गिरिराज नेपाली,घोराही भाद्र ६
जिल्ला प्रहरी कार्यालय दाङमा आर्थिक वर्ष २०७६÷०७७ देखि २०८१÷०८२ सम्म लागूुऔषध सम्बन्धि ३ सय ४९ मुद्दा दर्ता भएका छन्। जसमा ६ सय ७२ जना अभियुक्त रहेका छन् । प्रहरीको तथ्याङ्क ले प्रयोग कर्ताको संख्या बढेसँगै लागुू औषधको दुव्र्यसनको घटना र कारोवारकोस्तर पनि बढेको जनाउ दिन्छ। भारतसँगको खुल्ला सीमा र छिमेकी जिल्ला बाँकेमा रहेको प्रमुख व्यापारीक भन्सार जमूना नाका भौगोलिक रुपमा नजिक रहेकाले लागू औषधको समस्या जटिल बन्दै गइरहेको छ ।
दाङको दक्षिणमा भारत र उत्तरमा पहाडी जिल्लाहरु सँग जोडिएकाले पनि दाङ लागू औषध कारोवार र कारोवारीका लागि व्यापारी जिल्लामा अर्थात ‘ट्रान्जिट प्वाईन्ट’का रुपमा प्रयोग हुने र प्रयोग कर्ताले लागू औषध ओसार पोसार गर्ने भएकाले लागुू औषधका घटनाको स्थिति भयावह रुपमा देखिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक चक्रबहादुर शाहीले बताउनुु भयो । प्रयोगकर्ता भेटिएपनि प्रयोगकर्ताले लागुू औषधको ठूला कारोवारी खुुलाउन नमान्दा कारोवारी फेला पार्न नसकेको उहाँले भनाई छ । उहाँले भन्नुुभयो–‘लागुू औषध लगानी कर्ता देखिदैनन्,ओसारपोसार गर्ने पनि भेटिदैनन्, प्रयोग कर्ता भेटिन्छन उनले कारोवारी खुलाउँदैनन् ।’जसका कारण कारोवारी सम्म प्रहरी पुग्न नसक्दा लागुू औषधको समस्या जटिल बनिरहेको छ । आर्थिक प्रलोभन सहित प्रयोग कर्तादेखि सार्वजानिक यातायातमा काम गर्ने चालकदेखि सह–चालकहरुलाई कारोवारीहरुले लागू औषध ओसारपोसारमा संलग्न गराउने गरेको केही तथ्यहरु प्रयोग कर्ताहरुले खुलाउने गरे पनि लागू औषधको व्यापारी धन्दामा लागेका व्यापारीहरु भने प्रयोग कर्ताले नै पहिचान गर्न नसक्दा यस्तो समस्या देखिएको पाइन्छ ।
‘आर्थिक मोह’ ः
लागू औषध दुव्यर्सनको घटनामा सीमा बाहिर रहेकाले व्यापारीहरुले प्रयोगकर्तादेखि अन्य विपन्न नागरिकहरुलाई निश्चित रकमको मोह देखाउदै प्रयोग कर्तासम्मको पुु¥याउने गरेको पाइछ । जसमा सामान्य प्रयोग कर्तादेखि अध्ययन वा अन्य शिलशिलामा दाङमा बसोबास गर्दै आइरहेकाले सार्वजनिक यातायातमा काममा मजदुुरहरु व्यापारीहरुले प्रयोग गर्ने गरेको प्रहरी नायवउपरिक्षक शाहीले बताउनुु भयो । उहाँले भन्नुुभयो–‘पैसाको लोभमा प्रयोग हुने गरेकाले छन् । तर ती व्यक्तिले सामान कस्को भन्ने कहिले नखुलाउँदा समस्या बल्झिरहेको छ । ’
‘सिमकार्डको दुुरुपयोग’ः सीमा बाहिरबाट व्यापार गर्ने लागुूऔषध कारोवारीले सीमा बाहिरैकै सिमकार्ड प्रयोग गरे पनि सीमा भित्रका सप्लार्र्यहरुले भने आफ्नो भन्दा अरुकै नामका सीमकार्ड प्रयोग गर्दा सीमा भित्रका कारोवारी फेला पार्न समस्या देखिएको पाइन्छ । साना बालबालिका हरु देखि मजदुरसम्मको प्रयोग त्यसमा पनि कारोवारीले प्रयोग गर्ने सामाजिक संजालदेखि अन्य सम्पर्क नम्वरसम्मको गलत कागजात प्रयोग गरी अर्कैको सीमकार्ड दुुरुपयोग गरी कारोबार गर्ने गरेको प्रहरी नायव उपरिक्षक शाहीको भनाई छ।जसले गर्दा पनि कारोवारी नभई प्रयोग कर्ता मात्रै फेला परिरहेको छ । सस्तो र सिमकार्ड निकाल्ने प्रक्रिया सजिलो भएकाले लागूु औषधका घटना नियन्त्रण र न्युनीकरणमा समस्या भइरहेको उहाँको भनाई छ ।
महिला प्रयोगकर्ता बृद्धि ः
पछिल्लो समय पुुरुषमात्रै होईन लागु औषध प्रयोगकर्ताका रुपमा किशोरी र महिलाहरुको सख्यामापनि बृद्धिदर बढ्दै गइरहेको छ । महिला प्रयोगकर्ताको थपिदै जादाँ कारोवारीहरुले भरियाका रुपमामहिलाहरु प्रयोगगर्ने अवस्था पनि बढ्दै गइरहेको छ । महिलाहरुको प्रयोगले कारोबारी लुक्ने र प्रमाण भेटाउन अप्ठ्यारो हुने गर्दा महिलाको प्रयोग हुने गरेको प्रहरी नायव उपरिक्षक शाहीको भनाई छ । खास गरी पहाडी क्षेत्रबाट बाहिरिने कच्चा पदार्थमा महिलाहरु बढि प्रयोग हुने गरेको शाही बताउनुु हुन्छ ।
