शिक्षा दिवसमा शिक्षकहरु सम्मानित

  
  प्रकाशित मितिः आइतवार, भदौ २४, २०६९       | 109 Views   ||

जनउभार समाचारदाता
दाङ, भदौ २४ । अन्तर्राष्ट्रिय साक्षरता एवम् राष्ट्रिय शिक्षा दिवसका अवसरमा जिल्ला शिक्षा कार्यालय दाङले निवृत्त तथा बहालवाला शिक्षकहरुलाई सम्मान गरेको छ । शिक्षा कार्यालयले शनिबार घोराहीमा एक कार्यक्रमको आयोजना गरी दिवसको अवसरमा शिक्षकहरुलाई सम्मान गरेको हो ।

एसएलसी बोर्ड फस्ट हुने तुलसीपुरकी विद्यार्थी रेखा रेग्मीकी आमा रुक्मीना रेग्मीले उद्घाटन गर्नुभएको कार्यक्रममा जिल्लाको शैक्षिक प्रगतिका लागि महत्वपूर्ण योगदान पु¥याउनुहुने २२ जना निवृत्त शिक्षक, ४६ जना विषयगत शिक्षक र अन्य १३ जना शिक्षकलाई शिक्षा कार्यालयको तर्फबाट सम्मान गरिएको छ । शिक्षा समितिका अध्यक्ष तथा निमित्त स्थानीय विकास अधिकारी सुदनबहादुर डिसीको अध्यक्षता एवम् शिक्षा समितिका जेष्ठ सदस्य रेशमबहादुर खड्काको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाहले कार्यालयको अहिलेसम्मको प्रगति विवरण, चुनौती, सम्भावना र भावी कार्यक्रमका बारेमा बोल्नुभएको थियो ।

त्यस्तै, कार्यक्रममा नेपाल शैक्षिक गणतान्त्रिक मञ्चका अध्यक्ष नारायणप्रसाद भण्डारी, नेपाल शिक्षक युनियनका अध्यक्ष चिन्ताबहादुर बुढाथोकी, नेपाल शिक्षक संघका अध्यक्ष अमरबहादुर खड्का, नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष विकास गौतम, अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष बसन्तराज अधिकारी, नेपाल राष्ट्रिय शिक्षक परिषद्का अध्यक्ष राजकुमार थापा, लालबहादुर भण्डारी, प्याब्सन दाङका अध्यक्ष लम्बोदर लामिछाने, पे्रम नेपाली, गोमा बालन क्षेत्रीलगायतले बोल्नुभएको थियो ।

यसैबीच सोही कार्यक्रममा जिल्ला शिक्षा कार्यालय दाङले भर्खरै प्रकाशित गरेको दाङमा शिक्षाको क्षेत्रमा भएका उल्लेख्य कार्यहरुको संगालो– २०६९ नामक पुस्तकको लोकार्पण गरिएको छ । कार्यक्रमका विशिष्ट अतिथिले पुस्तकको लोकार्पण गर्नुभएको थियो भने साहित्यकार एवम् प्राध्यापक डा. कृष्णराज डिसीले पुस्तकको समीक्षा गर्नुभएको थियो । कार्यालयका उपसचिव केशव पोखे्रलको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण विद्यालय निरीक्षक विनोद गौतमले गर्नुभएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *