राप्ती उपक्षेत्रीय अस्पतालका समस्या र समाधानका उपायबारे

  
  प्रकाशित मितिः मङ्लबार, मंसिर १३, २०६८       | 124 Views   ||

-[विश्वराज न्यौपाने]

भनिन्छ, कुनै पनि संघ संस्थाहरुको गति, उन्नति र अवनतिमा त्यस संस्थाभित्र क्रियाशील व्यक्तिहरुको ठूलो भूमिका रहन्छ । व्यक्तिगत र व्यक्तिवादी संघ संस्थाहरुमा त व्यक्तिहरुको नीति, निर्देशन र पकड बलियो हुने हुँदा विकृति जन्मिन हम्मेसी धौ पर्दछ । तर, सार्वजनिक संस्थामा भने कुनै पनि व्यक्ति वा पक्षले उत्तरदायित्व ग्रहण नगरिदिदा उक्त संस्था टुट्न, फुट्न वा लोप हुन बेर नलाग्ने परिघटनाहरु विश्व परिवेशभित्रै देखिएका छन् । उर्वर उत्तरदायित्वबोधभित्र नकारात्मक रुपले देखिएको अनुत्तरदायी प्रवृत्तिले जन्माएका कुसंस्कारहरुलाई राजनैतिक क्षेत्रले पनि आफ्नो पक्षमा विश्लेषण गर्दै आएको छ । भोको र कराइरहेको गाईलाई कसले घाँस हाल्ने भनी प्रश्न तेर्साउने धृष्टता यसैको उदाहरण हो । यहाँ हामीहरुले के छुट्याउनुपर्ने हो भने त्यो गाई संस्थागत हो वा व्यक्तिगत । जिम्मेवारीभित्रको कार्य पूरा नगर्नेलाई के गर्ने ? पाश्चात्य देशहरुमा घरपालुवा जनावरको लागि कानुन अलग छ । सो कार्यान्वयनका लागि कुन हदसम्म राज्य उत्तरदायी हुने ? संस्थाको जिम्मेवारी कति र व्यक्तिको कति ? यी यस्ता प्रश्नहरु हुन् जसको छिनोफानो पहिले नै भइसकेको छ । तर, गाईले समयमा घाँस खान नपाउनु, बाच्छाले दुध नपाउनु वा बाच्छाको मुख बाँधी गाईको कल्चौडो रित्याउने घरभित्रकै चोरलाई के गर्ने ? समस्याको समाधान सरल छ तर व्यक्तिगत आवेगभित्र जटिल पार्दै लाने प्रवृत्तिको बढोत्तरीले समस्या समाधानभन्दा विकराल हुँदै गएको भने अवश्य छ ।

२०६२/०६३ को जनआन्दोलनपश्चात् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुबाट नेपालको स्वास्थ्य क्षेत्रमा गरिएको बृहत लगानी, स्वस्थ जनसंख्या नै स्वस्थ राज्यको पहिचान हो भन्ने प्रजातान्त्रिक मान्यता र राप्तीबासीको आवश्यकतालाई महसुस गरी दाङ जिल्लास्थित तत्कालिन महेन्द्र अस्पताललाई राप्ती उपक्षेत्रीय अस्पतालमा परिणत गरियो । अस्पतालको नाम परिवर्तनसँगै सेवा र सुविधामा पनि परिवर्तन गरिनुपर्दछ । यो साश्वत मान्यता हो र जनचाहना पनि । देशमा आमूल परिवर्तन भएको खण्डमा हरेक विधि, विधान, नीति, नियम र विकासका प्रतिफलहरुमा पनि आशातीत आमूल परिवर्तन भएका हुन्छन् तर सामान्य परिवर्तित अवस्थामा आमूल परिवर्तन खोज्नु अतिसयोक्ति हैन र ? यहाँ हामीलाई थाहा छ हाम्रा आवश्यकताहरु धेरै छन् । तर, हामीसँग स्रोत साधनको अभाव छ । सम्पूर्ण आवश्यकता पूरा गर्न नसकिने परिस्थितिमा प्राप्त साधन र स्रोतको उपयोग गर्दै बढीभन्दा बढी आवश्यकता पूर्ति गर्नु नै वैज्ञानिक यथार्थता हो र हामी यसमा नै उद्यत हुनुपर्दछ । २०४६ को जनआन्दोलनपूर्व देशले पञ्चायती प्रजातन्त्र भोगिरहेको थियो । तत्पश्चात वैधानिक राजतन्त्रात्मक प्रजातन्त्र र अहिले आएर गणतन्त्रात्मक बहुदलीय प्रजातन्त्र । जुन रुपबाट देखिएपनि आखिर प्रजातन्त्र नै हो र यसभित्र आमूल परिवर्तन खोज्नु कति प्रजातान्त्रिक ? पञ्चायती प्रजातन्त्र परिवर्तनको लामो समय व्यतित भइसक्दापनि त्यसभित्रका नीति नियम र विधि विधानहरु अद्यापि समाप्त भएका छैनन् । उक्त समयभित्र नियुक्त कर्मचारीहरु सबै अवकाश भएका छैनन् । साँच्चै भन्ने हो भने उक्त व्यवस्थाले समाजभित्र छोडेका विकृतिहरु समाप्त पार्न धौ–धौ भइरहेको छ । हामीले पक्कै पनि समाज रुपान्तरण गर्नुपर्दछ । यो सामाजिक अनिवार्यता हो र यथार्थता पनि । तर, कार्यान्वयन गर्न समय लागेझैँ अस्पतालभित्रका विकृति समाप्त पार्न र नयाँ परिवर्तन ल्याउन केही समय पर्खनुपर्ने हुन्छ । उपक्षेत्रीय अस्पताल भएदेखि सेवा सुविधामा कुनै परिवर्तन भएको छैन भन्नमा म सहमत छैन । तापनि सम्पूर्ण आवश्यकता पूर्ण भो भन्नुले आम जनमानसलाई दिग्भ्रमित पार्दछ भन्नेमा म सहमत छु । तीन जना एमबीबीएस डाक्टरहरु कार्यरत तत्कालिन महेन्द्र अस्पताल दा