माटोमा रासायनिक विषादीको बढ्दो प्रयोग खतरनाक

  
  प्रकाशित मितिः मङ्लबार, साउन १७, २०६८       | 113 Views   ||

-[गोविन्द खड्का/दाङ]

पछिल्लो समयमा कृषिजन्य वस्तुहरुको धेरै उत्पादन गरेर फाइदा लिने, विभिन्न किराहरु मार्ने नाममा किसानहरुले माटोमा विविध जातका विषादीहरु प्रयोग गर्ने क्रम बढिरहेको छ । तर, विभिन्न विषादी प्रयोगसँगै त्यसबाट माटो र स्वयम् मानव जीवनमा पर्न जाने दीर्घकालीन र गम्भीर प्रकृतिका असरका बारेमा कृषकहरु नै बेखबर रहेका छन् । जरामा फल्ने फलहरुमा प्रयोग गरिएको विषादी रुखमा फल्ने फलभन्दा बढी खतरनाक हुने डाक्टर र सम्बन्धित क्षेत्रका प्राविधिकहरुको भनाई छ ।

किसानहरुलाई केही वर्ष अघिदेखि माटोमा क्याराडान नामक विषादी प्रयोग गर्न दिइरहेको पृथ्वी एग्रोभेट सेन्टर तुलसीपुरका प्रोप्राइटर बाबुराम बरालले बताउँछन् । उनी भन्छन्- ‘यसले रगत नहुने किरालाई मात्रै मार्छ गड्याउलालाई समेत असर गर्दैन । त्यसबाहेक अरु कुनै विषादी दिन्न ।’ डेढ वर्ष अघिदेखि यो विषादी दिन शुरु गरेपनि पहिलेदेखि जे पायो त्यही विषादी हाल्ने र माटोमा पाइने सबै किरा मर्ने अवस्था भएको उनले बताए । उनका अनुसार माटोमुनि हालिएको मालाथिनले समेत लाभ पुर्‍याउने किरा पनि मार्ने भएकाले किसानलाई उल्टो घाटा हुन जान्छ ।

उसो त माटोमुनि हालिने कुनै पनि विषादी प्रयोग गर्न नदिदा किसानले गाली गरेको विटी एग्रोभेट सेन्टर तुलसीपुरका निर्मलकुमार आचार्यसँग तीतो अनुभव छ । ‘त्यस्तै सिसीको औषधि दिनुस्, त्यही नाम गर्‍या चाहियो भनेर हैरान बनाउँछन्, प्रयोग गर्नुहुन्न भनेर सम्झाउँदा तपाईको बेच्ने काम हो दिनुस भनेर उल्टै थर्काउँछन्’ -आचार्यले भने- ‘बारीमा भएको झार मार्नसमेत औषधि प्रयोग गरिन्छ । यसले माटोको जैविक तत्व नष्ट गर्ने भएकाले यस्ता औषधीको प्रयोग गर्नुहुन्न ।’ उनका अनुसार थायोडिनको प्रयोग गरिएका फलफूल, सागपात खाादा मान्छेको आन्द्रामा असर गर्ने र त्यो वंशानुगतरुपमा तीन पुस्तासम्म रहने भएकाले यस्तो विषादीको प्रयोग गर्नु हानिकारक हुन्छ । त्यसका साथै माटोलाई ढुङ्गामा परिणत गर्न सक्ने क्षमता यस्ता विषादीमा हुन्छ । माटोको जैविक तत्वलाई नष्ट गर्ने र बारीलाई मरुभूमिजस्तै बनाइदिने भएकाले माटोमुनि विषादी प्रयोग गर्नै नहुने आचार्यको भनाई छ ।

दाङमा तरकारीमा हर्मोन नामक विषादी प्रयोग नभएको एग्रोभेट व्यवसायीहरुको दावी छ । आफूलाई जानकारी भएअनुसार देशभर कही पनि यसको प्रयोग गरिएको छैन । तर आाप, केरा, खर्बुजा पकाउने विषादीले भने निकै चिन्तित बनाएको उनीहरु बताउँछन् । व्यापार गरी फाइदा कमाउने नाममा विभिन्न फलफूलहरु औषधी प्रयोग गरी पकाउने, पाकेको जस्तै रङ्ग बदल्ने विकृति नै आएको एग्रोभेट व्यवसायीको भनाई छ । आफूहरुले तरकारी हाल्नलाई भनेर दिएको औषधी व्यापारीहरुले फलफूलमा हाल्ने गरेको र यस्ता क्रियाकलाप बन्द गर्न तत्काल पहलकदमी गर्नुपर्ने उनीहरुको माग छ ।

जमानाअनुसार मान्छे वस्तुको भित्री पक्षभन्दा बाहिरी पक्षतिर बढी ढल्किन थालेकाले पनि समस्या पर्दै गएको व्यवसायीहरुको भनाई छ । सामान्य उदाहरण प्रस्तुत गर्दै एग्रोभेट व्यवसायी आचार्य भन्छन्- ‘काक्रो बाङ्गो भएपछि किसानले सोझो पार्न औषधी खोज्छ । तर, विषादीको प्रयोगपछि त्यसको असर गर्ने म्यादभन्दा सोझिने समय पर्खन्छ । विषजस्तै तत्काल असर गर्ने कुराबाहेक दीर्घकालीन असरका बारेमा उनीहरु वास्ता गर्दैनन् ।’ उनी भन्छन्- ‘डाक्टरले भने पनि केही हुँदैन, मलाई केही भएन भनेर अरुलाई उक्साउने र खुवाउने तर स्वास्थ्यमा ख्याल नगर्ने आम संस्कार छ ।’
डाक्टर विक्रम ज्ञवालीका अनुसार रोग चिनेर औषधी गरेमा सही काम गर्छ, नचाहिादो औषधीको प्रयोग गरेमा त्यो पनि विष हुन्छ । किसान एवं व्यवसायी भने फूल खस्यो वा छिटो बढेन भने पनि कडा विषादीको माग गर्न थाल्छन् । जमीनमुनि फल्ने फलमा छिटो कसरी किरा मार्ने र फाइदा कमाउने भन्नेमा किसानले ध्यान दिन्छन् । औषधी प्रयोग गरेको भोलिपल्टैदेखि किसानले उत्पादित वस्तु बजारमा विक्री गर्न ल्याउने र तरकारी, फलफूलमा प्रयोग भएको विषादीले मानव शरिरमा सोझै असर गर्ने डाक्टर ज्ञवालीको भनाई छ ।

किसानहरुले विषादी सुईको प्रयोगबाट लौका, काक्रा, फर्सी ठूलो बनाउने गर्छन् भन्ने बजारमा आजभोलि निकै चर्चा हुने गर्छ । कुनै पनि उत्पादनमा रासायनिक मल, कडा वा नरम खालका विषादी प्रयोग नगरे सफल हुन नसक्ने किसानहरु बताउँछन् । तर, कृषिजन्य उत्पादनका लागि माटोमा प्रयोग गरिने जैविक मल, घरेलु प्रविधिबाहेक जुनसुकै रासायनिक विषादीको प्रयोग मानव स्वास्थ्यका लागि खतरा हुने डाक्टरहरुको भनाई छ । किसानहरु औषधी प्रयोग गर्दा आफूजस्तै मान्छेले खाने हो भन्ने ख्याल नगर्ने र औषधी व्यवसायीले बिक्री गर्दा मैले खानका लागि उत्पादन हुन्छ भन्ने नसोच्ने हो भने रोग र काल पर्खन धेरै समय लाग्दैन कि ?

विपन्न वर्गलाई सोलार वितरण

राजेन्द्र रावत क्षेत्री/तिला, रोल्पा

गैरिगाउँ गाविसका विपन्न वर्गका २७ परिवारलाई सोलार वितरण गरिएको छ । गाविसको सामाजिक विकास कार्यक्रम अन्तर्गत गैरिगाउँ-८ नन्दीखोलाको थुर्पा गणतान्त्रिक मञ्चले गतहप्ता तिला बजारमा एक कार्यक्रमको आयोजना गरी विपन्न समुदायलाई सोलार वितरण गरेको हो ।

विपन्न वर्ग तथा लक्षित समुदायको लागि उज्यालो कार्यक्रमअन्तर्गत गाविसको प्रत्येक वडामा तीन-तीन सेट गरी २७ सेट सोलार वितरण गरिएको मञ्चका अध्यक्ष केशव डिसीले बताउनुभयो । सोलार वितरणबाट वडाका २७ विपन्न घरपरिवार लाभान्वित भएका छन् । जसमा ११ घर विपन्न दलित परिवार रहेका छन् भने अन्य १६ घर अति विपन्न परिवार रहेका छन् । आफूहरु अहिलेसम्म दियालोको उज्यालोमा बस्नुपरेको भन्दै  उनीहरुले आफूहरुलाई निःशुल्क सोलार प्रदान गरेकोमा खुसी व्यक्त गरेका थिए ।

बजारमा किन्दा ५ हजार पर्ने सोलार २ हजार अनुदान र ३ हजारमा मात्र क्लवलाई बिक्री गरिएको र क्लवले गाउँका विपन्न वर्गलाई निःशुल्क वितरण गरेको धौलागिरी सोलार मार्केटिङका म्यानेजर इन्द्रबहादुर घर्तीले बताउनुभयो । वितरण कार्यक्रमका प्रमुख अतिथि एकीकृत नेकपा माओवादी मगराँत राज्यसमिति सदस्य मानबहादुर केसी ‘दर्शन’ले सोलार वितरण गर्ने संस्था थुर्पा गणतान्त्रिक युवा मञ्चलाई धन्यवाद र सोलार प्राप्त गर्ने लाभान्वित परिवारलाई बधाई व्यक्त गर्नुभयो । वितरण कार्यक्रममा गैरिगाउँ तिलास्थित जनमुक्ति सेना ज्वार स्मृति वि्रगेड प्रतिनिधि राजेन्द्र राउत क्षेत्री, थुर्पा जनसुधार युवा सञ्जाल अध्यक्ष भुपेन्द्र चन्द, गाविसमा क्रियाशील विभिन्न राजनैतिक दलका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो । मञ्चका सचिव भिमकान्त केसीले सञ्चालन गर्नुभएको वितरण कार्यक्रममा स्वागत मन्तव्य मञ्चका कोषाध्यक्ष शेरबहादुर केसी र सभापति मञ्चका अध्यक्ष केशव डिसीले गर्नुभएको थियो ।

रुकुमका केही गाविस पहिरोको उच्च जोखिममा

मेगराज खड्का, रुकुम/अविरलरुपमा परेको बषर्ाका कारण रुकुम जिल्लाका केही गाविसहरु पहिरोको उच्च जोखिममा परेका छन् । असार ३१ गते रुकुमको पुर्तिमकाडामा घर माथिबाट आएको पहिरोले घर पुरिदा दुई घरपरिवारका १३ जनाको ज्यान गएको दुई साता बित्न नपाउँदै जिल्लाको दक्षिणी गाविस मग्मा गाविसका गाउँ पहिरोको उच्च जोखिममा रहेका छन् । मग्मा गाविसको वडा नं. ८ मा रहेको घारीखोला बस्तीमा साउनको दोस्रो सातादेखि वस्ती माथिबाट पहिरो आउन थालेको छ । गत वर्ष नदुवा राडीज्युला ग्रामीण सडक बस्ती माथिबाट खनिएपछि पहिरोको जोखिम बढेको हो । बस्ती माथिको पूरै भु-भाग चर्किएको र वषर्ा निरन्तर भइरहे बस्ती नै बगाउने अवस्था रहेको स्थानीय प्रेम कुसारीले बताए ।

यसैबीच रुकुमको पूर्तिमकाडा गाविसमा बाढी पहिरोबाट विस्थापित भएकाहरुमा झाडापखालाको लक्षण देखिएको छ । विस्थापितहरुले खोलाको दुषित पानी प्रयोग गर्दै आएका कारण उनीहरुमा झाडापखालाको लक्षण देखा परेको हो । विस्थापितहरुको स्वास्थ्य परिक्षण गर्ने क्रममा झाडापखलाको लक्षण देखापरेको स्वास्थ्यकर्मीको टोलीले बताएको छ । पहिरोले खानेपानीको पाइप र ट्याङ्की बगाइदिएपछि हाल विस्थापितहरुले खोलाको पानी प्रयोग गर्दै आएका छन् ।

राउटेले माझे पहिलोपटक दाँत

हिरालाल केसी, सल्यान/विगत ४ महिनादेखि सल्यान लक्ष्मीपुरमा बस्दै आएका राउटे जातीका केही युवाहरुले दाँत माझ्न थालेका छन् । राउटे उत्थान प्रतिष्ठान नेपालले सरसफाईका लागि राउटे शिविरमा गरेको छलफलपछि उनीहरुले दाँत माझेका हुन् ।राउटे जातीका मुखिया मैनबहादुर शाहीलगायत जातीका ३ युवा सहित ४ जनाले बुरुष र कोलगेटको सहायताले पहिलोपटक दाँत माझेका थिए । अधिकांशले भने आफ्ना भगवान रिसाउँछन् भन्दै प्रतिष्ठानबाट नुहाउने र लुगा धुने साबुन तथा बुरुष मञ्जन लिन अस्वीकार गरेका थिए । मेडिकल र स्वास्थ्य चौकीमा गई औषधी गर्न नमान्दा राउटे शिविरभित्र बिरामी परेकी मुखियाकी श्रीमती पनि विगत ३ महिनादेखि थला पर्दै आएकी छिन् । राउटे जातीको पुरानो संस्कार परिवर्तन गर्न निकै मेहनत गर्नुपर्ने प्रतिष्ठानकी सत्यदेवी अधिकारीले बताउनुभयो ।

जनउभारकर्मी खड्कामाथि भएको आक्रमणको चौतर्फी विरोध

दाङ/गत बुधबार साँझ जनउभारकर्मी गोविन्द खड्कामाथि भएको हातपातको विरोध गर्दै जिल्लास्थित विभिन्न सञ्चार संघसंस्था र मानवअधिकार संस्थाहरुले उचित छानविन गरी दोषीमाथि कडा कार्बाही गर्न माग गरेका छन् । उनीहरुले नागरिकको बाँच्न पाउने नैसर्गिक अधिकारको रक्षा गर्दै शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन प्रहरी प्रशासनसमक्ष माग पनि गरेका छन् ।

बिहीबार र शुक्रबार विभिन्न सञ्चार तथा मानवअधिकार संघसंस्थाहरुले छुट्टाछुट्टै प्रेस विज्ञप्ती निकालेर संसाँझै मुख्य बजारमा पत्रकारमाथि हातपात हुनुले जिल्लाको शान्ति सुरक्षा कमजोर भएको भन्दै नागरिक सुरक्षामा ध्यान दिन सरोकारवालाहरुलाई आग्रह गरेका छन् । जनउभारकर्मी खड्कामाथि भएको अपराधिक आक्रमणको घोर भत्र्सना गर्दै नौलो जनउभार साप्ताहिकका सम्पादक अजयदीप शर्माले एक विज्ञप्ती जारी गर्दै दोषीहरुको तत्काल छानविन गरी कार्बाही गर्न र गुण्डागर्दी नियन्त्रण गरी स्वतन्त्र र भयरहित वातावरणमा बाँच्न पाउने नागरिकको अधिकार सुरक्षित गर्न सम्बन्धित सरोकारवाला निकायसमक्ष माग गर्नुभएको छ ।

त्यस्तै, दोषीमाथि कार्बाहीको माग गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष के.एल. पीडित र सचिव सविन पि्रयासन, क्रान्तिकारी पत्रकार संघ दाङका उपाध्यक्ष गणेश ओली र सचिव डिल्ली मल्ल, प्रेस चौतारीका अध्यक्ष दुर्गालाल केसी र सचिव संगीत बस्याल, प्रेस युनियनका सचिव सुशील बस्नेत, पत्रकार महिला मञ्चका अध्यक्ष सुशीला आचार्य, साफ्माका केन्द्रीय सदस्य शरद अधिकारी,अनिज दाङका अध्यक्ष जेएन सागर, थारु पत्रकार संघका अध्यक्ष टोपबहादुर चौधरी, क्रान्तिकारी पत्रकार संघ दाङ पश्चिम क्षेत्रीय समितिका अध्यक्ष शान्तराज गौतम र सचिव घनश्याम बुढाथोकी, रियल रिपोट्र्स गु्रपका अध्यक्ष निमुसंगम घर्ती र रिपोट्र्स क्लव दाङका अध्यक्ष शरद रे%