ब्लडक्यान्सरपीडित बस्नेतलाई मलेसियामा रहेका सल्यानीले सहयोग गर्ने

  
  प्रकाशित मितिः मङ्लबार, भदौ ५, २०६९       | 124 Views   ||

मलेसिया, भदौ ५ । मलेसियामा रहेको सल्यान–प्रवास सेवा समाजमा आबद्ध नेपालीहरुले ब्लडक्यान्सरपीडित दाङ घोराहीका खिमबहादुर बस्नेतलाई आर्थिक सहयोग गर्ने जनाएका छन् । समाजको सोमबार मलेसियाको राजधानी क्वालालम्पुरमा सम्पन्न समाजको प्रथम अधिवेशनले ब्लडक्यान्सरपीडित बस्नेतलाई आर्थिक सहयोग गर्न आगामी दुई साताभित्रमा सहयोग संकलन गरी पठाउने निर्णय पारित गरेको समाजका अध्यक्ष शान्तकुमार पुनले जानकारी दिनुभयो ।

यसैबीच समाजका संस्थापक तथा अध्यक्ष शान्तकुमार पुन, सल्लाहकारहरु लोकराज भण्डारी, दिलबहादुर केसी र गोपाल केसी नेपाल फर्किने भएपछि अधिवेशनले टेकम चन्दको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिका पदाधिकारीहरुमा उपाध्यक्ष कलिराम घर्ती, सचिव हुर्मत डिसी, सह–सचिव टीकाराम कँवर र कोषाध्यक्ष खुम खड्का रहनुभएको छ । समाजका सचिवालय सदस्यहरुमा लालबहादुर महतरा, टोपबहादुर भण्डारी, तुल्सी थापा र प्रेमबावु रावत चयन हुनुभएको छ भने सदस्यहरुमा खड्कनाथ योगी, ओपेन्द्र केसी, खिमबहादुर पुन र नोखिराम महतरा रहनुभएको छ । त्यस्तै, अधिवेशनले टीका पुन, डिल्लीबहादुर बोहरा र सेवकराम कँवरलाई सल्लाहकारमा मनोनयनसमेत गरेको छ । अधिवेशनमा १ सय ५० जना नेपालीहरुको सहभागिता रहेको थियो ।

समाजका संस्थापक तथा मलेसिया शाखाका अध्यक्ष शान्तकुमार पुनको प्रमुख आतिथ्य, रेडियोकर्मी दिलबहादुर केसी र पूर्वकेन्दीय सदस्य गोपाल केसीको आतिथ्यमा भएको अधिवेशनको सञ्चालन कलिराम घर्तीले गर्नुभएको सचिव हुर्मत जिसीले जानकारी दिनुभएको छ ।

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *