हाम्रो भविष्य के हुने ?

  
  प्रकाशित मितिः मङ्लबार, जेष्ठ ३१, २०६८       | 133 Views   ||

पुरानो सडेगलेको सामन्ती राज्यव्यवस्थालाई ढालेर आमुल परिवर्तनसहितको नयाँ राज्यव्यवस्था स्थापना गर्नको लागि तत्कालीन नेकपा माओवादीले २०५२ साल फागुन १ गतेका दिन जनयुद्ध शुरु गरेको हाम्रो दिमागबाट डिलिट भएको छैन । आम गरीब दुःखी असहाय, अशक्त एवम् वर्गीय विभेदलाई अन्त्य गरेर नयाँ सत्तासँगैका नयाँ दिनहरु ल्याउनकै लागि १० वर्षे जनयुद्धको कालखण्डमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका हजारौँ बुवा आमाका होनहार कलिला छोराछोरीहरुले रगतको खोलो बगाएको, सुनौला जीवनहरु युद्ध मैदानमा दान गरेको इतिहास हाम्रो अगाडि ताजै छ ।

त्यस्तै आˆना शरीरका अति संवेदनशील अङ्गहरु युद्धको बलिवेदीमा चढाएको तितो यथार्थ हामी सबैको सामु घामझैँ छर्लङ्ग देखिएको छ । हजारौँ महान् योद्धाहरु राज्यद्वारा बेपत्ता बनाएको इतिहास पनि छ । यसर्थ देशलाई बदल्नुको निमित्त र राष्ट्रलाई चिनारी दिनकै लागि आज शहीद, घाइते  र बेपत्ताजनहरु क्रान्तिका साक्षी र गहना बनेका छौँ । यो क्रान्तिको गुदीकै पक्ष हो । हामीले यो चीजलाई कदापी बिर्सनु हुँदैन । यदि हामीले गुदी पक्षलाई बिर्सियौँ भने शहीद, घाइते र बेपत्ताहरुको ठूलो अपमान हुनेछ । त्यतिमात्र नभएर क्रान्ति र मुक्तिको लागि पार्टी नेतृत्व, कार्यकर्ता, पत्रकार, बुद्धिजिवी, शिक्षक, कर्मचारी र आम सबै सबै नेपाली जनताले बलिदान त्याग र तपस्या गरेको सत्य तथ्य प्रमाणलाई हामी सबैले आत्मसाथ गर्नैपर्छ । त्यसैको प्रतिफलस्वरुप १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनबाट देशमा ठूलो परिवर्तन भयो । परिवर्तन नचाहने र जनतालाई हतास बनाउने सबैखाले वर्गवैरीहरु नै हायलकायल र थर्कमान भए । जनयुद्ध लडेर आएको पार्टी माओवादी सरकारमा जान सफल भयो ।

पार्टीले सरकारको नेतृत्व लिएपछि आम शोषितपीडित जनतालगायत जनयुद्धका घाइतेहरुमा नयाँ आशाका पालुवाहरु पलाएका थिए । विडम्वना आˆनै पार्टीको सरकार हुँदा पनि जनयुद्धमा घाइते भएका योद्धाहरुका सामान्य मागसम्म सरकारले सम्बोधन गर्न सकेन । घाइते योद्धाका जल्दाबल्दा समस्याहरु यथास्थितिमा रहिरहे । अरुलाई यथास्थितिबाट माथि उठ्न सकेनन् भन्दाभन्दै कतै आफै पनि यथास्थितिकै भासमै पो हराउने अवस्था भयो कि ? सत्ता वा कुर्सीमा पुगेका नायक र सक्षम व्यक्तिहरुको जीवन त राम्रैसँग बित्ला । सपाङ्ग साथीहरु पनि सेनामा समायोजन हुनुहोला तर हामी घाइते योद्धाहरु र अर्धटुहुरा बालबच्चाको भविष्य अब के हुने हो ? अब हामी कता जाने ? यो परिवर्तन, लडाइ सबै-सबै सत्ता, कुर्सी र एकाध व्यक्तिहरुको परिवर्तन त हुने होइन ? गम्भीर प्रश्न बनेको छ । यसको स्पष्ट जवाफ हामीले खोजेका छौँ र दिनु पनि पर्छ ।

बलिदान आम सर्वहारा वर्गको मुक्तिको लागि हो भन्ने कुरा बुझ्दा बुझ्दै कतै हाम्रो हविगत २०२८ साल र २०४६ सालका घाइतेहरुको जस्तो हुने त होइन ? उसो त हाम्रासामु इतिहास ताजै छन् । सानै भएपनि यसअघिका जनक्रान्ति र जनआन्दोलनमा घाइते भएकाहरुको जस्तै अवस्था हुने हो भने हाम्रो रगतले लतपतिएका अनुहारहरुलाई कसैले छुट दिन सक्ने छैन । आज शान्ति र संविधान निर्माणको विषयलाई लिएर पार्टीभित्र ठूलै भुइँचालो जाला भन्ने गरी ठूला-ठूला बहस भएका छन् । सही विचारको सवालमा क्रान्तिकारी पार्टीभित्र सङ्घर्ष हुनु राम्रो हो । त्यसले पार्टी क्रान्तिलाई जिवित पनि राख्छ । तर, नाममात्रको विचारको सवाल बनाएर पद, कुर्सी र व्यक्ति/समूहगत स्वार्थलाई लिएर अस्वस्थ प्रकारको बहस गर्नु भनेको हिजाका सपनाहरु तुहाउनु र पार्टी/क्रान्तिलाई सिध्याउनु हो । निजी स्वार्थ र पदलोलुपताका कारण यत्रो वर्ष सङ्घर्ष गरेर प्राप्त उपलब्धिहरु गुम्ने हुन् कि भन्ने ठूलो खतरा छ । हिजोको बलिदान कुर्सी र सत्ताको लागि, चिल्ला गाडीमा सयर गर्नका लागि होइन, न्याय, मुक्ति र स्वतन्त्रताका लागि हो । त्यसैले यो वा त्यो विचार/लाइनको बहाना बनाएर पार्टीलाई फुटाउन पाइँदैन ।

सी.पी. शर्मा (घाइते योद्धा)
जनमुक्ति सेनाको घाइते शिविर संक्राम दाङ

 

One Comment

  • Dhana Bahadur Ghisisng

    नेपाली जनताको रगतमा खेल्ने कोहि कसैलाई छुट छैन साथी । हामी एकहुनर्ुपर्छ ।र्घाईतेहरु र सहिदका सपनालाई साकार पर्नु पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *