केशरमान बुढाथोकी
केहि दिन यता मुलधारका पत्रिका र अनलाइनहरुमा दैनिक जसो आउने बिषय हो पूर्व सभामुख कृष्णबहादुर महरा र उनका छोरा राहुल महराको नाम तथा तस्वीर । बिषयबस्तु छ सुन तस्करमा उनीहरुको कनेक्सन । यो बिषय बस्तु हाल पत्रीका बिकाउनका लागि हट केक नै बनेका छ । अनलाइन तथा युट्युबका लागि पनि उतिकै भ्युज जाने बिषय बनेको छ । रातोपाटी अनलाइनबाट प्रारम्भ भएको उक्त समाचारले हाल कान्तिपुर दैनिकको मुख्य समाचारको रुपमा काम गरिरहेको छ ।
संधै जसोको हेडलाइन आँउछ महरा बाबु छोरा सुन तस्करका प्रमुख नाइके नै हुन् जसरी । तर गुदी समाचार छ सुन तस्करमा संलग्न भएको भनिएको चिनिया नागरिकसंग यति पटक फोन भयो मात्र । त्यो भन्दा नयाँ बिषयबस्तु कुनै दिनको कुनै पनि समाचारमा कहिँ कतै हुँदैन ।
मुलधारका मिडियाहरु कही कतै गल्ति पो छ कि भनेर न्वारन देखिको बल लगायर खोजिरहेका छन् । तर यति पटक फोन सम्पर्क भयो भन्ने भन्दा बढ्ता प्रमाण जुटाउन उनीहरुले पुस्तौं बितायपनि सक्ने अवस्था देखिएन ।
केहि समय अगाडि बहाल वाला सभामुख हुँदा महरालाई एउटा गम्भीर आरोप लाग्यो । सभामुख पदमा बहाल हुँदा नै पक्राउ परे । देशको न्याय मूर्तिले पक्राउ परेको छोटो समयमा उनीमाथि लागेको आरोप प्रमाणित गर्ने कुनै प्रमाण नभएको भन्दै उनलाई सफाया दियो ।
हाल सुन तस्करीमा संलग्न भनेर पत्रिकाहरुले नै वकालत गर्दै उनलाई दोषी करार गरिरहेको छ । कुनै पनि बिषयबस्तु उठेपछि एउटा समाचार सम्म सम्प्रेषण गर्ने कुरालाई स्वाभाविक रुपमा लिन सकिन्छ । तर कान्तिपुर एउटा समाचार मात्र लेखेर छोड्ने मुडमा छैन । कान्तिपुर प्रति विश्वास राख्ने म बबुरो पाठकले कान्तिपुरलाई प्रश्न गर्न सक्ने हैसियत त राख्दैन होला तर कान्तिपुर जस्तो पत्रीकाले दैनिक पिच्छे लेखिने समाचारमा हेडलाइन मात्र परिवर्तन गरेर समाचार उही राख्नु के न्यायोचित पत्रकारिता हो रु मेरो मथिङगलामा दर्जनौ पटक यी प्रश्नले हिर्काइ रहेको थियो । झनै २०८० श्रावण ३० को कान्तिपुर दैनिकमा सम्पादक उमेश चौहानले लेखेको बिचार ूप्रचण्ड १ महरालाई विधि मास्ने मोहरा नबनाऊू शीर्षकले मलाइ पत्रकारिता पनि अदालत भएर वकालत गर्न लागेको प्रति गम्भीर बनाएको हो ।
महरासंग सुन कनेक्सन
महरा सुन प्रकरणमा संलग्न भएको मुख्य आधार टेलिफोन सम्पर्कलाई भनिएको छ । मिडियाका अनुसार सिआइबीको प्रतिवेदनमा पूर्व सभामुख कृष्णबहादुर महराको २२ र छोरा राहुल महराको २३४ पटक संवाद भएको उल्लेख भएको छ । त्यो भन्दा बढी न कुनै तथ्य छ न प्रमाण । यस प्रकरणमा समाचार सम्प्रेषण गर्ने सबै जसो मिडियाले २५६ पटक कुरा भयो भन्ने मात्र सम्प्रेषण गरेका छन् । त्यो भन्दा बढ्ता प्रमाण कहिँ कतै छैन ।
विज्ञान र प्रविधिको आजको युगमा कतिपटक कुरा भयो भन्ने समाचार मात्र सम्प्रेषण गरेर स्याल हुइयाँ गरिरहनुभन्दा २५६ पटकको टेलिफोन सम्वादमा कुराकानी चै के भयो भन्ने पनि सार्वजनिक गर्नुपर्छ कि पर्दैन रु टेलिफोन सम्पर्क भएको हो भने पनि सम्पर्क हुँदा संवाद के भयो रु उनीहरु बीच भएको संवादले सुन तस्करी संग सम्बन्धित छ कि अन्य कुनै फरक बिषयमा भएको छ रु त्यो तथ्य चाहिन्छ कि चाहिदैन रु महरा र सुन तस्करमा संलग्न भनिएका चिनिया नागरिक वाङ बिचको सम्बन्ध के हो भन्ने तथ्य तिर पनि अध्ययन गर्न जरुरी हुन्छ कि हुँदैन र
यी सबै भन्दा महत्वपूर्ण कुरा त हाल सम्म जति मिडियाले सुन तस्कर संग महरा संलग्न भएको ठहर गर्दै समाचार सम्प्रेषण गरिरहेका छन् । ति सबैले आरोपित महरालाई यस बिषयमा सम्पर्क गरेर तपाइको के भनाइ छ रु यसमा तपाइको संलग्नता हो रु भनेर एकपटक महराको बाइट राख्ने काम गरे कि गरेनन रु यसरी एउटा राजनीतिक नेतृत्वको राजनीतिक करियर नै नामेट गर्ने गरेर एकतर्फी समाचार सम्प्रेषण गरिरहँदा आरोपित व्यक्ति संग पनि बुझेर निजको भनाइ राखेर मिडियाको धर्म पुरा गर्नुपर्ने होइनर रु कसैले कसै संग टेलिफोन सम्पर्क भएकै भरमा आरोप प्रमाणित भएको मानिदैन भनेर उनि बिरुद्ध कुनै कानुनी प्रक्रियाको सुरुवात भएको छैन ।
स्मरण छ यो भन्दा अगाडि एउटा गम्भीर आरोप लाग्दा महरा देशको अति उच्च ओहोदामा आसिन थिए । जुन बिषयमा सम्बन्धित निकायले आवश्यक ठानेर उनलाई पक्राउ गरि छानबिन गरेको हो । अहिले पक्राउ गर्ने बिषय रहेछ भने उनलाई नेपालको कानुनले आवश्यक कारबाही गर्न सक्दैन रु
महराको राजनीतिक पुनरोदय र सुन प्रकरण
जव जव महरा राजनीतिमा उदाउन थाल्छन तव मात्र यस्ता प्रकरणहरु बाहिरिने गर्छन । यति वेला माओवादी पार्टी भित्र वामपन्थी शक्तिहरु एक भएर समाजवादी मोर्चा तयार गर्ने बिषय पेचिलो रुपमा आइरहेको छ । दर्जनौ टुक्रामा टुक्रिएको माओवादी पार्टीमा बृहत एकता र पदाधिकारीमा व्यापक हेरफेरको विषय उठेको बेला सुन प्रकरण सार्वजनिक हुनुलाई संयोग मात्र मान्न सकिन्न ।
कुनै समय झण्डै २ तिहाइ बहुमत सहितको बृहत माओवादी केन्द्र अहिले अत्यन्तै कमजोर मतका साथ तेश्रो दलमा खुम्चिएर रहेकोछ । जसको कारण माओवादी पार्टी भित्रको चरम गुठवन्दी रहेको विश्लेषण गर्न सकिन्छ । यसको शिकार मध्यमार्गी धारमा रहेका महरानै पर्नेगरेका छन् ।
पछिल्लो समय महरा तत्कालिन माओवादी पार्टीमा जुझारु युवा नेताका रुपमा स्थापित भएका नेत्र बिक्रम चन्दलाई पार्टी एकीकरण गरेर युवाशक्तिलाई देशको नेतृत्व दिनुपर्छ भन्ने बिषयमा लागिरहेको खबर बाहिरिरहेको थियो । समाजवादी मोर्चा बनाउने अभियानमा भएका महराको विप्लवलाई पार्टीमा भित्राउने दाउ माओवादीका दोश्रो दर्जाका नेताहरुलाई पटक्कै मन परिरहेको थिएन । जुन कुरा माओवादीकै दोश्रो तहका नेताहरुले विभिन्न अन्तर्वार्तामा सार्वजनिक गरिरहेको थिए । जो कुराले चरम रुप लिएपछि तिनै नेताहरु महरा विरुद्ध मिडिया प्रयोग गरेको अड्कल लगाउने पनि राजनीतिक वृतमा देकिन्छन् ।
प्रसंग जे जस्तो भएपनि सुन प्रकरणमा महरा दोषी रहेछन भने यसको सजाय दोषीले भोग्नुपर्छ ।जो कुरा महराले विभिन्न समयमा प्रेस व्यक्तव्य मार्फत होस् वा पत्रकार सम्मेलनमा होस् दोषी प्रमाणित भए कानुन र सरकारलाई सहयोग गर्न तयार भएको वताएका छन् । तर कसैको राजनीतिक तथा सामाजिक जीवन सिध्याउने गरि निर्दोषलाई दोषी करार गर्दै मिडिया अदालत बनेको हो भने रु कुनै व्यक्तिको चरित्र संग मिडिया खेलेको प्रमाणित भयो भने रु महराको भएको राजनीतिक तथा सामाजिक जीवनको अपुरणीय क्षेतीको जिम्मा कसले लिने ?