्ड’ले आफू जीवित रहँदासम्म नेपालमा पुनः राजतन्त्र फर्काउने सपना पूरा गर्न नदिने बताउनु भएको छ ।
तराई–मधेश जागरण अभियान अन्तर्गत शनिबार चितवनको भरतपुर महानगरपालिका–२३ कसरा चोकमा आयोजित सभालाई सम्बोधन गर्दै उहाँले अहिलेकै संविधानलाई सफल बनाउने र राजतन्त्रलाई परास्त गरिरहने बताएका हुन् ।
‘हामीले सम्पूर्ण रुपमा परास्त गर्ने छौँ,’ उनले भने–‘हामीले हाम्रो जीवनकालमा संविधानलाई सफल बनाउनु छ ।’
उहाँले सरकार भ्रष्टाचारमा लागेकोले प्रतिक्रियावादीहरू सक्रिय भएको लगाउनु भएको छ ।
उहाँले नेपालको वर्तमान संविधानलाई अझ बलियो बनाएर कार्यान्वयनमा जानका लागि कार्यकारी राष्ट्रपति प्रणालीमा जानुपर्ने बताउनु भयो ।
अध्यक्ष प्रचण्डले माओवादीलाई विचौलियाले सरकारबाट बाहिर ल्याएको पनि लताउनु भयो ।
‘विचौलियाले अनेक प्रपञ्च गरेर हामीलाई सरकारबाट बाहिर पठाए । तर बाहिर आउँदा जनताले हामी प्रति जनताले नयाँ अनुभूति लिन थालेको पाएको छु,’ उहाँले भन्नुभयो–‘केन्द्रीय समितिको बैठकले गम्भीर समीक्षा गरेर हामीलाई लागेको उपचार डाक्टरले गर्न सक्दैन । हामीलाई लागेको रोगको डाक्टर जनता हो भन्ने संकल्प सहित जनतामाझ आयौँ ।’
जनतासँगको सम्बन्ध कमजोर भएपछि यथास्थितिलाई तोड्न जागरण अभियान सुरु गरेको प्रचण्डको भनाइ छ ।
‘जनतासँगको हाम्रो सम्बन्ध कमजोर भएपछि जालीझेली फस्टाउँदै गए । तर यथास्थितिलाई तोड्नै पर्छ भने हुलाकी मार्ग केन्द्रित तराई–मधेश जागरण अभियान सुरु ग¥यौँ’ उहाँले भन्नुभयो ।
