समय र देश

  
  प्रकाशित मितिः आइतवार, जेष्ठ १, २०६८       | 174 Views   ||

– [डिल्ली मल्ल]

निष्ठूर पृयसीको पर्खाइमा
पर-परसम्म नजर डुलाइरहेको
कुनै व्याकुल प्रेमीजस्तै
हामी पर्खिरहेछौँ निरन्तर निरुत्तर
विकट विगतको समृद्ध सपना
र, गन्ती गरिरहेछौँ हर सेकेण्डहरु
वटुवाहरु आइरहेछन्-गइरहेछन्
गइरहेछन्-आइरहेछन् र नापीरहेछन्
हाम्रो गन्तव्यको उँचाई
थाहा छैन कतिञ्जेलसम्म हो
उधारो आशको यो अन्तहीन पर्खाइ
र, कसरी टुङ्गिने हो प्रतिक्षाको अन्तिम प्रहर
संयोगान्त कि वियोगान्त ?

भन्छन् समय फेरिएको छ
थाहा छैन समय फेरिएको छ कि
फेरिइरहेका छौँ हामी आफै
भयानक सुनामीपछिको अस्तव्यस्त शहरजस्तै
सपनाहरु सडकछेऊमा सडिरहेको यसबखत
देश बनिरहेछ फगत
कुनै ल्याण्डफिल साइटजस्तै
र, फालिरहेछन् 'सभ्य छिमेकीहरु'
वर्षौँदेखिको डङ्गुर हाम्रै आँगनमा
हामी भने केवल बिर्सदै विगतलाई
हरियो झिङ्गाझैँ भुन्भुनाइरहेछौँ त्यही फोहरमा
र, छ्यापिरहेछौँ एक अर्कामा ।

यतिखेर
विवश समयको वैरागी तस्वीर नियाल्दै
सोधिरहेछु आफैसँग एउटा प्रश्न
के यस्तै छ हामी बाँचिरहेको सगरमाथा र बुद्धको देश ?
२०६७ चैत्र १०, दा
वर्ष १३, अंक २५, २०६८ जेठ १ गते आइतबार प्रकाशित

 

 

3 Comments

  • Sahayatri

    भयानक सुनामीपछिको अस्तव्यस्त शहरजस्तै
    सपनाहरु सडकछेऊमा सडिरहेको यसबखत
    देश बनिरहेछ फगत
    कुनै ल्याण्डफिल साइटजस्तै
    र, फालिरहेछन् ‘सभ्य छिमेकीहरु’
    वर्षौँदेखिको डङ्गुर हाम्रै आँगनमा
    हामी भने केवल बिर्सदै विगतलाई
    हरियो झिङ्गाझैँ भुन्भुनाइरहेछौँ त्यही फोहरमा
    र, छ्यापिरहेछौँ एक अर्कामा ।

    wa wa kabi jee poem Dami 6 lekhdai janus …………

    अस्ति भर्खरमात्र संविधानसभाको म्याद थप्दा नै देखियो नि सबै तपाईको कविताले भन्न खोजेको कुरा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *