आयुर्वेद चिकित्सालय सेवामा सकस

गिरिराज नेपाली,विजौरी दाङ, कुनै समय बिरामी कुरेर बस्ने प्रादेशिक आयुर्वेद चिकित्सालयले अहिले बिरामी आफैले उपचारका लागि पालो कुर्नु पार्ने बाध्यता छ। सधै जसो सुनसान देखिने आयुर्वेद चिकित्सालय बिजौरी अहिले बिरामीले भरिभराउ छ। कहिले काँही गाउँका बिरामी मात्रै झुल्किने चिकित्सालयमा अहिले टाढा–टाढा बाट मान्छेहरु भित्रिरहेका छन् ।
चिकित्सालयमा लुम्विनी प्रदेशको पूर्वमा रुपन्देही, गुल्मी पश्चिममा बर्दिया,कर्णाली प्रदेशको सल्यान, रुकुम पश्चिम, दैलेख,सुर्खेत र सुदुरपश्चिम प्रदेशको धनगढीसम्मका बिरामी उपचारका लागि आउने गरेको चिकित्सालयको प्रशासनिक ‘रेकर्ड’ उल्लेख छ।हातमा बिरामी पुर्जा लिई चिकित्सालयको प्राङ्गणमा भेटिएकी कपिलवस्तुकी अस्मिता शर्मा भन्नुहुन्छ–‘पहिला बिरामी कुर्ने चिकित्सालय,अहिले बिरामीले पालो कुर्नु पर्ने भयो ।’ स्वास्थ्य उपचार सेवा फेरिदै जाँदा चिकित्सालयको अवस्था नै फेरिएको सुनाउनु भयो । न्युनतम शुल्कमा प्रादेशिक चिकित्सालयमा स्तरीय आयुर्वेद पद्धतिको सेवा पाउँदा सर्वसाधारणहरु राहतको महशुस गरिरहेका छन् ।
तुलसीपुर उप महानगरपालिका वडा नं.८ निवासी अर्जुन चौधरी पनि उपचारका लागि चिकित्सालय आउँनु भएको छ ।सस्तो शुल्कमा स्तरिय सेवा प्रादेशिक आयुर्वेद चिकित्सालयमा पाउँदा उपचारका लागि ऋण होईन, राहत थपिएको सुनाउनु भयो । अन्य स्वास्थ्य संस्थाहरुमा पनि यस्तै सेवा,यस्तै शुल्कमा पाउने भए सर्वसाधारणहरुलाई राज्यले धेरै लगानी गरेको महशुस गर्न पाउने उहाँको भनाई छ । उहाँले भन्नुभयो– ‘पहिले बन्द जस्तै देखिने चिकित्सालय अहिले बिरामीको आईरो छ।’
सर्वसाधारणहरुको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै सरकारले विषेशज्ञ जनशक्ति र संरचना मर्मत सम्भार गरे सँगै चिकित्सालयको सेवाप्रवाह फेरिदै गइरहेको चिकित्सालय प्रमुख डा.प्रवेश श्री
वास्तको भनाई रहेको
छ। चिकित्सालयमा अहिले दैनिक एक सय ५० बढि बिरामीहरु स्वास्थ्यउपचार सेवा लिइरहेका छन् । ३० बेड क्षमता रहेको प्रादेशिक आयुर्वेद चिकित्सालयमा ३५ जनाको जनशक्ति रहेको छ । जनशक्ति अभाव बढ्दै जादाँ सेवाको स्तरको अवस्था खस्किदै गईरहेको छ ।
चिकित्सालयमा प्रदेशकै नमूना सेवा संचालन गरे पनि संरचना र जनशक्ति अभावका कारण विरामीले समय कुराउनुपर्ने बाध्यता रहेको चिकित्सालय प्रमुख डा। श्रीवास्तको भनाई रहेको छ । उहाँले थप्नुभयो– ‘जनशक्ति र संरचना सीमति छन्,विरामीको असीमित संख्यामा बढ्दै गईरहेको छ।’ चिकित्सालयले भारतमै पाईने सेवा दाङमा संचालन गरेको जानकारी समेत दिनुभयो। चिकित्सालयले न्यूनतम शुल्कमा पंचकर्म, बालरोग, नाक, कान, घाँटी,मानसिक रोग, स्त्री–रोग,जीवनशैली परामर्श शल्य सेवा आयुर्वेद पद्धतिबाट संचालन गरिरहेको छ। तर दरबन्दी हेरफेर नहुँदा उपचार समस्या उत्पन्न भईरहेको उहाँको भनाई छ। उहाँले भन्नुभयो– ‘दरबन्दी व्यवस्थापनको अभाव चुलिदै गईरहेको छ।’ हाल केन्द्रीय आयुर्वेद विद्यापिठसँगको सम्झौतामा आवश्यक विशिषज्ञ सेवा संचालन गरिरहेको उहाँको भनाई छ। जनशक्ति सँगै चिकित्सालयले संरचना निर्माणको समेत अभाव व्यहोरी रहेको छ ।
‘आफ्नै औषधी उत्पादन केन्द्र’प्रादेशिक आयुर्वेद
चिकित्सालयले सर्वसाधारणको स्वास्थ्य उपचार मध्येनजर गर्दै चिकित्सालय हाता मै औषधी उत्पादनको तयारी गरेको छ।औषधी उत्पादनका लागि संरचना निर्माणको काम भइरहेकाले आगामी आर्थिक वर्षदेखि चिकित्सालयले नै औषधी उत्पादन गरी औषधी खरिदमा अझ सहजता थप्न लागेको चिकित्सालय प्रमुख डा.प्रवेश श्रीवास्तले बताउनु भयो । संरचना निर्माणको काम सकिए लगत्तै औषधी उत्पादनको काम गरिने तयारीमा चिकित्सालय रहेको छ। जसका लागि स्थानीय जडिबुटी र जनशक्तिको खपत गर्न सकिने सम्भावना देखिन्छ । खोजेको उहाँको भनाई छ ।