सरकारको स्वेच्छाचारी भयो,प्रतिवाद हुन्छ ः माओवादी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले सरकारको स्वेच्छाचारी कदमविरुद्ध प्रतिवाद गर्ने निर्णय गरेको छ । मंगलबार बसेको पार्टीको पदाधिकारी बैठकले सरकारको स्वेच्छाचारी प्रवृत्ति विरुद्ध प्रतिवाद गर्ने एक मात्र निर्णय गरेको पार्टी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिनुभयो ।
बैठकको सशरुमै अध्यक्ष प्रचण्डले सरकारले प्रमुख प्रतिपक्ष लगायत विपक्षमा भएका दल र त्यसका नेताहरुविरुद्ध नियोजित तरिकाले गरिरहेको प्रतिशोधपूर्ण व्यवहारका बारेमा जानकारी गराउनु भएको थियो ।
सरकारको स्वेच्छाचारी प्रवृत्ति विरुद्ध प्रतिवाद गर्न प्रतिपक्ष दलसँग संवाद गर्ने र त्यसको तयारीका लागि आजको बैठक स्थगित गरिएको सापकोटाले जानकारी दिनुभयो ।
प्रवक्ता सापकोटाले भन्नुभयो, ुसरकारको स्वेच्छाचारी प्रवृत्तिविरुद्ध प्रतिवाद गर्ने निर्णय भएको छ । जनतालाई सिटामोल नभएको बेलामा काँग्रेस एमालेले पद् भागबण्डा गरिरहेका छन् । भ्रष्टाचार नियन्त्रण, सुशासन कायम गर्नुपर्नेमा सरकार त्यसको संरक्षण गरेर विपक्षी दलप्रति आक्रमक भएको छ । यसको प्रतिवाद गरिनेछ ।ु
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विपक्ष दल र सत्तारुढ दलकै कतिपय नेताहरुसँग आज अनौपचारिक संवाद थाल्नु भएको स्रोतको भनाइ छ ।