दाङ । नारायणपुर उद्योग वाणिज्य संघले भाद्र २४ गते जेनजी प्रदर्शनका क्रममा उद्योग वाणिज्य संघमा भएको तोडफोड र आगजनीको भर्त्सना गरेको छ । आज आइतबार एक विज्ञप्ति जारी गरी संघले तोडफोड र आगजनीको भर्त्सना गरेको हो ।
नारायणपुर उद्योग वाणिज्य संघ लगायत अन्य संघ संस्थाहरूमा तोडफोड तथा आगजनीबाट पर्न गएको क्षतिप्रति नारायणपुर उद्योग वाणिज्य संघ अत्यन्त दुःख प्रकट गर्दछ साथै सम्बन्धित निकायलाई गम्भीर ध्यानाकर्षण गराउन चाहन्छ । यस्ता किसिमका उछृङ्खल तथा गैरजिम्मेवारी ‘गतिविधिले सिङ्गो समाज,उद्योगी,व्यवसायी साथै श्रमजीवी व्यक्तिहरू लगायत सिङ्गो देशको आर्थिक गतिविधिमा बाधा पुऱ्याउने भएकोले आन्दोलनका नाममा निजी सम्पत्ति,व्यवसाय र संघसंस्थामा तोडफोड तथा आगजनी गर्नेगराउने कार्यको अविलम्ब छानबिन गरी दोषीलाई कारवाही गरियोस् । आन्दोलनका नाममा उद्योगी व्यवसायीहरूलाई व्यवसाय सञ्चालनका लागि शान्ति सुरक्षाको प्रत्याभूति दिलाईयोस् । आन्दोलनका कारण प्रभावित भएका व्यवसाय तथा संघसंस्थाको उचित क्षतिपूर्ति व्यवस्था गरियोस् भनी सम्बन्धित निकायलाई जिम्मेवार भूमिका निभाउन हार्दिक अनुरोध गर्दछौँ । जारी विज्ञप्तिमा उल्लेख छ ।
संघका अध्यक्ष अनिलकुमार बस्नेत र महासचिव जागेश्वर डाँगीद्वारा हस्ताक्षरित विज्ञप्तिमा,ञनारायणपुर उद्योग वाणिज्य संघ शान्तिपूर्ण आन्दोलनबाट जायज अधिकारका मागलाई सम्मान गर्दछ तर आन्दोलनका नाममा हिंसात्मक र अराजक गतिविधिको निजी क्षेत्र सधैं विपक्षमा छ । आगामी दिनहरूमा यस्ता अप्रिय घटनाहरू दोहोरिन नदिनका लागि सम्बधित निकायलाई जिम्मेवार भुमिका निर्वाह गर्न हार्दिक अनुरोध गर्दछ ।
