पत्रकारहरुप्रति

  
  प्रकाशित मितिः सोमवार, असार ६, २०६८       | 235 Views   ||

– [गिरीराज शर्मा]

कहिले पनि
सुखद हुन सकेनन
यी मिडियाहरु
कुनै तन्त्रमन्त्रले पनि
विशेक गर्न सकेनन
सुकेनासका भाइरसहरु
निरन्तर फैलिइरहे

सोचाई आउँछ
निरर्थक बितेछन
साठी बसन्तहरु

कहिले रोग व्याधाले मर्छन
कहिले आक्रमणमा पर्छन
निहत्था पत्रकारहरु
आन्दोलनको बुँदा
सधैँ प्राथमिकतामा परेको
पत्रकारको नियति
आवेगमा- मिठा आश्वासनहरु बाँडेर
नानीहरुलाई भुलाएझैँ
थाङ्नामा सुताउँछन
सत्ताका कुर्सीहरु
रुघा काँसोमा
बैङ्कक अमेरिका हिड्छन
भर्पाइका तालुकदारहरु

भोकभोकै-देशको कुरा लेख्दा
किन तिलमिलाउँछन यथास्थितिहरु ?
सत्ताको आडमा
कलम भाँच्न खोज्छन
कलम जलाउन खोज्छन
कतै पढेनछन
तरबारभन्दा कलम बलियो हुन्छ भनेर
कतै सोचेनछन समयले लघार्छ भनेर ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *