जनक नेपाली दाङ,
थर परिवर्तन गरि जिल्ला प्रशासन कार्यालय मार्फत नागरिकता बनाउने क्रम हिजोआज बढ्दै गएको छ । नागरिकता फाँटमा गई थर परिवर्तन गराउनेमा अन्य जात भन्दा दलित धेरै छन । परियार,विश्वकर्मा गन्धर्व र बादीले गैरदलितसँग मिल्ने थर राखि नारिकता पाउने व्यवस्था बनेपछि यो दर बढेको हो ।
सरकारले हिनताबोध हुने ठग, ढाट, चोर, भूल, कुकुर जस्ता नामथर परिवर्तन गर्न पाउने नागरिकता ऐनमा व्यवस्था गरेको छ । नागरिकतामा कुन थर लेख्ने भन्नेमा राष्ट्रिय दलित आयोगले सिफारिस गरे बमोजिम हुने दाङका सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले बताउनु भयो।
यो व्यवस्था लागू भएसंगै जिल्ला प्रशासन कार्यालय दाङ मार्फत पुसको अन्त्य सम्म ८० दलितले जनाले नागरिकता लगेका छन । पहाडी र मधेसी गरी र्२ किसिमका दलितले थर परिवर्तन गर्न पाउने गरि आयोगले झण्डै ५० वटा थर सिफारिस गरी देश भरका जिल्ला प्रशासनलाई पत्र पठाएको छ ।
थर परिवर्तन गर्ने नागरिकतावालाले बाबु÷बाजेको थर दलित भएको प्रमाण खुले राज्यबाट आरक्षण पाउने नत्र नपाइने कानुनी व्यबस्था भएको राष्ट्रिय दलित आयोगका अध्यक्ष देबराज विश्वकर्माले जानकारी दिनुभयो । थर फेर्दैमा दलित माथि हुने विभेद अन्त्य हुन नसक्ने कतिपय दलित अगुवाको बुझाई छ । थर परिवर्तन गर्ने वित्तिकै सरकारले सम्पूर्ण दलितलाई उपलब्ध गराउदै आएको आरक्षण रोक्ने हुँदा जात फेर्नेका छोरा,नाती अधिकारबाट बन्चित हुने माओवादी केन्द्र लुम्बिनी प्रदेशका सदस्य पुनम सेर्पाईलीको भनाइ छ । समाजमा विभेद भयो भने न्यायका लागि लड्ने हो तर जात फेर्ने होईन सेपाईलीले भन्नुभयो । राष्ट्रिय दलित आयोगले दलितहरुले चाहेको थर लेख्न पाउने गरी सरकारलाई थर सिफारिस गरी पत्र पठाएको छ । दलित थर फेर्दा सरकारले दिने आरक्षण सजिलोसँग पाइदैन भन्ने थाहा नपाउदा कतिपय अवस्थामा कागजी झन्झट हुने गरेको पाइन्छ ।