शान्ता पौडेल स्मृति पत्रकारिता पुरस्कार स्थापना

  
  प्रकाशित मितिः सोमवार, साउन १५, २०६९       | 140 Views   ||

दाङ, साउन १३ । संकल्प सञ्चार संस्थाले भर्खरै निधन हुनुभएका संस्थाका संस्थापक शान्ता पौडेलको नाममा पुरस्कार स्थापना गरेको छ । उक्त पुरस्कार संस्थाको वार्षिकोत्सवका अवसरमा महिला तथा बालबालिकाको क्षेत्रमा कमल चलाउने एक जना पत्रकारलाई प्रदान गर्ने जनाएको छ ।
संस्थाका अध्यक्ष लिला शाहको अध्यक्षतामा बिहीबार घोराहीमा बसेको बैठकले महिला हिंसा न्यूनीकरण सम्बन्धमा सरोकारवालाको भूमिका विषयमा छलफल गर्ने र संस्थाको द्वैमासिक बुलेटीन प्रकाशनको लागि फिचर संकलन तथा प्रकाशनको लागि सदस्य कविता घिमिरेलाई संयोजक तोकेको छ । त्यस्तै बैठकले स्वर्गीय शान्ता पौडेलको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *