दाङको आकाशमा प्याराग्लाइडिङ (फोटो फिचर)

  
  प्रकाशित मितिः बुधबार, मंसिर २१, २०६८       | 310 Views   ||

जनउभार समाचारदाता
दाङ, १० मंसिर दक्षिण एसियाकै सबैभन्दा ठूलो उपत्यकाको रुपमा परिचित दाङको आकाशमा प्याराग्लाइडिङको औपचारिक उडान गरिएको छ । एयर स्पोट्र्स एशोसियसन पोखराको प्राविधिक सहयोग तथा जिल्ला विकास समितिअन्तर्गत पर्यटन विकास समिति दाङको आयोजनामा दाङको आकाशमा प्याराग्लाइडिङ उडान गरिएको हो ।

समुन्द्री सतहदेखि १ हजार ४ सय ५० मिटर उँचाईमा रहेको दाङको लक्ष्मीपुर गाविस वडा नं. ५ सवारीकोट लेक मंसिर १० गते एक औपचारिक कार्यक्रमको आयोजना गरि प्याराग्लाइडिङ उडानको उद्घाटन गरिएको हो । जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी रमेश न्यौपानेले रिबन काटेर कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभएपछि एयर स्पोट्र्स एशोसियसन पोखराका ६ जना पाइलटहरुले सवारीकोट लेकबाट प्याराग्लाइडिङ फ्लाइट गरेका थिए । जिल्लामा औपचारिक रुपमा पहिलोपटक प्याराग्लाइडिङ उडान गरिएपछि दाङबासीले उत्साहका साथ हेरेका थिए ।

प्याराग्लाइडिङ फ्लाइटको सफल परिक्षण भएपछि पश्चिम नेपालको दाङमा प्याराग्लाइडिङ खेलकुद पर्यटन प्रवद्र्धन गर्न सकिने सम्भावना बढेको छ । एयर स्पोट्र्स एशोसियसन पोखराका पाइलटहरुले उडान परिक्षण सफल भएकाले पश्चिम नेपालको भ्रमणमा आउन चाहने टोलीलाई प्याराग्लाइडिङका लागि दाङको ट्रिप राख्न सकिने जनाएका छन् । एयर स्पोट्र्स एशोसियसन पोखराका उपाध्यक्ष योगेश भट्टराईले दाङको लक्ष्मीपुर गाविस वडा नं. ५ स्थित सवारीकोट लेकमा हुने प्याराग्लाइडिङ फ्लाइट प्राविधिक तथा पर्यटकीय दृष्टिले पश्चिम नेपालमै उत्कृष्ट रहेको बताउनुभयो । उहाँले प्याराग्लाइडिङको उडान गर्ने स्थान र अवतरण गर्ने स्थानमा भने केही काम गर्नुपर्ने बताउनुभयो । प्याराग्लाइडिङका लागि सवारीकोट (जसपुर डाँडा) उँचाई र हावाका कारण उपयुक्त भएको भन्दै भट्टराईले सो क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने राम्रो सम्भावना भएको पनि बताउनुभयो ।

दाङको आकाशमा भएको प्याराग्लाइडिङ फ्लाइट एयर स्पोट्र्स एशोसियसन पोखराका पाइलटहरु रक्की तुलाचन, योगेश भट्टराई, अनिल गुरुङ, श्री क्षेत्री, सुनिल भट्टराई र सरोज भट्टराईले गर्नुभएको थियो । प्याराग्लाइडिङ टोलीलाई दाङ ल्याउन दाङका पर्यटन व्यवसायी निरञ्जन श्रेष्ठले महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । लक्ष्मीपुर गाविस वडा नं. ५ का स्थानीय बासिन्दाहरुका अनुसार आजभन्दा १५÷१६ बर्ष पहिले पनि सोही स्थानबाट दुई जना जर्मन नागरिकले एकपटक प्याराग्लाइडिङ फ्लाइट गरेका थिए । दाङको आकाशमा भएको प्याराग्लाइडिङ फ्लाइटलाई धेरै दाङबासीले उत्साहजनक तरिकाले अवलोकन गरेका थिए ।

दाङको आकाशमा गरिएको प्याराग्लाइडिङ उडानका केही दृश्यहरु :

2 Comments

  • jkhimal

    दाङको आकाशमा प्याराग्लाइडिङ उड्नु भनेको दाङबासीका लागि ठूलो कुरा हो । दाङमात्र होइन राप्तीकै पर्यटकीयस्थलहरुको प्रचार प्रसार गरी विश्वमा राप्तीको पहिचान दिलाउनु पर्छ । दक्षिण एसियाकै सबैभन्दा ठूलो उपत्यका भएका नाताले दाङको आकाशमा नियमित प्याराग्लाइडिङ उडाउनका लागि यहाँका सम्बन्धित सरकारी, गैरसरकारी तथा पर्यटनसम्बन्धी निकायले विशेष जोड दिनुपर्छ ।

  • nepali babu

    wow…………kya Dami photo haru…. Dang ma yasto. aba dang ko sky ma sadhai bhari yastai garaunu paryoo….

Comments are closed.