महरा दाङ आउनुहुने

  
  प्रकाशित मितिः आइतवार, भदौ २४, २०६९       | 88 Views   ||

दाङ, भदौ २३ । यही भाद्र २६ गते सम्पन्न हुन गइरहेको क्रान्तिकारी पत्रकार संघ, नेपाल दाङको दोस्रो जिल्ला सम्मेलन उद्घाटन गर्न एकीकृत नेकपा माओवादीका नेता कृष्णबहादुर महरा र संघका केन्द्र्रीय संयोजक गोविन्द आचार्यलगायतका नेताहरु दाङ आउनहुने भएको छ ।

‘अग्रगामी राज्यपुनःसंरचनाको पक्षमा हाम्रो आन्दोलन, प्रेस स्वतन्त्रता र श्रमजीवी पत्रकारको पक्षमा दोस्रो जिल्ला सम्मेलन’ भन्ने मूल नाराका साथ हुन लागिरहेको सम्मेलनलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गरी सफल बनाइदिन सम्मेलन तयारी समितिका संयोजक गणेश ओलीले आग्रह गर्नुभएको छ । सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *