जनसेनाका स्वास्थ्यकर्मी भन्छन्- हाम्रो सीप क्षमताको पनि समायोजन हुनुपर्छ

  
  प्रकाशित मितिः मङ्लबार, जेष्ठ ३१, २०६८       | 125 Views   ||

-[नरेन्द्र केसी/दाङ]

यतिबेला सेना समायोजनको बहसले राजनीतिक बजार निकै तताएको छ । कति जनसेनालाई कसरी समायोजन गर्ने ? पुनस्र्थापना कार्यक्रममा जान चाहनेलाई कति सहयोग गर्ने ? जस्ता सवालमा बहस भइरहेको छ । तर, जनसेनाभित्रको एउटा महत्वपूर्ण पाटोको बारेमा अहिलेसम्म छलफल नै भएको छैन- त्यो हो त्यहाँभित्र रहेको प्राविधिक सीपको समायोजन ।

जनसेनाभित्र देखिएको प्राविधिक सीपमध्ये सबैभन्दा प्रभावकारी जनस्वास्थ्यकर्मीहरुको दक्षता देखिएको छ । उनीहरुले लगातार युद्धकालदेखि अहिलेसम्म अस्थायी शिविरभित्रका जनसेनालाई मात्र होइन, बाहिरका लाखौं जनतालाई समेत स्वास्थ्य सेवा दिइरहेका छन् । तर, अब सेना समायोजन हुने भयो भने आफूहरुले बर्षौको अनुभवबाट सिकेको सीप र दक्षताको समायोजन हुने हो कि होइन भनेर जनस्वास्थ्यकर्मीहरु चिन्तित हुन थालेका छन् ।

‘युद्धको बेला जनडाक्टर बनेर काम गर्‍यौं, हामी क्षमताभन्दा पनि आवश्यकताले स्वास्थ्य क्षेत्रमा प्रवेश गरेका हौं’- जनमुक्ति सेना पाँचौं डिभिजन स्वास्थ्य विभाग प्रमुख प्रभाकरले भन्नुभयो- ‘बर्षौसम्म स्वास्थ्य सेवामै समय बितायौं, अहिलेसम्म स्वयंसेवकरुपमा हामी लगातार स्वास्थ्य सेवामा खटिएका छौं, अब हामी अर्को क्षेत्रमा जान सक्दैनौं । सेना समायोजन हुँदा सेना र हतियारको मात्र होइन, हाम्रो प्राविधिक सीप र दक्षताको पनि पनि समायोजन हुनुपर्छ र त्यहाँभित्र हामीलाई स्वास्थ्य क्षेत्रकै जिम्मा दिइनुपर्दछ ।’

पाँचौं डिभिजनअन्तर्गत दीर्घस्मृति बि्रगेडकी स्वास्थ्य विभाग प्रमुख ज्योतीको धारणा पनि त्यस्तै छ । ‘सरकारले हामीलाई बिशेष तालिमको व्यवस्था गर्न आवश्यक छ’- उहाँले भन्नुभयो- ‘क्यान्टोनमेनटमा रहेका स्वास्थ्यकर्मीहरुको सीप क्षमताको स्तरीकरण र स्तरवृद्धि गरेर समायोजनको व्यवस्था मिलाउनुपर्छ र समायोजन भएपछि पनि हामीलाई स्वास्थ्य क्षेत्रकै जिम्मा दिइनुपर्दछ । ‘पाँचौं डिभिजनमा मात्रै अहिले कम्तीमा ९० जना जनसेनाले स्वास्थ्यकर्मीको रुपमा काम गरिरहेका छन् । तीमध्ये केहीले जनसेनामा जानुअघि नै स्वास्थ्य सहायक, सीएमए, अनमी आदि योग्यता पूरा गरेका थिए भने अधिकांशले शान्ति प्रक्रियापछि ती योग्यताहरु पूरा गरेका छन् ।

त्यति मात्र होइन अहिले जीटीजेडको सहयोगमा पाँचौं डिभिजनका ८३ जना जनसेनाले डिभिजन मुख्यालय दहवनमै स्वास्थ्य सहायक, सीएमए, अनमी, ल्याव असिष्टेन्टलगायतका कोर्ष पढिरहेका छन् । प्रत्येक बि्रगेड, बटालियन हुँदै कम्पनीहरुमा समेत स्वास्थ्यकर्मी- हरुको व्यवस्था गरिएको छ । देशभरि रहेका ७ डिभिजन र २१ बिग्रेडमा गरी ७ सय भन्दा बढी जनसेनाका स्वास्थ्यकर्मी रहेका छन् । उनीहरु योग्यताभन्दा पनि दक्षताका हिसाबले निकै अगाडि छन् । ‘हिजो युद्धको बेला साथी मर्न थाल्यो भने केही त गरौं भनेर जानीनजानी अप्रेशनसम्मका काममा हात हालियो’- डिभिजन प्रमुख प्रभाकर विगत सम्झदै भन्नुहुन्छ- ‘गर्दागर्दा अनुभवै अनुभवले हामीले पनि राम्रो उपचार र अप्रेसनसम्म गर्ने दक्षता हासिल गरिसकेका छौं ।’

जनसेनाका स्वास्थ्यकर्मीहरुको सीप दक्षता देखेर स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीहरु प्रभावित छन् । तर, समायोजन प्रक्रिया राजनीतिक कुरा भएकाले शिविरभित्रका स्वास्थ्यकर्मीर्लाई यो क्षेत्रमा लगाउनुपर्छ भन्ने अधिकार आफूहरुसँग नभएको उनीहरुको भनाई छ । ‘युद्धबाट खारिएर आएका स्वास्थ्यकर्मीहरुको सीप र दक्षता मात्र होइन, उनीहरुले बिरामीसँग गर्ने व्यवहार पनि निकै मानवीय र सरल स्वभावको छ’- देशभरका शिविरमा सरकारले उपलब्ध गराएको स्वास्थ्य सेवाको सञ्चालन र अनुगमनमा खटिने स्वास्थ्य मन्त्रालयका शाखा अधिकृत तुलसीप्रसाद दाहाल भन्नुहुन्छ- ‘त्यसैले नजिकमै सरकारी स्वास्थ्य निकाय हुँदाहुँदै पनि अधिकांश बिरामीहरु लडाकू शिविरमै गएको पाइन्छ ।’

जनस्वास्थ्यकर्मीहरुको रेकर्ड मन्त्रालयमा राखिने

यसैबीच स्वास्थ्य मन्त्रालयले युद्धकालदेखि हालसम्म स्वास्थ्य सेवामा संलग्न जनसेनाभित्रका स्वास्थ्यकर्मीहरुको रेकर्ड मन्त्रालयमा राख्ने प्रतिबद्धता जनाएको छ । केही दिनअघि दाङको घोराहीमा आयोजित अन्तक्रिर्याका सहभागीहरुले एकमतले जनस्वास्थ्यकर्मीहरुको रेकर्ड मन्त्रालयमा राख्न प्रस्ताव गरेपछि स्वास्थ्य मन्त्रालय चिकित्सा महाशाखा प्रमुख डा. सेनेन्द्रराज उप्रेतीले सो प्रतिबद्धता जनाउनुभएको हो । ‘लडाकू स्वास्थ्यकर्मीको क्षमताका आधारमा स्तरीकरण गर्दै त्यसलाई योग्यतामा रुपान्तरण गर्न मन्त्रालयले पहल गर्ने छ’- उहाँले प्रतिबद्धता व्यक्त गर्दै भन्नुभयो- ‘लडाकूभित्रका सबै स्वास्थ्यकर्मीको रेकर्ड मन्त्रालयमा राख्ने व्यवस्था मिलाइनेछ ।’

झारपात र जडिबुटीबाट लाखौँको आम्दानी

-[मेगराज खड्का/रुकुम]

जङ्गलमा खेर गएका झारपात बिक्री वितरण गरेर वर्षेनी राम्रो आम्दानी गरिरहेको यहाँका स्थानीय बासिन्दाहरु बताउँछन् । झारपात भनेर कसैले वास्ता नगरेका विभिन्न जडिबुटी संकलन गरि आफूले वर्षेनी १ लाखभन्दा बढीको कमाई गरिरहेको रुकुम स्याला-५ खदीका भिमबहादुर खड्काले बताए । खड्काका अनुसार विभिन्न झारपातबाट बन्ने आयुर्वेदिक औषधीको माग स्थानीय बजारहरुमा बढ्दै गइरहेको छ ।

बारीमा फलेको अन्नले ३ महिना नपुग्ने भएपनि उनले जडिबुटीकै आम्दानीबाट ५ जनाको परिवार पाल्दै आएका छन् । जङ्गलमा खेर गइरहेका झारपात वा जटिबुटीहरु जिविकोपार्जनको मुख्य स्रोत बन्न सक्छ भन्ने धेरैलाई थाहा नहुनसक्छ तर रुकुम जिल्लाका स्थानिय बासिन्दाहरु जङ्गलमा खेर गइरहेको तोरीफुल, समय, चाफाजरी, बुकीफुल र तितेपातीलगायतका झारपात संकलन गरी विक्री वितरण गरेर बर्षेर्र्नी लाखौँ रुपैया आम्दानी गर्न थालेका छन् । त्यस्तो आम्दानी गर्नेमा भिमबहादुर खड्का मात्र नभई दुली ३ का नन्दराम पुनले पनि जंगलमा पाइने झारपातका जडिबुटी आफनो बारीमा लगाई लाखौं आम्दानी गर्ने पेसा बनाएका छन् ।

पुनले आˆनो २ रोपनी जग्गामा सुनगाभा, समय, चिराईतो, बनालु र सन्ताललगायतका झारपातको खेती गरेका छन् । स्थानीय झारपातबाट विभिन्न रोगको औषधी हुने र आम्दानी पनि राम्रो हुने देखेपछि आफू यो पेशामा लागेको उनीले बताए । पेसामा पनि वैद्य तथा झांक्री भएकाले घरमा स्थानीय झारपातको औषधी बनाएर विक्री वितरण गर्ने गरेको उनीले बताए । ती औषधीबाट जरो, टाउको दुख्ने, हाड जोर्नी दुख्ने, ग्याष्टिक लगायतका अन्य घाउ खटिरा निको हुने पुनको दावी छ । अस्पतालमा गएर पनि निको नभएका बिरामीहरु स्थानिय झारपातबाट बनाइएका औषधीले निको हुने आशाले उनको घरमा बिरामीको घुईचोसमेत लाग्ने गरेको छ । आफैले बनाएको जडिबुटीको औषधी विक्री गरेर दैनिक ५ सय रुपैया भन्दा बढी कमाउने गरेको उनको पुनको भनाई छ ।

गोतामकोट-३ का लालबहादुर बस्नेतले स्थानीय जङ्गलमा पाइने झारपातले जिविकोपार्जन गर्न सजिलो भएको बताए । उनले स्थानिय जङ्गलमा पाइने झारपातलाई सुकाएर स्थानीय बजार बैरागी र सोलावाङलगायतका अन्य बजारहरुमा विक्री, वितरण गदै आइरहेका छन ।

स्थानिय जंगलहरुमा पाइने विभिन्न किसिमका झारपात र स्थानिय जडिबुटीहरु बर्षेनी लाखौं रुपैयाको संख्यामा जिल्लाबाट बाहिर जाने गरेको रुकुम उद्योग बाणिज्य संघले जनाएको छ । रुकुमको जडिबुटी दाङ, सल्यान, काठमाण्डौ तथा विदेशमा समेत निर्यात हुने गरेको स्थानिय व्यापारी हरि वलीले बताए । उनका अनुसार समय, चिराईतो, जटामसी र बनआलु समयहेरि जस्ता जडिबुटीहरु सरदर प्रति केजी १ सय देखि २५० रुपैयासम्म पर्ने गरेको छ ।

रुकुम जिल्लामा पहिचान भएका र पहिचान हुन बाकी रहेका १ सय ५० भन्दाबढि औषधीजन्य झारपात पाइने गरेको जिल्ला वन कार्यालय रुकुमले जनाएको छ ।

७ वर्ष श्रीमती बनाएर १ लाख ज्याला

-[गोविन्द खड्का/देउखुरी]

सिसहनिया-२ छोट्की सिसहनियाका अयोध्याप्रसाद चौधरीले ७ वर्षसम्म श्रीमतीको रुपमा काम गरेको भन्दै विराटनगरकी एक युवतीलाई १ लाख ५ हजार दिएर छोडिदिएका छन् । गत चैत्र २२ गते सिसहनियामा सो रकम दिएर फिर्ता हुन भन्दै चौधरीले ती युवतीलाई अलपत्र पारेका हुन् ।

घरमा श्रीमती र ४ छोराछोरी भएका चौधरीले २७ वर्षे ती पूर्वेली युवतीलाई २०६१ सालमा काठमाण्डौमा भेटेको पीडित युवती बताउँछिन् । प्रहरी जागीरको शिलशिलामा काठमाण्डौँमा रहेका चौधरीले आफूले बिहे नगरेको भनी फसाएको पीडित युवतीको भनाई छ । ‘उहाँ (अयोध्याप्रसाद) गौशाला इलाका प्रहरी कार्यालयमा असई पदमा रहि काम गर्नुहुन्थ्यो, मेरो डेरा नजिकै थियो । चिनजान भयो विवाह नगरेको भनि फसाउनुभयो ।’ युवतीले भनिन् । त्यसपछि शुरु भएको सम्बन्ध निरन्तर सात वर्षसम्म चलेको युवतीको दावी छ ।

युवतीले बिवाह गर्ने दबाब दिन थालेपछि श्रीमतीको मृत्यु भइसकेको र आˆना दुईवटा बच्चा रहेको चौधरीले युवतीलाई बताएका थिए । घरमै आएर विवाह गर्ने बताएका चौधरीले २०६४ सालमा दाङ आइसकेपछि तुलसीपुरको भण्डारी होटेलमा पाच दिनसम्म राखेको युवतीले बताइन् । त्यसक्रममा वाइसिएलको गस्तीले गिरˆतार गर्दा श्रीमान श्रीमती भनेर उम्किएको उनले बताइन् ।

त्यसपछि आफूलाई विवाह नगरी काठमाण्डौँ फिर्ता गरिदिएको उनले बताइन् । उनी भन्छिन्- ‘सात वर्षसम्म श्रीमती भई बसे, गाउ टोलमा मेरो अहिले बदनाम भयो । मलाई बिहे दर्ता चाहिन्छ, जबर्जस्तरुपमा ज्याला भनेर दिएको रकम स्वीकार्य छैन ।’ निर्दोष जेठी श्रीमती र छोराछोरीका विरुद्धमा जान नसकिने तर एउटाको मात्रै इज्जत जाने हो भने महिला हिंसा हुने भएकाले महिला पुरुष दुवै समान सजायको भागिदारी हुनुपर्ने जिल्लास्तरीय सेवा केन्द्रका हुमा डिसीको भनाई छ ।

त्यसो त हिजो कमजोरी गरेका दुईजनामा दोषी एउटा मात्रै हुन नसक्ने कानून व्यवसायी बताउँछन् । अधिवक्ता पदम वैदिकका अनुसार महिला र पुरुषबीच श्रीमान श्रीमतीको रुपमा समागम भयो भने विवाह हुन्छ । विवाहको लागि छुट्टै कुनै लाईसेन्स वा प्रमाणको आवश्यक पर्दैन । विवाह भए/नभएको मान्नलाई कानूनको कुनै बुादा पनि छैन । आ-आफ्नो धर्म संस्कार र विधिअनुसार विवाह हुन्छ । तर, सई पदसम्म पुगि निवृत्त भएका चौधरी श्रीमतीको मान्यता नदिने भनेर फरार रहेका छन् भने भालुवाङ ईलाका प्रहरीले विवाहको प्रमाण खोजेर न्याय नदिएको भन्दै युवती न्यायका लागि संस्थामा आश्रय लिएर बसिरहेकी छिन् । श्रीमतीको रुपमै सम्बन्ध राखेकाले कुनै पनि हालतमा चौधरीले श्रीमती स्वीकार्नुपर्ने पीडित युवतीको माग छ ।

छात्रवृत्ति पाएनन् द्वन्द्वपीडित बालबालिकाले, एक सय बढी निवेदन दर्ता

-[प्रकाश चौधरी/दाङ]

जिल्लामा द्वन्द्वपीडित बालबालिकाले छात्रवृत्ति स्वरुप पाउने रकम अझैँसम्म पनि पाएका छैनन् । सरकारले बालबालिकाका लागि छात्रवृत्ति स्वरुप पठाउने रकम जिल्लामा नपठाएपछि द्वन्द्वको क्रममा राज्य र विद्रोही पक्षबाट बाबुआमा गुमाएका वा वेपत्ता पारिएकाका बालबालिकाले पाउनुपर्ने उक्त छात्रवृत्ति रकम पाउन सकेका छैनन् ।

जिल्ला शिक्षा कार्यालयले आर्थिक वर्ष ०६७/६८ को बजेट अनुसार द्वन्द्वपीडित बालबालिकाको शिक्षाका लागि ३२ लाख ४ हजार माग गरेपनि त्यो रकम सरकारले अझैँसम्म उपलब्ध गराउन सकेको छैन । छात्रवृत्तिका लागि गत साल ३ सय १९ जना द्वन्द्वपीडित बालबालिकाहरुको निवेदन परेको थियो । यसवर्ष पनि १ सय १७ जना द्वन्द्वपीडित बालबालिकाहरुले निवेदन दर्ता गराएको जिल्ला शिक्षा कार्यालयले जानकारी दिएको छ ।

यसवर्ष जिल्ला शिक्षा कार्यालयले १ सय १७ जनाको लागि २४ लाख रकम माग गर्ने निर्णय गरिसकेको छ । सरकारले १८ वर्ष भन्दा मुनिका द्वन्द्वपीडित बालबालिकालाई छात्रवृत्ति स्वरुप प्राविको लागि १० हजार, निमाविका लागि १२ हजार, माविका लागि १४ हजार र उमाविका लागि १६ हजार वाषिर्क रुपमा रकम उपलब्ध गराउने व्यवस्था मिलाएको छ । त्यसो त आउदो वर्षमा पनि द्वन्द्वपीडित बालबालिकाले छात्रवृत्ति पाउने हुन् या हैनन् त्यसको कुनै ग्यारेण्टी छैन । शिक्षा मन्त्रालयको बेवास्ताका कारण गत वर्षको समेत छात्रवृत्ति नपाएपछि अविभावकहरु निराश भएर र्फकनुपरेको थियो । सरकारले द्वन्द्वपीडित बालबालिकालाई छात्रवृत्ति प्रदान गर्नका लागि निवेदन दर्तागर्न निर्देशन दिए पनि अहिलेसम्म रकम नपठाएको जिल्ला शिक्षा कार्यालय अनौपचारिक शाखाका खरिदार दुर्गाबहादुर वलीले जानकारी दिनुभयो । उहाका अनुसार अहिले दर्ता भएका निवेदन आउदो वर्षको बजेटमा समावेश गरिनेछ । दिनहु जसो अविभावकहरु छात्रवृत्तिको रकम बारे जानकारी लिन आउछन् तर सरकारले बेलैमा रकम नपठाउदा निराश भएर र्फकनुपर्ने अवस्था छ ।

एकातिर सरकारले छात्रवृत्ति दिने भन्ने अर्कोतिर रकम नपठाउनुमा अविभावकले शङ्का व्यक्त गरेका छन् । छात्रवृति रकम समयमा नदिदा बालबालिकाहरुलाई पढाउन लेखाउनमा धेरै समस्या परिरहेको घोराही-३ वर्गदीकी बुधनी चौधरी बताउछिन् । ‘निवेदन दर्ता गर्नका लागि पनि उत्तिकै समस्या झेल्नुपर्‍यो अहिले दिने भनेको छात्रवृत्ति रकम आउने नआउनेको केही जानकारी छैन ।’ उनले भनिन् ।

लोहारपानी खुल्ला दिसामुक्त क्षेत्र घोषणा

-[गोविन्द खड्का/मुर्कुटी, दाङ]

जिल्लाको दुर्गम पहाडी क्षेत्र लोहारपानी गाविसलाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ । लोहारपानी गाविसको मुर्कुटीमा शनिबार एक कार्यक्रमको आयोजना गरी गाविसलाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको हो । सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि सभासद दामाकुमारी शर्माले स्वच्छ वातावरण र सरसफाईयुक्त जीवनशैलीले सिङ्गो समाजकै परिचय दिने बताउँदै खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने स्थानीयबासीको उत्साह, पहल र सक्रियताको प्रशंसा गर्नुभयो ।

लोहारपानीलगायत दाङको पहाडी क्षेत्रमा खानेपानीको निकै समस्या रहेको भन्दै सभासद् शर्माले तत्काल आकाशे पानी संकलन गरी वितरण गर्ने र एक/दुई वर्षको अवधिमै यस क्षेत्रमा स्वच्छ खानेपानी पुर्‍याउने लक्ष्यका साथ आफूले पहल गरिरहेको बताउनुभयो । दलहरु संविधान निर्माणतिर भन्दा सेना समायोजन र शान्ति प्रक्रियाको विषयमा अल्भिmएकाले फेरि पनि संविधान निर्माणको काम अन्यौलतामा परेको भन्दै सभासद शर्माले जनतासमक्ष आत्माआलोचना गरी संविधानसभाबाटै जनपक्षीय र अग्रगामी संविधान जारी गर्नुको विकल्प नरहेको बताउनुभयो ।

कार्यक्रममा खानेपानी तथा सरसफाई क्षेत्रीय अनुगमन तथा सुपरीवेक्षण कार्यालय सुर्खेतका प्रमुख रामनिवास चौधरीले खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्नु मात्रै पूर्णता नभएको भन्दै यसको निरन्तरता हुनुपर्नेमा जोड दिनुभयो । गाविसका कूल एक हजार एक सय दुई घरधुरी बासिन्दाले प्रत्येक घर-घरमा शौचालय निर्माण गरेपछि पूरै लोहारपानी गाविसलाई खुल्ला दिसामुक्त गरिएको सरसफाई मूल समारोह समितिका अध्यक्ष एवम् गाविस सचिव यज्ञबहादुर भण्डारीले बताउनुभयो ।

गाविस सचिव यज्ञबहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा एकीकृत माओवादी दाङका सेक्रेटरी सुवास, कांग्रेसका कृष्णप्रसाद सुवेदी, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख केशवराज पण्डित, जिविस दाङका योजना अधिकृत बासुदेव गौतम, युनिसेफका राजेश सारुमगर लगायतले बोल्नुभएको थियो । सो अवसरमा गाउँ, टोल र क्लवले झाँकी तथा गीत नृत्यहरु प्रस्तुत गरेका थिए ।यसैबीच दाङका दुर्गम पहाडी गाविसहरुमध्ये सबैभन्दा पहिले खुल्ला दिसामुक्त क्षेत्र घोषणा सफल भएकोमा लोहारपानी गाविसलाई जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङले प्रोत्साहनस्वरुप १ लाख रुपैयाँ पुरस्कार प्रदान गरेको छ ।

बालबालिकालाई शैक्षिक सामग्री वितरण

-[दोर्ण केसी/दाङ]

दलित सेवा संघले विभिन्न गाविसमा रहेका अनौपचारिक बाल कक्षाका बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । बाल अधिकारका लागि शैक्षिक अभियान अन्तर्गत संघले शुक्रबार एक कार्यक्रमको आयोजना गरी बालबालिकालाई उक्त शैक्षिक सामग्री वितरण गरेको हो ।

संघले सेलड संस्थाको आर्थिक सहयोगमा गाविसमा रहेका अनौपचारिक कक्षाका बालबालिकालाई शैक्षिक सामग्रीसागै खेलकुद सामग्री पनि वितरण गर्दै आएको छ । संस्थाले तुलसीपुर नगरपालिकाको ८, ९ र १० नं वडामा १२ वटा कक्षा सञ्चालन गरी प्रति समूह २० जनाको दरले ३ सय ६४ जना बालबालिकालाई ६ महिने निःशुल्क अध्ययनका लागि आर्थिक सहयोग प्रदान गरेको छ । बालबालिकाको भविष्यप्रति जिम्मेवार भएर उनीहरुको इच्छा अनुसार विद्यालयमा शैक्षिक सामग्री बितरण गरेको संघले जनाएको छ । संस्थाले गाउ-गाउमा महिला समूह गठन गरी उनीहरुको जीवनस्तर माथि उठाउनको लागि वेमौसमी तरकारी खेतीको लागि सहयोग प्रदान गर्दै आएको छ । त्यत्ति मात्रै नभएर संस्थाले बालबालिकालाई विद्यालय पठाउने र महिला समूहको लागि प्रौढ कक्षा पनि सञ्चालन गर्दै आएको जानकारी दिएको छ ।

संघका अध्यक्ष इश्वरी विकको अध्यक्षता र जिल्ला शिक्षा कार्यालयका उप-सचिव ऋषिराम रिजालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जिविसका सुचना अधिकृत कृष्ण केसी, महिला विकास कार्यालयकी रश्मी पाण्डे संघका राजेन्द्र ताम्राकारलगायतले बोल्नुभएको थियो ।

जग्गा पास गर्ने महिलाको संख्यामा कमी

-[जनक नेपाली/दाङ]

जिल्ला मालपोत कार्यालय दाङमा आर्थिक वर्ष २०६६/६७  भन्दा २०६८ को जेठ मसान्तसम्ममा जग्गा पास गर्ने महिलाहरुको संख्यामा कमि आएको छ । जिल्ला मालपोत कार्यालय दाङले दिएको जानकारी अनुसार आर्थिक वर्ष ०६६/६७ मा ८ हजार ४ सय ६५ जना महिलाले आˆनो नाममा जग्गा दर्ता गराएका थिए । यी मध्ये ग्रामीणस्तरका ४ हजार ३ सय ६६ जनाले दर्ता गरेका छन् भने शहरी क्षेत्रका ४ हजार ९९ जना महिलाले आˆनो नाममा जग्गा दर्ता गरेको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार यसवर्षको जेठ मसान्तसम्ममा ५ हजार ७ सय २२ जना महिलाले आˆनो नाममा जग्गा दर्ता गरेका छन् । ती मध्ये ग्रामीणस्तरका ३ हजार ५ सय ८५ जना महिला रहेका छन् भने २ हजार २ सय ३७ जना नगरपालिका क्षेत्रका महिलाले आˆनो नाममा जग्गा दर्ता गरेको जिल्ला मालपोत कार्यालय दाङका प्रमुख भरतकुमार बुढाथोकीले जानकारी दिनुभयो । ग्रामीणस्तरका महिलालाई ३० प्रतिशत र नगरपालिका एवम् शहरी क्षेत्रका महिलालाई २५ प्रतिशत छुट दिने गरेको कार्यालय प्रमुख बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक वर्ष ०६२/६३ देखि सरकारले महिलालाई  आˆनो नाममा जग्गा पास गर्दा छुट दिने गरेको हो । पछिल्लो समयमा आर्थिक मन्दीका कारण जग्गाको कारोबार घटेपछि जग्गा दर्ता गर्ने महिलाको संख्यामा कमी आएको बुढाथोकीले बताउनुभयो ।

मलको व्यवस्था गर्न किसानको माग

सौडियार/रासायनिक मलको लागि परिचय-पत्र दिएर समयमा सजिलै मल पाउने व्यवस्था गर्न किसानहरुले सरकारसाग माग गरेका छन् । नेपाल पत्रकार महासंघ दाङको आयोजना र सौडियार गाविसको सहयोगमा गत मंगलबार सौडियारको पक्वै खेतमा भएको कार्यक्रममा राज्यले किसानलाई सहुलियत दिनुको साटो मलमा दलाली गरेर घुस खाने गरेको आरोप लगाएका थिए ।

भारतबाट ल्याउदा सजिलो हुने नेपालको प्रहरीले मल कब्जा गरेर पैसा कमाउने किसान भने ठगिरहने यो कहिलेसम्म ? उनीहरुले प्रश्न गरे । कि त समयमा मल देऊ होइन भने ल्याउन देऊ खेतका आलीबाट सरोकारवालाहरुलाई औंला ठडाउदै उनीहरुले भने । कार्यक्रममा जनतालाई जवाफ दिन गएका कृषि सामाग्री कम्पनी लिमिटेडका प्रमुख तिर्थ न्यौपानेले युरिया पचास प्रतिशतसम्म दिन सकिएपनि डिएपी भने भन्न नसकिने बताए । असारको दोस्रोे सातासम्म मल आइपुग्ने उनको भनाई थियो । कार्यक्रमका प्रमुख अतिथि किसान ठाकुरराम चौधरीले नेतालाई धन, जन, मन चाहिए जस्तै किसानलाई मल, विऊ र सिंचाईको जरुरी हुने बताए ।

मल भित्र्याउदा बाटोमा सताउने र पैसा असुल्ने गरेको तर प्रशासनले केही मतलव नगरेको भन्दै जनताले आक्रोश पोखेका थिए । नेपाल पत्रकार महासंघका अध्यक्ष केएल पीडितको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एकीकृत नेकपा माओवादीका सेक्रेटरी सुवास पुन, नेपाली कांग्रेसका कमानसिं भारती, नेकपा एमालेका मनोहर वुढाथोकी लगायतको उपस्थिति रहेको थियो सविन पि्रयासनको सञ्चालन रहेको कार्यक्रमको स्वागत गाविस सचिव सूर्यप्रसाद वेल्वासेले गरेका थिए । कार्यक्रमको निष्कर्ष उपाध्यक्ष नरेन्द्र केसीले गर्नुभएको थियो ।

हुरीले ३ वटा विद्यालयमा क्षति

सल्यान/बिहीबारको हावाहुरी र वष सल्यानका तीनवटा विद्यालयमा कर्कटपाता उडाउनुका साथै कार्यालय र कक्षा कोठामा क्षति पुर्‍याएको छ । हावाहुरीले थारमारे-६ थाराचौरमा रहेको जयशान्ति प्राथामिक विद्यालयको छाना उडाएको छ । विद्यालयको छाना हुरीले उडाएपछि पानीले कार्यालयका सम्पूर्ण कागजात भिजाएकोे विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उदय डिसीले जानकारी दिनुभयो । यसैगरी निमावि स्यानीजिमालीको २ कोठे भवनको कर्कट पाता हुरीले उडाएर क्षतविक्षत बनाएको छ भने कालिका प्राथमिक विद्यालय बडागाउँको कर्कटपाता पनि हुरीले उडाएको छ । विद्यालयको छाना हुरीले उडाएपछि कक्षा ४ र ५ का विद्यार्थीहरु खुला आकाशमुनि बसेर पढ्न बाध्य भएको प्रधानाध्यापक प्रकाश विकले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *