स्थानिय तहको निर्वाचन गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । आसन्न स्थानिय तहको निर्वाचन लगाएका विषयमा छलफल गर्न शनिबार बिहान ९ बजे बालुवाटारमा बस्ने गरी सर्वदलीय बैठक बोलाएका हुन् ।
सत्तारुढ राजनीतिक समन्वय समितिको बालुवाटारमा शुक्रबार अपराह्न बैठक बसेको थियो । बैठकपछि देउवाले सर्वदलीय बैठक बोलाउने निर्णय भएको जानकारी गराएका हुन् । शुक्रबारको बैठकमा पनि सत्तारुढ राजनीतिक समन्वय समितिमा स्थानीय तहको चुनावबारे छलफल भएको थियो । निर्वाचन आयोग र संविधानविदहरूसँग परामर्श गरेर चुनावको मिति तय गर्नेबारे छ्लफल भएको थियो ।
प्रधानमन्त्री देउवाले संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग छ्लफल गर्न सर्वदलीय बैठक राखेको स्रोतले जनाएको छ । यसअघि राखेको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले उपस्थित भएको थिएन ।