यस्तो छ, घोराही–तुल्सीपुर फोरलेन योजनाको हालखबर

गिरिराज नेपाली घोराही,
निर्माणाधीन अवस्थामा अलपत्र परेको घोराही–तुलसीपुर फोरलेन सडक निर्माणको काम शुुरु भएको छ । २०७५ पुस १३ गतेदेखि निर्माण शुरु गरी २०७८ असार मसान्तसम्म सक्ने गरी भारतीय निर्माण तथ्य इञ्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्टले १ करोड २१ लाख ८२ हजार अमेरिकी डलरमा तर निर्माण कम्पनीले तोकिएको समयसम्म पनि फोरलेन निर्माणको काम गर्न नसक्दा २०८० जेठमा उक्त ठेक्का सम्झौता रद्द गरी नयाँ ठेक्का आव्हन गरेको थियो ।
निर्माणाधीन अवस्थामा अलपत्र बनेको घोराही–तुुलसीपुर फोरलेन सडक निर्माण सम्झौता रद्दसँगै निरास बनेका सर्वसाधारणहरु सडक निर्माणका लागि नापजाँच गर्न प्राविधिकहरु सडकमा झुल्किदा अलपत्र फोरलेन सडक अब बन्छ कि भन्ने आशा फेरि बटुलेकाछन् । तुलसीपुर उपमहानगरपालिका वडा नं.१८ दुधरास निवासी समाजसेवी पूर्ण डाँगीले भन्नुुभयो– ‘ठेकेदारले अलपत्र पारेको फोरलेन सडक सरकारले पनि अलपत्र पार्ने भयो भन्ने लागेको थियो तर सरकारले आफ्नै लगानीमा सडक बनाउन अहिले घोराही–तुलसीपुर सर्भेका लागि प्राविधिक खटाउँदा सडक बन्छ कि भन्ने आशा पलाएको छ।’ तत्कालिन फोरलेन निर्माण आयोजना सहित भारतीय निर्माण कम्पनीले फोरलेन निर्माणका लागि पेटी ठेक्कामा काम लगाउँदा घोराहीदेखि तुुलसीपुरसम्म निर्माणका नाममा खाल्टा खन्ने काम मात्रै हुँदा उक्त खाल्टामा मर्मत सम्भार पछि सर्वसाधारण नागरिकले केही राहतको महशुस गरेपनि सडक वरिपरि निर्माणमा नाममा सडक काट्दा दुुःख अझै झेल्नुु परिरहेको डाँगीको भनाई छ । उहाँले थप्नुुभयो–‘फोरलेनले चाँडै बने दाङले मुहार फेथ्र्याे ?’फोरलेन निर्माणका लागि भारतीय एक्जिट बैंकले सशर्त अनुुदानका लागि करोडौं अमेरिकन डलर सहयोग गरेपनि निर्माण कम्पनीले फोरलेन सडक निर्माणको जिम्मा तुुलसीपुर निवासी तत्कालिन मेयर धनश्याम पाण्डेका छोरा अनुुप पाण्डेलाई जिम्मा दिएको थियो । पाण्डेले जिम्मेवारी लिदा तत्कालिन फोरलेन सडकको काम ६ प्रतिशत मात्रै सम्पन्न भएको थियो । पाण्डेले जिम्मेवारी पुुरा गर्न नसक्दा भारतीय निर्माण कम्पनी तथ्य इञ्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्टका प्रतिनिधि अनुप पाण्डेले सम्झौता रद्द गरी तथ्यकै प्रतिनिधिका रुपमा काम गर्न शिवपुरी निर्माण कम्पनीलाई जिम्मेवारी हस्तान्तरण गरिएको थियो । उक्त कम्पनीसँग०७८ भदौ २९ गतेदेखि काम शुरु गर्ने गरी सम्झौता गरियो । तर उक्त कम्पनीले पनि काम गर्न नसक्दा झण्डै २बर्षपछि नेपाल सरकारले भारतीय निर्माण कम्पनीसँगको सम्झौता रद्द गरी नयाँ ठेक्का आव्हन गरी काम सुचारु गरेको छ ।

३६ महिनामै फोरलेन
तत्कालिन आयोजना र ठेकेदार कम्पनीले फोरलेन आयोजना निर्माणका लागि सडकको दुुबै तर्फ कटान मात्रै होईन, केही सडक छेउछाउको रुखहरु पनि कटान गरेका थिए ।जसमा सर्भे नापजाँचको काम सहित फोरलेन सडकनिर्माणको डिजाईन समेत तयारी गरिएको थियो । तर सडक तयार हुन सकेन । नेपाल सरकारले घोराही डिके पेट्रोल पम्पदेखि तुलसीपुरको हात्ती खौवासम्म २१.५८ किलोमिटर मिटर फोरलेन सडक अबको ३६ महिनासम्म सम्पन्न गर्ने गरी काम सुरु भएको सडक डिभिजन दाङका डिभिजन प्रमुख दिपेन्द्र बहादुर बिष्टले बताउनुु भयो । डि.बि.एम.अक्सपाल प्रविधिको गुणस्तरीय सडक निर्माण गर्ने गरी २ अर्व २४ करोड ५६ लाख ३९ हजार एकसय ३४ रुपैयाँ २० पैसाको लगातमा श्री दिवा–बन्दन भगवती जे.भी. बानेश्वर काठमाण्डौले निर्माणको जिम्मा लिएको छ। निर्माण कम्पनीले हाल सर्भेको काम सुरु गरेकाले सर्भेको काम सकिए लगत्तै माटो फिलिङ र सडक कटिङ्को काम थालनी हुुने डिभिजन प्रमुख बिष्टले जानकारी दिनुु भयो । कालोपत्रेको चौडाई चार लेन सहित सडकको ३० मिटर दायाबाँया चौडाई रहने बिष्टले जाानकारी दिनुु भयो । नेपाल सरकार र निर्माण कम्पनी बीच ०८२ असार २४ गते ठेक्का सम्झौता भई श्रावणको दोस्रो हप्तादेखि काम सुरु भएको सडक डिभिजन दाङले जनाएको छ ।