पहिलोपटक पत्रकार महाँसंघमा वाम नेतृत्व

  
  प्रकाशित मितिः शुक्रबार, बैशाख ३०, २०६८       | 107 Views   ||

काठमाण्डौँ/गत बैशाख २१ गते सम्पन्न नेपाल पत्रकार महासंघको २३ औँ अधिवेशनले शिव गाउँलेको नेतृत्वमा पहिलो पटक वाम गठबन्धनलाई विजयी गराएको छ ।

क्रान्तिकारी पत्रकार संघ र चौतारीबीच मिलेर बनेको वामपन्थी प्यानलमा अध्यक्ष शिव गाउँले, उपाध्यक्ष यशोदा तिम्सिना, महासचिवमा ओम शर्मा, कोषाध्यक्ष शितल शाहसहित दुई तिहाई पदमा वाम बर्चश्व कायम हुन पुगेको छ भने सचिवसहित ५ केन्द्रीय सदस्यमा कांग्रेसनिकट प्रजातान्त्रिक शक्ति विजयी भएको छ ।

पत्रकार महासंघको इतिहासमा पहिलोपटक हावी वाम नेतृत्वमा चौतारीनिकट शिव गाउँलेले ६ सय ८५ मत ल्याएर अध्यक्ष पदमा विजयी हुनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी प्रजातान्त्रिकका पोषण केसीले ४ सय ४४ मत ल्याउनुभएको थियो । त्यस्तै उपाध्यक्षमा उमेद्वार यशोदा तिम्सिनाले ६ सय ६७ मत प्राप्त गर्नुभएको थियो । त्यस्तै महासचिवमा क्रान्तिकारीका ओम शर्माले ६ सय ५ मत ल्याई प्रतिद्वन्द्वी रामजी दाहाललाई पराजित गर्नुभएको थियो । त्यस्तै सचिवमा युनियनका जगत नेपालले ६ सय ३५ मत ल्याएर गठबन्धन प्यानलका चन्द्रमान श्रेष्ठलाई पराजित गर्नुभएको छ । कोषाध्यक्षमा वामपन्थी प्यानलका शितल शाह ४ सय ९८ मत ल्याएर प्रेस युनियनका बृजकुमार यादवलाई पराजित गर्नुभएको छ ।

बैशाख २० गते काठमाण्डौको प्रज्ञा प्रतिष्ठानमा प्रधानमन्त्रीद्वारा उद्घाटन गरिएको पत्रकार महासंघको २३ औँ अधिवेशनबाट मध्यपश्चिम क्षेत्रबाट वामपन्थी प्यानलका दुई उम्मेदवार सूर्यमणि गौतम र प्रभात चलाउने विजयी हुनुभएको छ । गौतमले ७२ मत प्राप्त गरी मध्यपश्चिमको संयोजक बन्ने अवसर प्राप्त गर्नुभएको छ भने चलाउनेले ६३ मत प्राप्त गरी सह-संयोजक बन्ने अवसर प्राप्त गर्नुभएको छ । उहाँहरुमध्ये गौतम चौतारीका हुनुहुन्छ भने चलाउने क्रान्तिकारीतर्फको विजयी उम्मेदवार हुनुहुन्छ । त्यसैगरी महिला कोटाबाट संयुक्त प्यानलका शान्ता बस्नेत, संगीता खड्का र दुर्गा भण्डारी विजयी हुनुभएको छ भने दलित कोटाबाट प्रकाशचन्द्र परियार र निशा विश्वकर्मा विजयी हुनुभएको छ । त्यस्तै मधेशी कोटाबाट राजेश मिश्र र धर्मेन्द्र कर्ण विजयी हुनुभएको छ ।

त्यसैगरी महासंघको केन्द्रीय सदस्यहरुमा पूर्वाञ्चलबाट विजयी हुनेहरुमा मोहन कार्की, सिद्धराज राई, मध्यमाञ्चलबाट महेश दास र प्रताप विष्ट, उपत्यकाबाट दिपक पाण्डे र दामोदर तिमिल्सिना विजयी हुनुभएको छ भने पश्चिमाञ्चलबाट मोहन चापागाई र रुद्रप्रसाद भट्ट विजयी बन्नुभएको छ । त्यसैगरी प्रतिष्ठानबाट बालकृष्ण बस्नेत र मातृका पौडेल, एशोसियटबाट उज्ज्वल आचार्य र प्रकाश थापा विजयी बन्नुभएको छ । तीन वर्षको अन्तरालपछि हुने महासंघको निर्वाचनमा ३१ सदस्यीय केन्द्रीय कार्यसमिति हुने गरेको छ । निर्वाचनपछि नयाँ नेतृत्वले महासंघको कार्यभार सम्हालिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *