जुनिस कुमार बिष्ट
पोबाङ,रोल्पा
माघ ८ गते
नेपाल रेडक्रस सोसाइटी उपशाखा पोबाङको १३ औं वार्षिक साधारणसभा तथा ५ औं अधिवेशन सम्पन्न भएङको छ । उपशाखा पोबाङको साधारण सभा तथा अधिवेशन सुनछहरी गाउँपालिकाको सभाहलमा सम्पन्न भएको हाे ।
सम्पन्न १३ औं वार्षिक साधारणसभा तथा ५ औं अधिवेशनले पुन खिमबहादुर बिष्ट सभापति पदमा सर्वसम्मत चयन गरेको छ । अधिशवेशनले पदाधिकारीहरुमा महिला उपसभापतिमा अल्पना रोकामगर, सचिवमा चित्रबहादुर झाकृमगर, उपसचिवमा जुनिस कुमार बिष्ट, कोषाध्यक्षमा रणबहादुर घर्तीमगर , उपकोषाध्यक्षमा धनलाल पुनमगर चयन गरेको छ । अन्य सदस्यहरुमा लालबहादुर पुनमगर, रेशम पुनमगर, बोमकुमारी पुनमगर, बिवेक जिएम र खडकबहादुर गाहामगर रहनु भएको छ । उक्त अधिवेशनमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सदस्य सुनबहादुर पुनमगर निर्वाचन अधिकृत खत्नु भएको थियो ।