किन नेपाली अर्थतन्त्रको वृद्धिदर न्यून हुन्छ ?

  
  प्रकाशित मितिः आइतवार, साउन १, २०६८       | 115 Views   ||

-[तारा न्यौपाने]

सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण ०६७/०६८ ले देशको आर्थिक वृद्धिदरको बारेमा सार्वजनिक गरेको तथ्याङ्कलाई लिएर घोत्लिनुपर्ने बेला भएको छ । यो वर्ष नेपालको वृद्धि ३.५ प्रतिशत कायम हुने कुरा आर्थिक सर्वेक्षणमा उल्लेख छ । यो आर्थिक वृद्धिदर आर्थिक वर्ष ०६७/६८ को बजेटले लिएको लक्ष्यभन्दा १ प्रतिशतले कमी हो भने त्रिवषर्ीय योजनाले लिएको लक्ष्यभन्दा २ प्रतिशत कम हो । त्रिवषर्ीय योजनाले हरेक वर्ष आर्थिक वृद्धिदर ५.५ प्रतिशत कायम हुने लक्ष्य निर्धारण गरेको थियो । यो नेपालको आर्थिक वृद्धिदर दक्षिण एसियाली राष्ट्रहरूको भन्दा सबभन्दा कम हो ।

छिमेकी राष्ट्र भारत र चीनसँगको नेपालको ३.५ प्रतिशत आर्थिक वृद्धिदर तुलना गर्न सुहाउँदैन किनकि ती दुवै राष्ट्रको आर्थिक वृद्धि १० प्रतिशतको हाराहारीमा रहेको छ । नेपालले ०६७/६८ को आर्थिक वर्षमा २ वटा क्षेत्रमा मात्र सामान्य उपलब्धि हाँसिल गरेको आर्थिक सर्वेक्षणमा मात्र पाइन्छ । यो उपलब्धि सडक निर्माणमा भएको छ । सडक निर्माणतर्फ यो आर्थिक वर्षमा ३ सय २६ किलोमिटर हुन सकेको छ भने पर्यटक आवागमनमा अघिल्लो वर्षको तुलनामा सालाखाला १८ प्रतिशतले वृद्धि भइसकेको छ । यसबाहेक अर्थतन्त्रको कुनै पनि परिसूचकहरू सकारात्मक रहेको पाइदैन । त्यसो त अर्थतन्त्रका परिसूचक सकारात्मक हुन नसकेका कारणले गर्दा नै समग्र आर्थिक वृद्धिदर ३.५ प्रतिशतमै खुम्चिन पुगेको हो । यो आर्थिक वर्षमा मात्र नभई नेपालमा ०५९/६० को आर्थिक वर्षदेखि अहिलेसम्म कुनै पनि वर्षमा अपवाद ०६४/०६५ लाई छोडेर कुनै पनि वर्ष ४ प्रतिशतभन्दा माथि आर्थिक वृद्धिदर हुन सकेको छैन । आर्थिक वर्ष ०६४/६५ मा ५.८ प्रतिशत आर्थिक वृद्धिदर कायम भएको थियो । त्यो वर्ष कसरी त्यति बढी आर्थिक वृद्धिदर कायम हुन सक्यो भन्ने बारेमा यकिन विवरण पाउन नसकेपनि माओवादी शान्तिप्रक्रियामा आएको कारण देशमा शान्ति छाउने र कुनै किसिमको अवरोध पैदा नहुने अर्थतन्त्र विकासको लागि अनुकूल वातावरण बन्ने आत्मविश्वासले सो आर्थिक वृद्धिदर कायम भएको अनुमान लगाइन्छ । त्यो वर्ष अपवादलाई छोडेर ०५९/६० यताको आर्थिक वृद्धिदरमा ४ प्रतिशतको घेरा नाघ्न नसक्नाले नेपालले अवलम्बन गरेको आर्थिक विकासको ढाँचा, नीति नियमको बारेमा एकपटक बहस चलाउनुपर्ने आवश्यकता देखिन्छ ।

छिमेकी देशहरूको १० प्रतिशतको हाराहारीमा अर्थतन्त्र वृद्धि भएको अवस्थामा नेपालको भने ४ प्रतिशतको घेरा नाघ्न नसुन्नुको पछाडि निश्चितरूपमा हामीले अवलम्बन गर्दै आएको आर्थिक ढाँचा, विकासको खाका र आर्थिक विकासको लागि बनाइएको नीति नियम नै कतै विकासको बाधक त बनिरहेका छैनन् भन्ने बारेमा बहस चलाउन आवश्यक छ । यदि बाधक बनेका छैनन् भने किन हामी विकासको हिसाबले हरेक वर्ष पछाडि पर्दै गएका छौँ ? के हाम्रो आर्थिक विकासको लक्षित वर्ग र क्षेत्र नै किटान गर्न नसकेर यो अवस्था सिर्जना भएको त होइन भन्ने बारेमा पनि बहस चलाउन आवश्यक छ । अहिले देशमा वृद्धि भएको ३.५ प्रतिशत पनि कृषि उत्पादनमा अनुकूल मौसमका कारण भएको मनग्य वृद्धिले गर्दा भएको कारणले मात्र हो । कृषि उत्पादनमा ४.१ प्रतिशत वृद्धि भएकाले नै समग्र अर्थतन्त्रको वृद्धिदर ३.५ प्रतिशत रहन गएको हो । यदि कृषि उत्पादनमा अनुकूल मौसममा भएको भए प्रतिकूल अवस्था आइपरेको भए आर्थिक वृद्धिदर ३.५ प्रतिशत पनि हासिल हुन सक्ने थिएन । फेरि मुद्रास्पिmति अहिले कायम भएको आर्थिक वृद्धिलाई समायोजन गर्ने हो भने वास्तवमा आर्थिक वृद्धिदर ऋणात्मक रहेको निष्कर्षमा पुग्नुपर्ने हुन्छ । उदाहरणको लागि भन्ने हो भने १० प्रतिशतको हाराहारीमा रहेको मुद्रास्पिmतिलाई ३.५ प्रतिशत रहेको आर्थिक वृद्धिदर समायोजन गर्दा वास्तविकरूपमा देशको आर्थिक वृद्धिदर झन्डै ७ प्रतिशत ऋणात्मक रहेको निष्कर्षमा पुग्नु अनर्थ हुदैन ।

यस किसिमको अवस्था अहिले मात्र अर्थतन्त्रमा देखिएको होइन एकदशक अगाडि र त्यो भन्दा पहिलेदेखि नै देखिदै आएको छ । जसले गर्दा नेपालको प्राकृतिक किसिमले हुने वृद्धिदर २ प्रतिशत मात्र कायम रहेको भन्ने ठहरिन आउँछ । यसले गर्दा यसरी हरेक वर्ष विकासका लागि राष्ट्रले गरेको लगानीको बाबजुद आर्थिकरूपमा अपेक्षाअनुरुप कायम हुन नसक्नुको पछाडि नेपालले अवलम्बन गरेको आर्थिक ढाँचा आर्थिक विकासका लागि बनाइएका नीति नियममै कमी कमजोरी भएको निष्कर्षमा पुग्नैपर्छ । अर्थतन्त्र विकासका बाधक बनेका वास्तविक तत्वको खोजी नगरी रूपमा केवल लोडसेडिङ र मजदुर आन्दोलनलाई मात्र दोष दिएर बस्ने हो भने हाम्रो अर्थतन्त्र अझै वर्षौं वर्षसम्म यही घिसेपिटे अवस्थाबाट गुजि्रदै जानेछ र लामो समयसम्म नेपालले आर्थिक वृद्धिदरबाट फाइदा लिन नसक्ने निश्चित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *