माघे संक्रान्तिको अवसरमा शुभकामना आदानप्रदान

दाङ, माघे संक्रान्तिको अवसरमा मगर राष्ट्रिय मुतिmमोर्चा नेपाल दाङले शनिवार घोराहीमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । मगर समुदायको राष्ट्रिय साँस्कृतिक पर्वका रुपमा रहेको माघे संक्रान्ति को पूर्व संध्यामा आयाजित शुभकामना आदानप्रदान कार्यक्रमका सहभागीहरुले माघी सांस्कृतिक पर्व मात्र नभएर सबै समुदाय बीच सद्भाव र एकतालाई जोड्ने माध्याम पनि भएके कुरामा जोड दिएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी दाङका इन्चार्ज निर्मल आचार्यले मगर समुदाय प्रकृति पुजक मात्र नभई आफनै भाषा,संस्कृति र लिपिको धनी हो । मानिसका भाषा,संस्कृतिहरु पनि राजनीतिक अधिकारसँगै विकास हुँदै जाने भन्दै प्रमुख अतिथि आचार्यले सबै वर्ग, लिड्ग र समुदायको खोसिएको राजनीतिक अधिकार संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको र त्यसको जग हाल्ने काम माओवादीले गरेको बताउनु भयो । कार्यक्रममा विशिष्ट अतिथि माओवादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष सुर्दशन बराल, केन्द्रिय सदस्य भिमकुमारी बुढामगर लगायत माओवादी केन्द्र जिल्लाका नेता र मगर मुतिm मार्चाका नेताहरुले शुभकामना मन्तव्य राखेका थिए ।

मगर राष्ट्रिय मुतिmमोर्चा जिल्ला समन्वय समिति दाङका अध्यक्ष खलु प्रसाद पुनमगरको अध्यक्षतामा सम्पन्न शुभकामना आदानप्रदान कार्यक्रममा मगर समुदायबाट सहादत प्राप्त गरेका परिवार, घाइते योद्धा र जनमुक्ति सेनाका कमाण्डर र सदस्यहरुलाई सम्मान गरिएको थियो ।