कम्युनिष्ट पार्टी र अन्तरसङ्घर्ष

  
  प्रकाशित मितिः मङ्लबार, जेष्ठ ३१, २०६८       | 144 Views   ||

– [हिरामणि दुःखी]

नेपाली कम्युनिस्ट आन्दोलनको यो बैसट्ठी वर्षको इतिहासमा कम्युस्टिहरू दर्जनौंपटक फुटे र दर्जनौं पटक जुटे पनि । २००६ सालमा स्थापना भएको पार्टी विधिवतरूपमा २०१७ सालदेखि फुट्न र २०४६ सालदेखि विधिवतरूपमा संयुक्त मोर्चामार्फत् जुट्न थालेको हो । २०४७ सालमा एकथरी विचारसमूहका बीच एकता भएर नेकपा एकताकेन्द्र बन्यो भने अर्काथरी विचारसमूहका बीच एकता भएर नेकपा एमाले बन्यो । अरू सानातिना दर्जनौं बुकुरा बनाएर बसेका कम्युनिस्ट पार्टीहरू त छदैछन् । एकताकेन्द्र फेरि २०५१ सालमा फुट्यो र एउटा सानो हिस्सा एकाताकेन्द्रकै नाममा रहृयो भने अर्को ठूलो हिस्साको पार्टीले माओवादीका रूपमा नाम परिवर्तन गर्दै जनयुद्ध सञ्चालन गर्‍यो । त्यस्तै नेकपा एमाले पनि २०५४ सालमा फुट्यो र एउटा मालेको रूपमा रहृयो भने अर्को बहुमत हिस्सा एमालेमै रहृयो । यी दुवै घटकबाट फुटेका हिस्सा अर्को प्रकृयामा आएर पुनः एकजुट भएर एउटै पार्टी बनाए । माले र एमाले मिलेर एमाले नै बन्यो भने एकताकेन्द्र र माओवादी संविधानसभाको चुनावपछि एकीकृत माओवादी बन्यो । त्यसबाहेक सानातिना बुकुरे कम्यनिस्ट पार्टीबाट स-साना बिलो छुट्याउँदै एकीकृत माओवादीमा सामेल हुने प्रकृया पनि आजपर्यन्त चलिरहेको छ एकातर्फ भने अर्कातर्फ त्यो पार्टीभित्र फेरि अन्तरसङ्घर्ष पनि निकै पेचिलो भएर चर्किरहेको छ । त्यस्तै एमालेभित्र पनि अन्तरसङ्