माओवादी पार्टीभित्रको संघर्ष : वास्तविकता र भ्रम

  
  प्रकाशित मितिः आइतवार, मंसिर १८, २०६८       | 162 Views   ||

-[जनार्दन शर्मा ‘प्रभाकर’]

जनताको आशा र विश्वासविपरित माओवादी पार्टी आन्तरिक झगडा र कचिङ्गलमा फसेको छ । यो कचिङ्गल अन्तत्वगत्वा विचारकै लागि हो । तर पनि तात्कालिक प्रसङ्गमा केही प्राविधिक र स्वार्थजन्य कुराहरुले नै प्राथमिकता पाएका छन् । दुईलाईन संघर्षमा हुनुपर्ने विधि र मूल्यमान्यतालाई नाघेर छरपष्ट रुपमा देखिएको पार्टी अन्तर्संघर्षको यो रुप कम्युनिष्ट आन्दोलनमै अत्यन्त लज्जास्पद रहेको छ । यति गर्दागर्दै फेरि पनि यो कचिङ्गलका पहलुहरुलाई भित्रैदेखि पहिचान गर्न जरुरी छ । पार्टी अन्तरसंघर्षलाई यो स्थितिसम्म ल्याई पु¥याउनमा केही बुझाईमा, केही मूल्याङ्कनमा, केही रणनीति र कार्यनीति तय गर्नमा कमी अवश्य देखिएका छन् । उक्त कमी कमजोरीहरु सच्याउने र पार्टीलाई नयाँ जीवन दिने आवश्यकता खड्किएको छ । हुन त हिजोदेखि नै पार्टीमा अन्तरसंघर्षहरु नचलेका होइनन्, युद्धकालमा मतभेदहरु छचल्किएर पोखिने स्थितिसम्म नपुगेका पनि होइनन् । त्यतिबेला नेतृत्वले संयमता र बुद्धिमताका आधारमा अन्तरसंघर्षलाई नयाँ दिशा दिदै एकपछि अर्को स्तरमा नयाँ विचारको विकासद्वारा पार्टीलाई एकतावद्ध गर्दै आउन सफल पनि भएको हो । आजको संघर्षमा हिजोका ति ट्रेन र टेन्डेन्सी, तिनको तुस आजको अन्तरसंघर्षको एउटा कारक तत्व बनेको छ । फेरि पनि आजको अन्तरसंघर्षलाई आजको आन्दोलनको सापेक्षतामा हेर्न र विश्लेषण गर्न सक्नै पर्दछ ।

विगतका दुईलाईन संघर्ष र वर्गसंघर्षको पृष्ठभूमिमा वस्तुगत परिस्थिति र आत्मगत परिस्थितिको समष्टिगत रुप नै आजको आन्दोलन हो । यही भित्री र बाहिरी संघर्षको सापेक्षतामा आजको दुईलाइन संघर्षलाई हेरिनुपर्छ । नेपालको कम्युनिष्ट आन्दोलन आफैमा वर्गसंघर्ष र दुईलाइन संघर्षको समुच्च रुप हो । २००६ सालदेखि जनयुद्धको तयारीसम्मको र जनयुद्धको तयारीदेखि शान्ति प्रकृयाको थालनीसम्मको संघर्षले फरक इतिहास खडा गरेको छ । अघिल्लो चरणलाई छाडेर जनयुद्धको कार्यदिशा निर्माण, यसको परिमार्जन, थालनी र निरन्तरता हँुदै प्रत्याक्रमणको चरणसम्म पुग्न सकारात्मक र नकारात्मक रुपमा भएका भित्री र बाहिरी संघर्षकै परिणाम हो । हिजो वर्गसंघर्षको क्रममा चलेका दुईलाइन संघर्षलाई नेतृत्वले आन्दोलन र विचारको विकासलाई सकारात्मक चरणमा उठाउँदै व्यवस्थित गरेको हो । आज दुईलाइन संघर्ष दिशाविहीन खहरेझैँ छताछुल्ल भएको छ । यसका पछाडिका कारण, वास्तविकता र समाधान यहाँ प्रस्तुत गर्ने प्रयास गरिएको छ ।

शान्ति प्रकृयामा प्रवेशको पृष्ठभूमि बारे उल्लेख गर्दा चुनवाङ बैठक वरिपरि जनयुद्धबारे भएका बहसलाई बिर्सन सकिदैन । त्यतिबेला माओको निधनपछि चलेका थुप्रै जनयुद्ध र मुक्ति आन्दोलनको विघटन र पछाडि फर्कनुमा नयाँ जनवादी क्रान्तिसम्बन्धी माओवादी मान्यतामा विकासको अभाव रहनु, विश्व परिस्थितिमा क्रमशः आउँदै गरेको फेरबदलको मूल्याङ्कनमा कमी हुनु, सिद्धान्तलाई व्यवहारसँग जोड्नेभन्दा यान्त्रिक ढंगले लागू गर्न खोज्ने प्रवृत्ति लगायतका कारणहरु रहेका छन् भन्ने विश्लेषण गरिएको थियो । निकै अगाडि बढेको फिलिपिन्स र पेरुको जनयुद्धको चर्चासमेत गरिएको थियो । जनतालाई संगठित र आन्दोलनमा होम्ने नेपाली जनयुद्ध, वार्ता र फेरि युद्धको क्रमलाई नयाँ स्तरमा उठाउने आवश्यकताबारे गम्भीर चर्चा त्यतिबेला नभएको होइन । निरङ्कुश राजतन्त्रले आफ्नो फासिष्ट कदम चालेको र अन्य राजनैतिक दललाई जनयुद्धको सहायक बनाउन जनआन्दोलनका लागि जनयुद्धलाई आधार बनाएर जनआन्दोलनलाई एकीकृत तागतका रुपमा विकास गर्ने निर्णय भएकै हो । फलतः १२ बँदे सहमति भयो र शहरी घेरामा केन्द्रित फौजी परिचालन र जनआन्दोलन एक अर्काका पुरक भए र राजतन्त्र घुडा टेक्न बाध्य भयो । जुन परिघटनाले राजनैतिक पार्टीहरुलाई आन्दोलनका सहपाठी बनायो र शान्ति प्रकृयामा सहमत गराउन सक्यो ।

शान्ति प्रकृया जनयुद्धका उपलब्धिसहितको जनमतद्वारा राज्यको पुनःर्संरचना गर्ने एउटा मोड थियो । यसको वास्तविकतालाई समयमै प्रष्टसँग आम पार्टीलाई बोध गराउने कुरामा पार्टी नेतृत्वले ध्यान नपु¥याएकै हो । फलतः विद्रोह वा शान्ति भन्ने विवादस्पद विपरित बुझाईहरु बन्न थाले । शान्ति प्रकृयामा जोड दिदै जनतालाई जनदबाबमा उतार्न आर्थिक विकास एवं जनजिविका, जनतन्त्र र राष्ट्रियताको प्रश्न एकसाथ स्पष्ट पार्दै जानुपथ्र्यो, जसले जनताको संविधानलाई प्राथमिकतामा राख्ने र यदि त्यो पूरा नहुने अवस्थामा विद्रोहको स्थिति पैदा गर्न सक्ने स्पष्ट बाटो लिनुपथ्र्यो । तर, आज शुरुदेखि नै विद्रोहको कुरा गरेर जनताका बीचमा गरेका प्रतिवद्धता विपरित आशंका उत्पन्न गर्ने तर तयारी केही नहुने स्थितिमा पार्टीलाई पु¥याइयो । शान्तिप्रकृया वास्तविकतामै थियो तर भ्रम हो भन्ने भूत पाल्ने शान्तिविरोधी प्रवृत्ति एकसाथ रहदै आउँदा यसले गति लिने क्रमसँगै अन्योलता थप्दै गयो । नेतृत्व वर्गले खुलेर शान्ति प्रकृयाको वास्तविक तथ्यलाई आन्तरिक रुपमा स्थापित गर्ने, संविधानसभा हुन सक्दैन भन्ने र सम्भव छ र बनाउनुपर्छ भन्नेमा विवाद रह्यो । संविधानसभा हुने जब सुनिश्चित भयो १०–१५ सिटभन्दा बढी जितिदैन र सय भन्दा बढी नै जितिन्छ भन्नेमा विवाद भयो । निर्वाचन सम्पन्न भइसकेपछि संविधानसभाबाट गणतन्त्रको घोषणा गर्छौ भन्नु हवाई कल्पना हो भन्ने र घोषणा गर्न सकिन्छ भन्नेमा मतभेद देखाप¥यो । गणतन्त्रको घोषणापछि शान्ति प्रकृयाको औचित्य नै समाप्त भयो, संविधान बन्न सक्दैन भन्ने र शान्ति प्रकृयाको स्वामित्व लिन डराउन हुन्न पुनःर्संरचनासहित गणतन्त्रको संविधान बन्छ र बनाउनुपर्छ भन्ने विवाद चर्कदै गएको छ । यो बहसको बीचमा शान्ति र विद्रोहलाई समानान्तर नारा बनाउने प्रयत्न गरियो । शान्ति प्रकृया र संविधान निर्माण प्रकृयालाई जिम्मेवारीपूर्ण तरीकाले अगाडि बढाउनुपर्छ । त्यसो गर्दागर्दै संविधान बन्न नदिए जनताले फैसला गर्छन् । विद्रोहको बाटोमा अगाडि बढ्ने परिस्थिति पैदा हुन्छ भन्ने अफिसियल धारणा रहेको सन्दर्भमा क्रान्तिकारी नाराको दुरुपयोग गर्ने, जनभावना विपरित र जनदिशा विपरित खोक्रो विद्रोहको कुरा गरिराख्ने प्रवृत्ति निरन्तर बनिराख्ने वातावरण बन्यो । विद्रोह र शान्ति एकअर्काका पुरक बन्नुपर्नेमा समानान्तर बनेर स्थापित गरियो । संविधानसभाको चुनाव भएर सबैभन्दा ठूलो दल भइसक्दासमेत संविधानबारेको बहसमा सामेल हुने यथार्थतालाई एउटा प्रवृत्तिले भ्रम हो भन्ने ठानिरह्यो । शान्ति प्रकृयाबारे पार्टीको धारणा, शान्ति प्रकृयाका स्टेपहरुसहित प्रस्तावित गर्ने कुरामा अलमल हुन पुग्यो । अन्य राजनैतिक पार्टीहरुलाई जनतामा भ्रम दिनका लागि पर्याप्त स्थान भयो । नेतृत्वको विश्वसनीयताप्रति प्रश्न उठाउन थालियो अनि शान्ति र संविधान नबन्नुको कारण राजनैतिक दलहरु हुँदाहुँदै दोष माओवादीलाई लगाउन निरन्तर लागि परे । सरकारको नेतृत्व गरिरहेको बेला शान्ति र संविधानलाई वर्तमान परिस्थितिमा पहल लिने कार्यनीति हो भन्ने कुरालाई अस्वीकार गर्नेले सरकारलाई अप्ठ्यारोमा पार्दै लिए र अनावश्यक प्रसङ्गमा सरकार छोड्ने परिस्थिति पैदा भयो । सरकार छाडिसकेपछिको आन्दोलन बिना तयारी गरियो फलतः उपलब्धिबिना ठूलो जनसहभागिता हुँदाहुँदै पनि बिना कुनै परिणाम आन्दोलन स्थगन गर्न बाध्य भयो ।

उपयुक्त पृष्ठभूमिमा अर्को महत्वपूर्ण कुरा जनयुद्धमा २४ सै घण्टा क्रियाशील कार्यकर्ताको ठूलो पंक्ति बेरोजगार हुन पुग्यो । समयमा उत्पादन र विकास निर्माण कार्यसँगै जनतामा जोड्ने कुरामा पटक–पटक सुझाव राख्नेहरुलाई उपेक्षा गर्दै उसको आवश्यकता र महत्वको नजरअन्दाज गरियो । फलतः व्यवस्थापनको संकट प¥यो । बेरोजगारीले अराजकतालाई बढवा दियो । नेपाली माओवादी आन्दोलनले आतंकित भएका अन्तर्राष्ट्रिय शक्तिहरु यसलाई कमजोर बनाउने उपायहरुमध्ये सबैभन्दा उपयुक्त मुख्य नेतृत्वलाई कमजोर पार्नु नै हो भन्नेमा सहमत भए र नेतृत्वका विरुद्ध पार्टीभित्र नै विरोधका स्वरहरु गुञ्जन थाले । पद र प्रतिष्ठाको चरमआकांक्षा भएका तर प्राप्त गर्न नसकेका असन्तुष्टिहरु व्यक्त गरिरहेकालाई सजिलै हात दिन सफल भए र नेतृत्वविरुद्धको भण्डाफोरलाई मुख्य गरी भित्रबाट र सहायक  सपोर्टिङ्गका रुपमा मिडियाबाट जोडदार रुपमा अभियान नै चलाइयो । यसका पछाडि नेतृत्वको कार्यशैलीमा रहेको विपरितसँग एकाकार हुने तरिकाले बार्गेनिङ्ग पावर बढ्दै गएर पार्टी नीति, पद्धतिविरुद्ध लाग्नेहरुलाई हौसला मिल्यो । नेतृत्वको जति भण्डाफोर ग¥यो त्यति सम्मान पाउने भएपछि पार्टीमा अनुशासन भन्ने कुरा समाप्त भयो र आजको अन्तर्संघर्ष कुनै विधिमा छैन । देखाउन वा भ्रम छर्नका लागि विचार भनिएपनि न त विचारमा नै छ । अन्त्वगत्वा वैचारिक मान्यतालाई त नकार्न सकिदैन ।

अर्को कुरा, पार्टी एकताको प्रकृया जनयुद्धपूर्वदेखि नै प्रारम्भ भएको हो । क्रान्तिकारीहरुको ध्रुवीकरण नेपाली कम्युनिष्ट आन्दोलनका लागि अत्यन्त महत्वको प्रश्न पनि हो । यो प्रकृयाले जनयुद्धकालमा जनताको मनोबलका लागि धेरै महत्वपूर्ण भूमिका खेलेको हो । शान्ति प्रकृयामा आएपछि पनि पार

One Comment

  • yo lekh bastab ma sahi 6a abako samayama pani classical kura garera jana bidroha ka lagi hatiyar uthauna kojnu vanda aam janta ka bhawana lai sametadi naya sambidhan ka lagi party le pahal garnu par6a bidroha ko kura matra garda pun hami peace process bata pharkane kam hun6a jasle international support,Uno support lai tiraskar gareko hun6a ra desh kambodiya,peru,philipinch ko camunist party le vogeko durgati beharnu par6a.krantikari haru aphno karya disa ma adik rahadai rannitik sabal lai change gardai naya samsya sanga judai janata lai sath liyera agi bada badi upukta hun6a .netritwa pangtile tero mero navani sahi karyakarta ka mulankan ra jimmewari lidai party vitra ko pratikrantikari gut bandi lai hatauna par6a natra netritwa lai sahid ka ragat ra bepatta jan ka aashu le polne 6a hitihasma matra cpn umoaist ko nam simit hune 6a janta ka asha nirasha ma parinat hun6an.thasartha party vitra ka tush lai pilo ka rupma netritwa le nicharn chadaina bhane secound pusta ka comred haru netritwa lai chunauti dina tayar hunu par6a. jaha samma sambidan nirwan,social,economical revolution,ra party ka karyakarta lai utpadan ma jodne kam 6a tesh lai party antar sangarsha ko milan bindu banayera aghi badnu par6a mero yeuta parti ko sipahi bhayeko karan netritwa lai yehi agraha 6a derai utar cadab ka sath matra kranti le apno bato ra gati lin6a healthly antarsangarsha matra party vitra absyak hun6a sabi lai chetana vaya….

Comments are closed.