खेमराज न्यौपाने विजौरी,
सामाजीक काम र राजनीतिसँगै कृषि पेशामा रमाइरहेका तुलसीपुर– १७ का तुलाराम भण्डारीले आफ्नै गाउँमा व्यावसायिक पशुपालनसँगै कृषि व्यवसायमा लागेर आत्मनिर्भरताको बाटोमा अघि बढिरहेका छन । भण्डारीले अहिले घरमा ६ वटा दुनो भैंसी पालिरहेका छन । उनले दैनिक ५५ देखि ६० लिटर दुध विक्री गदैं आइरहेकाछन । उनले आफनो ६ कठ्ठा क्षेत्रफलको जमिनमा व्यावसायिक केरा खेती पनि गदैं आइरहेकाछन । केरा उत्पादनसँगै माछापालन पनि गर्दै आएका भण्डारीले आफनो कृषि पेशालाई बहुआयामिक बनाउँदै लगेकाछन ।
निकट भविष्यमा डेरी सञ्चालन गर्ने र भैंसीको गोवर मलबाट प्राङ्गारिक मल उत्पादन गरि आफनो व्यवसायिक कर्मलाई अझ फराकिलो बनाउने र मासुका लागि पाडा–पाडीको उत्पादनलाई पनि बढाउने योजना र उदेश्य राखेको भण्डारी बताउँछन । पशुपालनसँगै स्थानीय किसानलाई मल,सीप र उत्पादन प्रविधिमा सहकार्य गर्ने लक्ष्य राखेको उनी बताउँने गर्छन् । उनका बारीमा फस्टाएको केरा,पोखरीमा पौडिरहेका माछा र गोठमा दुध दिइरहेका भैंसीहरूले प्रमाणित गरेकाछन कि तुलाराम एक परिश्रमिक युवा किसान हुन जसले श्रम गरेर अरुलाई प्रेरित गरिरहेकाछन्। तुलाराम भण्डारीको अहिले भाषण र गफ भन्दा बढी खेतबारी र गोठमा पसिना पोख्याउनमा समय खर्च गर्ने गर्छन । उत्पादनमा आधारित राष्ट्र निर्माणको सपना बोकेका भण्डारीले आफूलाई आत्मनिर्भर उत्पादनकर्ताको नमूना पात्र बनाउदै लगेकाछन् ।


