गुगलका एक प्रमुख अधिकारी याहुको नयां कार्यकारी अधिकृतमा नियुक्त

  
  प्रकाशित मितिः शनिबार, साउन ६, २०६९       | 103 Views   ||

प्रविधिको क्षेत्रमा विश्वको ठूलो कम्पनी मध्ये एक याहुले अर्को ठूलो कम्पनी गुगलका एक प्रमुख अधिकारीलाई आफ्नो नयां कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । ३७ वर्षिय मरिसा मायर एक वर्ष भित्र याहुको तेस्रो मुख्य कार्यकारी अधिकृत बन्न पुगेकी छिन् ।

गुगलकी पूर्व कर्मचारी मरिसाले याहुको नेतृत्व गर्ने अवसर पाएर सम्मानित भएको महशुस गरेको बताएकी छिन् । गुगल सर्च इन्जिन र कम्पनीको होम पेज बनाउनमा मरिसाको महत्वपूर्ण भूमिका रहेको थियो ।

याहुका यस अघिका मुख्य कार्यकारी अधिकृत स्कट टम्सनले आफ्नो शैक्षिक योग्यताको विषयमा गलत जानकारी दिएको आरोप लागेपछि राजीनामा दिएका थिए । गुगल र सोशल नेटवर्किङ कम्पनी फेसबुक संचालनमा आएपछि याहुले निकै चुनौतिको सामना गर्न परिरहेको छ । चर्को प्रतिष्पर्धामा याहुले मानिसहरुलाई आकर्षित गर्न असफल रहेको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *