अप्राकृतिक गठबन्धनको वास्तविकता उजागर हुँदै ःअध्यक्ष प्रचण्ड

माओवादी अध्यक्ष प्रचण्डले वर्तमान सरकार दलाल र बिचौलियाको स्वार्थमा चलेको बताउनु भएको छ ।
प्रचण्डले अप्राकृतिक गठबन्धनको चरित्र लोकले नै लाज मान्ने गरी उजागर भएको बताउनु भयो।
प्रचण्डले सरकार सुशासनको पतनतर्फ उन्मुख भएको भन्दै चिन्ता व्यक्त गदैं सोमबार संसदमा विशेष सम्बोधन गर्दै प्रचण्डले सो कुरा बताउनु भयो ।
अध्यक्ष प्रचण्डले संसदमा भने,‘तपाईंहरूले सरकार बनाउने क्रममा जे तर्क दिनुभयो, त्यसपछाडि रहेको निहित स्वार्थ लोकले नै लाज मान्ने गरी उजागर भइसकेको छ।’ उहाँका अनुसार अर्बौंको चलखेल उल्ट्याउन र सेटिङ भत्काउन खोज्दा बनेको अप्राकृतिक गठबन्धन स्वयंले आफ्नो चरित्र प्रकट गरिसकेको छ।

उहाँले धितोपत्र बोर्ड, भुटानी शरणार्थी काण्ड, जग्गा घोटाला,विद्युत् बक्यौता मिनाहा,भूमाफिया संरक्षण तथा सरुवा–नियुक्तिमा हुने लाखौँका डिलहरू जस्ता घटनाहरूको उदाहरण दिँदै, सरकार नियामक संस्थामाथि समेत बिचौलियाको इसारामा काम गरिरहेको गम्भीर आरोप लगाए ।
स्टक एक्सचेन्जको नयाँ लाइसेन्स वितरण प्रक्रिया र सुरक्षा निकायको हतियार खरिद जस्ता विषयमा भइरहेको चलखेल प्रति चिन्ता व्यक्त गर्दै उहाँले सरकार पारदर्शिता र मापदण्ड अनुसार अघि बढ्न तयार छ कि छैन भन्ने प्रश्न समेत उठाए ।
सम्बोधनको क्रममा अध्यक्ष प्रचण्डले भने ‘सरकार कमिसन डिल र दलालको निर्देशनमा चल्ने प्रवृत्तिमा लागेर सुशासनको पूर्ण पतनतर्फ उन्मुख भएको छ, जुन लोकतन्त्रका लागि खतरनाक संकेत हो।