-[नवीन लोचन मगर]
परेला पन्छाउँदै गहभरि
छचल्किन्छ उसको भविष्य
झर्दै गरेका पीडाका थोपाहरुलाई
घुटुक्क पिउन अर्काको कठालो समाई
तम्सिरहेछन् एक जोडा भ्रमित आँखा
झिलमिल बनाउन जोडी दर्पण
दृष्टिको पर्दामै हिलो छ्यापिरहेछन् कोही-कोही
परन्तु, फुत्त-फुत्त झरिरहन्छन् र र्झन विवश छन
बलेन्द्री झैँ केही थोपाहरु
सपक्क पुछ्दै चारै प्रहर जाग्राम उभिएका
शिथिल र अर्धचेत परेलाहरु
आफ्ना पुराना जिजिबिषा छोडी
चिसो रात मरेको खबर फैलाउन
मात्र सपनाका आइसक्रिम चुसिरहेछन ।
झर्दै गरेका आँसुका थोपाहरु
एकाएक हत्केलामा टक्क अडिन्छन
चरचरी फुटेको हत्केला बन्छ उसको सहारा
छरिन्छन् हत्केलाको चारैतिर विवशताका आँसु
भरिन्छ आँसुको वरिपरि लाचार हत्केला
अनि भन्छ आँसुले राष्ट्रको नैतिकतालाई हेर्दै
रुँदै र भक्कानिएको छाती पिट्दैम
हाँसोमा कहिले आउने ?
अनि सोध्छ हत्केलाले
सुस्तामा दुखिरहेको मौन चेहराको भाव बुझ्दै
आँखा पुछ्दै र सराप्दैम
दुई औँलाको चुट्की पट्काएर कहिले नाच्ने ?
अनि प्रश्न गर्छ ओभाउँदै गरेको आँखाले
लिङरिङ्ग राजनीतिका खप्परहरुलाई
मैले चैनको मानवता कहिले भेट्ने ?
जब सबका दिमागहरुले
निस्पिmक्री सोच्न पाउँछन
र सोचाईका वास्तविकताहरु
निर्वाध कर्ममा हिड्न पाउँछन
तब मानव खप्परहरु स्वचालित हुन्छन
मान्छे समयको आदेशमा कुद्न अभ्यस्त हुन्छ
अनि नजरहरुले बेपत्ताको यात्रा जानु पर्दैन
आँखाका नानीहरु मोहरीभित्रको धमाका बन्नु पर्दैन
आँसुका थोपाहरुले झर्नै परेपनि
लोचनका दर्पण हटाउनु पर्दैन
र हत्केलाहरु मर्नै परेपनि
अपमानको सेतै लुगा ओढ्नु पर्दैन
अनि मात्र पैतलाहरु नाङ्गै घसि्रएपनि
काँडाहरुको आँत सुक्दै गर्छ
साधुहरु कान्लै झरेपनि
उनको मानवतामा सद्दे लोकतन्त्र हाँस्छ ।
गजल
-[पोषण विवश रोका]
कस्तो नियत सच्चा बन्न गर्नैपर्ने गाली यहाँ
उद्यान एउटै बन्न खोज्छन् हजार माली यहाँ ।
कर्मठ इमान्दारलाई पार लगाई हाल्दा रै’छन
जसले जाल बुन्न जान्यो उतैतिर ताली यहाँ ।
संरक्षण र विकास निर्माण कुन चरीको नाम हो कुन्नी
भत्काउने र बिगार्नेको होडबाजी खाली यहाँ ।
चारैतिर नातावाद घुसपैठको माहोल छ
माटो नै खराब भए सप्रन्थ्यो कहाँ बाली यहाँ ।
धेरै छाँट्यौ दर्शन तर व्यवहारमा शून्य छायो
होसियार न्यायप्रेमी बस्दैन मुख टाली यहाँ ।
झेनाम-७ खलिवाङ, रोल्पा