बस दुर्घटनामा परी सहचालकको मृत्यु, २० घाइते

  
  प्रकाशित मितिः बुधबार, साउन १७, २०६९       | 111 Views   ||

दाङ, साउन १७ । पूर्वपश्चिम राजमार्गको दाङ–कपिलवस्तुको सिमानामा पर्ने अर्घाखाँचीको जलुके–६ हात्तीढुंगा भन्ने स्थानमा बस दुर्घटना हुँदा १ जनाको घटनास्थलमै मृत्यु भएको छ । दाङको भालुवाङबाट २ किमि पूर्वमा पर्ने हात्तीढुङ्गामा आज बिहान ११ बजेतिर पट्टा भाँचिएर बस दुर्घटना भएको हो ।

बुटवलबाट नेपालगञ्जतर्फ हिँडेको ना २ ख ९८५९ नम्बरको बसको पट्टा भाँच्चिदा पल्टिएर दुर्घटना भएको प्रहरीले बताएको छ । दुर्घटनामा बसका सहचालकको घटनास्थलमै मृत्यु भएको र १८ यात्रु घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ । मृतक सहचालकको यो समाचार तयार पार्दासम्म सनाखत भएको छैन । दुर्घटनामा गाडी मालिक बाँके चप्परगौरीका ज्योतीप्रसाद रेग्मी गम्भीर घाइते भएका छन् । रेग्मीका दुवै खुट्टा भाँच्चिएको घटनास्थल पुगेका पत्रकार महेश रिजालले बताउनुभयो । दुर्घटनामा परेका १२ जनालाई उपचारको लागि नेपालगञ्ज पठाइएको र ८ जना सामान्य घाइते भएका यात्रु भालुवाङमै उपचार गरी घर फर्किसकेको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *