क्रान्तिकारी पत्रकार संघको सम्मेलन भदौ तेस्रो साता

  
  प्रकाशित मितिः सोमवार, साउन १५, २०६९       | 122 Views   ||

जनउभार समाचारदाता
दाङ, साउन १३ । क्रान्तिकारी पत्रकार संघ, नेपाल दाङको दोस्रो जिल्ला सम्मेलन भदौको तेस्रो साता गरिने भएको छ । क्रान्तिकारी पत्रकार संघ, दाङको गत बुधबार घोराहीमा बसेको बैठकले भदौको तेस्रो साता दोस्रो जिल्ला सम्मेलन गर्ने निर्णय गरेको हो ।
संघका उपाध्यक्ष गणेश ओलीको अध्यक्षता एवम् प्रथम राष्ट्रिय सम्मेलन आयोजक समितिका सचिवालय सदस्य एवम् थारुवान राज्यसमितिका संयोजक अजयदीप शर्मा र राष्ट्रिय सम्मेलन आयोजक समितिका सदस्य नरेन्द्र केसीको आतिथ्यमा भएको बैठकले गणेश ओलीक