यो सरकार हाम्रो होइन

  
  प्रकाशित मितिः मङ्लबार, असार २८, २०६८       | 222 Views   ||

-[हिरामणि दुःखी]

‘टिर्लिङ टिर्लिङ…… टिर्लिङ टिर्लिङ’ मोबाइलको घण्टी बज्छ । कहिले सेभ भएको र कहिले सेभ नभएको नम्बरबाट फोन आउँछ । हत्तपत्त म मोवाइल उठाउँछु ।

‘हजुर’ । ‘को बोल्नुभएको ?’

मेरो प्रश्न नटुङ्गिदै उताबाट प्रश्न आउँछ- ‘हजुर … सर होइन ?’

‘हो, बोल्दैछु, के काम थियो होला ? को बोल्नु भएको होला ?’

म अलि असहज पारामा भयमिश्रति भावमा प्रश्न गर्छु । जनयुद्धको भीषणकालमा सेना पुलिसको घेराबन्दीमा रहँदा पनि मलाई कुनै प्रकारको डर वा आतङ्कले छोएन । तर यतिखेर कुनै कुनै फोनहरूले आतङ्क बोकेर आएका हुन्छन् । आˆनो बसमा नभएको काम कसरी पूरा गरिदिने भन्ने कुराले मलाई आतङ्कित पार्छ ।

‘सर नमस्कार, अभिवादन, लालसलाम, म फलानो बोल्दैछु सर, चिन्नु भो ?’ अलिकति याचना र अलि बढी आशा भावमा उताबाट केही कुरा गर्ने मनसायले आवाज आउँछ । उताबाट आउने फोनको आवाजमा नमस्कार, लालसलाम वा अभिवादन तीनवटै प्रकृतिका अभिवादनका सम्बोधन आउँछन् । म यताबाट सोही प्रकृतिको आभिवादन फर्काउँछु ।

‘सर कता हुनुहुन्छ ?’ मेरो स्थानको जानकारी लिनुको आसयप्रति म सहजै लख काट्न सक्छु । उताको प्रश्नको आशय म काठमाडौमै भएको होस भन्ने पाउँछु । ‘म काठमाडौमै छु’ मैले सहज भावमा उत्तर दिन्छु । सायद मेरो उत्तरले फोनकर्तालाई सन्तुष्टि दियो होला । त्यसैले उताबाट कुराको पोयो फुक्छ- ‘केही कुरा गर्नु थियो सरसँग ।’ ‘भन्नुस् के थियो होला’ मैले यताबाट जवाफ दिन्छु ।

‘सर गृहमन्त्रालयमा भनसुन गरेर कतै पुलिसतिर, अनुसन्धानतिर वा कतै केही मिलाइदिनु हुन्थ्यो कि ? भाइछोराहरू बेरोजगार भए, यतिबेला हाम्रो सरकार र हाम्रै मन्त्री भएको बेला केही मिलाइदिनु हुन्थ्यो कि ?’ ‘खोई के छ, म बुझुँला, मलाई त थाहा छैन । मैले मन्त्रीलाई भेटेको पनि छैन । फेरि यस्तो काममा हाम्रो त केही लाग्दैन, तैपनि म बुझुँला ।’ मैले असाध्य असहज पारामा निकै जोखेर उत्तर दिन्छु ।

‘टिर्लिङ टिर्लिङ…. टिर्लिङ टिर्लिङ’ मोबाइलको घण्टी फेरि बज्छ उस्तै परिचित अपरिचित नम्बरबाट । म फोन उठाउँछु निरन्तर सहजअसहज भावमा । परिचित आवाज आउँछ- ‘सर, लालसलाम ।’

‘हजुर लालसलाम ।’ अभिवादनको आदानप्रदान हुन्छ र केही क्षण सञ्चो विसन्चो र थोरै एकापसका दिनचर्याका कुरा भएपछि उताबाट केही अनुरोधयुक्त कुरा शुरु हुन्छ । ‘सर अहिले त सञ्चार मन्त्रालय हाम्रै छ क्यारे कुनै सञ्चार संस्थाहरूमा जोडिन पाए हुन्थ्यो, हामीले भन्ने र अनुरोध गर्ने ठाउँ त सर नै हो । हाम्रो अरु को छ र, हामीलाई राम्रोसँग चिन्ने पनि सर नै हो क्यारे । लौ न केही भनसुन गरिदिनु पर्‍यो सरले ।’

फेरि फोनकै घण्टी बज्छ टिर्लिङ टिर्लिङ… । फोन उठाउँछु । ‘सर अहिले फलानो फलानो मन्त्रालयअन्तर्गत आन्तरिकरूपमा सरुवाबढुवा भइराखेको छ रे, लौ न सरले मन्त्रीलाई भनेर मेरो/फलानाको सरुवा मिलाइदिनु पर्‍यो ।’ अर्को फोन आउँछ- ‘सर फलानो-फलानो ठाउँमा भ्याकेन्सी खुलेको रहेछ मैले इग्जाम दिन थालेको छु मन्त्रीमार्फत् जागिर मिलाइदिनु पर्‍यो ।’

दिनमा कमसेकम सालाखाला दुई तीन वटा यस्ता फोनहरू आइरहन्छन् । मैले भन्न मिल्ने जतिलाई जागिर मिल्ने वा नमिल्ने, सरुवा हुने वा नहुने परिस्थितिका बारेमा उसले बुझ्ने र पचाउन सक्ने जति यथार्थ कुरा भनिदिन्छु । कसैलाई हुन्छ के कसो रहेछ म बुझुँला भनेर टारिदिन्छु । ती फोन गर्नेहरू मेरो जवाफबाट कति सन्तुष्ट हुन्छन् वा हुँदैनन् मलाई थाहा छैन । उनीहरू पक्कै पनि यसले त मिलाउन सक्छ भनेर आश्वस्त भएर बस्छन् वा सामान्य औपचारिकता पूरा गरेरै सन्तुष्टि लिन्छन् त्यो पनि बुझ्न सक्दिन । कसै कसैले त यतिसम्म पनि भन्न र जिकिर गर्न भ्याउँछन् ‘सरको केन्द्रका ठूल्ठूला नेतासँग राम्रो सम्बन्ध छ नि त हामीलाई थाहा छ, तपाईले त पार्टीका शीर्षनेताहरू सबैलाई भन्न सक्नुहुन्छ । अहिले हाम्रा मन्त्री भएको बेला मेरो यत्ति काम पनि गर्दिन सक्नुहुन्न र ? जसरी पनि गरिदिनु पर्‍यो ।

‘कोही जागिर खोज्ने, कोही सरुवा मिलाउने, कोही बढुवा माग्ने, कोही छोराछोरीलाई सरकारी कोटामा उच्च शिक्षा पढ्ने वातावरण मिलाइदिने, आदि इत्यादिका लागि फोनहरू आइरहन्छन् । त्यसरी फोन गर्नेहरू पार्टीका चवन्नी सदस्यदेखि राज्यतहसम्मका हुन्छन् भने कोही आˆना नाता, गोता, इष्टमित्र, साथीभाई र दौँतरीहरू हुन्छन् । त्यसैगरी कोही चुनावमा पार्टीलाई भोट हालेको साइनो लगाएर लिफ्ट माग्नेहरू पनि हुन्छन् । चुनावमा पार्टीलाई भोट दिए/दिएनन् त्यसको साक्षी त ऊ स्वयम् बाहेक अरु कोही पनि छैन र हुँदैन पनि तर, लिफ्ट माग्नेहरूको क्षेत्रमा हामै्र पार्टीले जितेको हुनाले भोट हालेकै होला भन्नुपर्ने नै हुन्छ ।

जे होस् हामीबाट बेरोजगारहरूले रोजगारको आशा गर्नु, अपायक परेकाहरूले पायकको चाहना गर्नु, छोराछोरीहरूलाई सरकारी कोटामा राम्रो शिक्षा दिलाउने व्यवस्थाको चाहना गर्नु अस्वाभाविक होइन र यो कुनै गल्ती कार्य पनि होइन । समस्या त हामीलाई पो पर्छ । न त सेवाग्राहीहरूले चाहेको कुरामा आफै फटाफट मिलाउन सक्ने हामीसँग कुनै जिम्मा र अधिकार हुन्छ न त हामीले भनेको कुरा मन्त्रीहरूले फटाफट सहजरूपमा मिलाउन सक्छन् र गर्छन् । न त हाम्रो र हाम्रा मन्त्रीहरूका बीच नेता र कार्यकर्ताबाहेक कुनै गोरु बेचेको साइनो नै पर्छ । न त यो संसदीय व्यवस्थामा सोझा, सिधा र इमान्दार कार्यकर्ताहरूको कुनै महत्व नै हुन्छ ।

निबन्धकार भैरव अर्यालले उहिल्यै भनेका थिए ‘सोझा र सज्जन कवै नलिनु दलैमा, पार्टी चलाउनु सधैँ छल औ बलैमा ।’ यो व्यवस्था भनेको सामन्त, सुदखोर, भ्रष्टाचारी, दलाल, नोकरशाह, फटाहा, लुटेरा, गुण्डाहरूको मात्र हालिमुहाली चल्ने व्यवस्था भएकाले यहाँ ढाँटछल, तिगडमबाजी, धूत्र्याइँ, झुठा आश्वासन बाँड्ने कुरा मात्र हुन्छ । यदि कसैले गर्न चाहे पनि यसले समग्र जनता र देशका बारेमा सोच्न त्यसअनुसार काम गर्न नै दिदैन । भित्रभित्र सबैभन्दा पहिले आˆना परिवार, नाता कुटुम्ब र आफन्तहरूलाई सेवा सुविधा र अवसर मिलाइसकेपछि मात्र आफ्नो चाकडी गर्न आउने, अलिकता कोशेली बुझाउन सक्ने जस्ताहरूले अवसर पाउने हुन्छ । किनकि यो व्यवस्था भनेको जनताको व्यवस्था नै होइन । तसर्थ मलाई फसाद पर्छ, के भनूँ के नभनूँ । म दोधारमा पर्छु ।

अझ त्यसमा पनि अहिलेको सरकार खिचडी भएको र माओवादीको हिस्सा एकतिहाइ भाग मात्र भएकाले जनताका अपेक्षा सबै पूरा हुन सक्ने कुरै भएन । त्यसमा पनि थपिएको अर्को समस्या भनेको माओवादी भित्रकै विभिन्न विचार समूह भएकाले पनि हाम्रा कुरा सबैले सुन्ने कुरै भएन । कतिपय मन्त्रीहरूले त हामीलाई विरोधी पार्टीका कार्यकर्ताभन्दा पनि टाढाको ठान्छन् । तिनीहरूले हाम्रो कुरा सुन्ने त कुरै भएन, हामीसँग बोल्दा पनि छोइछिटो होलाझैँ गर्छन् । कसरी फोन गर्नेहरूको अपेक्षा हामीले पूरा गर्न सक्छौँ ?

पार्टीभित्रका समस्या सबैसँग भन्दै हिड्नु पनि भएन, हरेक फोनकर्तालाई समस्याको फेहरिस्त सुनाउनु पनि भएन । उनीहरूले कति ठूलो आशा राखेर फोनमा वचन खर्च गरेका हुन्छन् आफूले दाँतैमा ठूलो ढुङ्गा लगाइदिनु पनि त भएन । त्यसैले सामान्य औपचारिकतामै सहज भावमा जवाफ दिने गर्छु ‘हुन्छ म कोशिस गरुँला ।’ वास्तवमा यो व्यवस्थामा हामीले जति सहजभावमा जवाफ दिने गर्छौँ, यथार्थमा त्यसो हुँदैन । किनकि यो व्यवस्था भनेकै जनताको वर्गको नभएर शासकवर्गको हो । यहाँ तिनीहरूकै आदेश चल्छ र मन्त्रीहरूले गर्ने सेवा पनि केही अपवादलाई छोडेर उनीहरूकै मात्र हो । तसर्थ मेरो निष्कर्ष छ- ‘यो व्यवस्थामा जनताको काम हुन्छ भनेर आशा गर्नु भनेको ढुङ्गा फल्ने कल्पना जस्तै हो ।’

6 Comments

  • Mero mutu

    हिरामणि दुःखी ज्यू मैले तपाइको लेख पढेँ र केही लेख्न मन लाग्यो ।

    तपाई जस्तो क्रान्तिकारी नेताले यस्तो तल्लो स्तरको कुरा लेख्नु लाजमर्दो कुरा हो । तपाइको पार्टी सरकारमा छ, तपाईजस्तै नेताहरु मन्त्री भएका छन्, हिजो दुनियालाई तपाइहरुले आशा देखाउनु भो, आज दिने ठाउँमा पुगेको बेला दुई चार जनाको फोन आउँदैमा मिडियामा यस्ता कुरा लेखेर तपाई आफ्नो विश्वास गर्ने तपाईका जनतालाई निरास बनाउदै हुनुहुन्छ । तपाईले के का लागि दुनियालाई हिजो आशा बाँड्नु भो र अहिले आफूले खाना पाएपछि अरुलाई निरासा बाँड्दै हुनुहुन्छ ??
    साँच्ची तपाई आफू मन्त्री भएको भए वा अरु कुनै गतिलो ठाउँमा नियुक्ति पाएको भए मात्र यो तपाइको सरकार हुन्थ्यो ? तपाइका पार्टीका नेताहरु मन्त्री भएको बेला तपाइ कार्यकर्ता भएको हिसाबले जनतालाई केही सहयोग गर्नुपर्दैन ??
    छिः छिः मलाई तपाइहरुको, तपाइका नेताहरुको र तपाइका गुटहरुको र तपाइका पार्टीको क्रान्तिकारीता देखेर मलाई उल्टो लाज लाग्यो ।

    तपाइको नियमित पाठक
    मेरो मुटु

    • mero dhadkan

      Mutu jee! tapai pani kunai gut le prerit maoist kai cadre ho jasto lagyo malai ta. natra yesari euta mutu le arko mutu jalaune gari comment audainathyo. haha…
      Tapai kati gutgat chetana ko hunuhudo rahe6 vanne kura thaha vayo. haha.
      Maobadi party nai yesari khaldo ma vasidai garira6 afnai kalaha le thaha 6aina tapaiharu lai yeti kura.

  • hari

    हो हो धेरै गफ उडाउने ठुला फुर्तिलाउने नेताज्युहरुका तौल अहिलेको गटवन्दिले देखाईदियो । सवै भन्दा खुशी यो मानेमा लागेको छ । हिजो हाई हाई गर्ने थरर थर्काउनेहरु अव मुख देखाउन पनि धौ होला जस्तो भयो । चिया गफमा पनि छि गर्ने गरी नेताहरु भाग वण्डा, पद प्रतिष्ठा, न्युक्ति, मनोनोयन आदिमा नगिरेको भए राम्रै हुने थियो ।

  • Mero mutu

    धड्कन जी,
    झण्डै साथीहरुको लहलहैमा माओवादी हुन लागेको म अहिले १२ वर्षअघिको आफ्नै उरन्ठ्याउलो उमेरको हुँदाको दिन सम्झेर हाँसिरहेको छु । त्यतिबेला माओवादी भएको भए सायद आज म तपाइजस्तै एउटा गुटको पक्षमा अर्को गुटलाई सत्तोसराप गर्दै हिडिरहेको हुने थिएँ ।
    मैले त गुटको कुरा होइन, तपाइको जस्तो रद्दि, कुहिएको माऊको अण्डाजस्तै पार्टीकै कुरा गरिरहेको छु- एकपटक तपाई आफ्नै पार्टीतर्फ फर्किएर हेर्नुस त तपाइको पार्टीका नेताहरु मन्त्री हुनलाई मरिहत्ते गर्छन्, मन्त्री भएपछि जनताले गरेको आसामाथि निरासा थोपर्छन् । तपाईकै पार्टी होइन, हिजो कांग्रेस एमालेलाई संसदीय दल भन्दै गाली गर्ने ? अहिले तपाईको पार्टीको संसदीय खेल कति मज्जाको छ त्यो पनि मैले भन्नुपर्छ र ? तपाईका जनताको कुरा पूरा गर्न नसकेपनि कांग्रेस एमालेले आफ्ना जनताको मन त जितेको थियो, तपाइको पार्टीको त के कुरा गर्नु ?

    बरु लेखक ज्यू नै कुनै गुटबाट प्रेरित हो भने मलाई भन्नु केही छैन । नत्र माओवादी नेताले अहिले यो भनेर सुहाउने कुरा होइन । केही गर्न सक्नुहुन्न, यो सरकार तपाईको होइन भने कसले सरकारमा बसिरहनुस् भनेको छ र ? सरकार छोडिदिनुस्, तपाईजस्ता दल संविधानसभामा दुई दर्जनै छन् । के तपाईहरुले मात्र सरकारमा बस्नपर्छ भन्ने लेखेको छ र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *