-[यज्ञबहादुर डाँगी]
सबैतिर
मैमत्त बोकाहरुको गन्ध फैलिरहेछ
लैजाऊ
सालिन खसी बनाएर देऊ
सविस्तार सशक्त बनाएर
हुर्काउछौँ हामी ।
गुट-उपगुटका बीच
हाम्रा दिलका इँट्टाहरु फुटिरहेछन लैजाऊ
नफुट्ने गरी जोडेर देऊ
हामी बलियो भित्ता बनाउछौँ
आफ्नो दिलको ।
अनिश्चित समय छ क्षितिजमा
लैजाऊ
निश्चित बनाएर देऊ
सार्थक परिवर्तन छाइदिन्छौँ त्यसमा ।
उचाई घटिरहेछ क्रान्तिमा
लैजाऊ
ताजा उचाई थपेर देउ
सगरमाथा बनाइदिन्छौ हामी ।
हामीबाट अर्थात
जनताबाट लेऊ र जनतालाई देऊ
हाम्रो अर्थात जनताको
सार्थक घर हौ तिमी
घर-
जनरुचिको रङ मिलेन भने
घरमा बल्न सक्दैन आगो
चल्न सक्दैन घर
र, फेरिन सक्छ त्यसको थर
निरन्तर-निरन्तर सरुपमा
सजीवता थप्दै जाऊ
आफ्नै घरसँग
विनम्र अनुरोध छ हाम्रो ।
२०६८ असार २२