साना पत्रपत्रिकालाई निरुत्साहित गर्ने प्रेस काउन्सिलको पक्षपाती निर्णय प्रति प्रेस सेन्टरको आपति

काठमाडौं,प्रेस काउन्सिल नेपालले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७९ र ८० को पत्रपत्रिका वर्गीकरणको प्रारम्भिक नतिजालाई प्रेस सेन्टर नेपालले गम्भिर त्रुटिपूर्ण,पक्षपाती र अन्यायपूर्ण भन्दै पुनर्मूल्यांकन गर्न माग गरेको छ।
संगठनका महासचिव मनोज घर्तीद्धारा जारी प्रेस विज्ञप्तिमा प्रेस काउन्सिल नेपालद्वारा जारी गरिएको प्रारम्भिक नतिजासँग असहमति जनाउँदै, काउन्सिलले अपनाएको प्रक्रियागत अपारदर्शिता र मनोमानी कार्यशैलीले विशेष गरी ग्रामीण क्षेत्रका साना स्वरोजगारमूलक पत्रपत्रिकाहरूलाई निरुत्साहित बनाएको छ बताइएको छ ।
प्रेस सेन्टरका महासचिव मनोज घर्तीमगरले काउन्सिलको निर्णयलाई गम्भीर त्रुटिपूर्ण र पूर्वाग्रही भएको बताउनु भएको छ । घर्तीद्धारा जारी प्रेस विज्ञप्तिमा काउन्सिलले अपनाएको निर्णय प्रक्रियाले पत्रपत्रिकाको निष्पक्ष वर्गीकरणमा गम्भीर प्रश्न उठाएको छ र यसबाट काउन्सिलको निष्पक्षतामा पनि शंका उत्पन्न भएको बताइएको छ।
प्रेस सेन्टरले काउन्सिलसँग यस निर्णयको पुनर्मूल्यांकन गर्ने र सत्यतामा आधारित निष्पक्ष पुनरावलोकन गर्न आग्रह गरेको छ। संगठनले भनेको छ,यदि काउन्सिलले आफ्ना निर्णयमा सुधार नगरे पत्रकार र सञ्चारमाध्यमसँगको सहकार्यमा कडा कदम चाल्न संगठन बाध्य हुने छ।