खेमराज न्यौपाने, तुलसीपुर, दाङ नेपाल नेत्र ज्योति संघ अन्तर्गत सञ्चालित राप्ती आँखा अस्पताल र यसका सहायक केन्द्रहरूले आर्थिक वर्ष २०८१÷८२ मा करिब २ लाख ९० हजार ६ सय ९१ जनालाई आँखा उपचार सेवा उपलब्ध गराएका छन् । दृष्टि स्वास्थ्यको पहुँच विस्तार गर्दै ग्रामीण तथा दुर्गम क्षेत्रका जनतालाई सेवा पु¥याउन सक्रिय यी संस्थाहरूले परामर्श, परीक्षण,चश्मा वितरणदेखि शल्यक्रिया र विशेषज्ञ सेवा प्रदान गरेकाछन् ।
राप्ती आँखा अस्पताल रक्षाचौरका सूचना अधिकारी बलराम खड्काका अनुसार, एक वर्षको अवधिमा ८२ हजार ७ सय ८८ जनाको प्रारम्भिक परीक्षण गरिएकोमा २२ हजार ९ सय ५२ जनालाई चश्मा आवश्यक देखिएको बताउनु भयो । अस्पतालको सेवा विवरण अनुसार,राप्ती आँखा अस्पतालले ६१ हजार ५ सय ४२, लमही आँखा अस्पतालले १८ हजार ९२ र छन्द नारायणी आँखा अस्पतालले ९१ हजार ८३ जनालाई सेवा प्रदान गरेको सूचना अधिकारी खड्काले बताउनु भयो ।
अन्य केन्द्रहरूले पनि महत्वपूर्ण सेवा पु¥याएका छन् । कोइलाबासले २ हजार ७ सय ६६,कृष्णनगरले ५ हजार १ सय २०, सुलिचौरले ३ हजार १ सय ५०,गढवाले ३ हजार ८ सय ५२ लगायत राप्ती आँखा अस्पताल अन्र्तगतका आँखा केन्द्रहरूले हजारौंलाई सेवा दिएकाछन् ।
त्यसैगरी शल्यक्रिया सेवातर्फ, विभिन्न शिविरहरूमा २ हजार ९ सय १८ तथा नियमित सेवा अन्तर्गत १५ हजार ७ सय ३७ जनाको शल्यक्रिया गरिएको बताइएको छ । यस बाहेक, अन्य शल्यक्रियात्मक सेवाबाट ६ हजार २ सय ९८ जनालाई सेवा दिइएको जानकारी सुूचना अधिकृत बलराम खड्काले दिनुभयो । साथै,कान सम्बन्धी उपचार सेवा पनि विस्तार गर्दै राप्ती आँखा अस्पतालले २ हजार ८ सय ९६, लमही अस्पतालले ९ हजार १ सय २० र छन्द नारायणीले २ हजार ७ सय ५५ जनालाई सेवा दिएको छ । विशेषज्ञ सेवा राप्ती अस्पतालमा जलविन्दु (ग्लाउकोमा),लमहीमा मेडिकल रेटिना र छन्द नारायणीमा ओकुलोप्लास्टी सेवा सञ्चालनमा छन । निकट भविष्यमा सर्जिकल रेटिना सेवा तथा ड्राइ आइ थेरापी (सुख्खा आँखा उपचार) सुरु हुने तयारीमा राप्ती आँखा अस्पताल रहेको छ।
आँखा अस्पतालको सेवा प्रति नागरिकको सन्तुष्टि पनि उल्लेख्य देखिन्छ । तुलसीपुरकी विष्णा जैसी र बबईकी गोमा बस्नेतले अस्पतालको गुणस्तरीय सेवा प्रति सन्तुष्टि व्यक्त गर्दै नियमित उपचारका लागि राप्ती आँखा अस्पतालको भरपर्ने गरेको बताउनु भयो । दृष्टि स्वास्थ्यलाई जनताको पहुँचमा पु¥याउँदै आएको राप्ती आँखा अस्पताल तथा यसका शाखाहरूले विशेषज्ञ सेवाको विस्तार र गुणस्तरीय उपचार मार्फत समाजमा दृष्टि सुधारको अभियानलाई सबल र जनमुखी बनाउँदै लगेकोदेखिन्छ । का छौं ।


