बिद्यार्थीहरु बेहोस हुन थालेपछि बिद्यालय नै बन्द

  
  प्रकाशित मितिः बुधबार, भदौ २७, २०६९       | 101 Views   ||

मनिषा श्रेष्ठ

रोल्पा, भदौ २७ । रोल्पाको भावाङ गाविस–३ को एक विद्यालयमा विद्यार्थीहरु एकैपटक धेरैको संख्यामा बिरामी परेपछि आकस्मिक निर्णय गरि विद्यालय बन्द गरिएको छ । एक सातादेखि सामान्य बिरामी हुने गरेका बागेश्वरी निमाविका विद्यार्थीहरु बुधबार एकैपटकमा ७०/८० जना बिरामी परेपछि बिद्यालय बन्द गरिएको हो ।

विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर वलीका अनुसार लाइन लागिरहेका बेला प्राङ्गणमै ५/७ बेहोस भएका थिए भने पछि गएर कक्षाकोठामा कल्पनै नगरिएको संख्यामा विद्यार्थीहरु बेहोस भएका थिए । घरमा कसैलाई सामान्य रुघा त कसैलाई टाउको दुख्ने गरेको अभिभावकहरुले बताएका छन् । तर विद्यालयमा एक्कासी मुर्छा पर्ने र लड्ने गरेको शिक्षक कुलबहादुर डाँगीले जानकारी दिनुभयो । स्थानीय स्वास्थ्यचौकी र मेडिकलमा अहिले उपचार भइरहेको छ । विद्यार्थीहरु एक्कासी बेहोस भएपछि १० बजेलगत्तै आकस्मिक बसेको बैठकले आइतबारसम्म बिद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *